• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा’

एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ६. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. राज्यसत्तामा बसेकाहरू नै सहकारी ठगसित मिल्दा सहकारी ऐन बनेन : केसी

  • ९. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • १०. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

‘हामी गाउँछौँ क्रान्तिको गीत’ : क्रान्तिको उद्वेलित भाव


  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित
  • विशाल दर्लामी ##

    Advertisement

    प्रगतिशील सांस्कृतिक आन्दोलनको क्षितिजमा अर्को एउटा उर्जाशील गीत आएको छ । यो प्रगतिशील गीतसङ्गीत, साहित्य साधनामा लागेका तमाम जनपक्षीय सर्जक र स्रोताका लागि पनि खुसीको कुरा हो । “हामी गाउँछौँ, क्रान्तिको गीत” यो गीत रक्तिम सांस्कृतिक अभियान बागलुङको अफिसियल गीत हो, जसको रचना/सङ्गीत सौगात सायरले गर्नुभएको हो भने सबिन अर्गेजा, सौगात सायर, रमण थामी, रिता पुन, केशरी घर्ती र कुश्मिता दर्लामीीको सामूहिक आवाज रहेको छ । सर्वप्रथम गीतको सफलताको शुभकामना व्यक्त गर्दछु, साथै गीतको समीक्षा गर्ने अवसरको लागि मित्र सबिनजीलाई आभार प्रकट गर्दछु ।

    प्रगतिशील गीतसङ्गीत साहित्यले मानिसलाई सकारात्मक भावको सन्देश दिएका हुन्छन् । ‘हामी गाउँछौँ, क्रान्तिको गीत’ शीर्षक आफैँमा एउटा विचार बोकेको गीत हो । गीतमा सामाजिक रूपान्तरण, सङ्घर्ष, मुक्ति र सामूहिक जागरणको भाव व्यक्त भएको छ ।

    गीतको मूल भाव ‘हामी’ शब्दमा केन्द्रित छ । यहाँ ‘म’ भन्दा ‘हामी’ अगाडि आउँछ अर्थात् परिवर्तन कुनै एक व्यक्तिको प्रयासबाट होइन, सामूहिक चेतना, सङ्गठन र सङ्घर्षबाट सम्भव हुन्छ भन्ने सन्देश गीतले दिएको छ ।

    यस गीतमा तीनोटा मुख्य भाव भेटिन्छन् :

    पहिलो– मुक्तिको आकाङ्क्षा

    दोस्रो– सङ्घर्ष र विद्रोहको चेतना

    तेस्रो– अँध्यारोपछि उज्यालो आउने आशा

    यस अर्थमा यो गीतलाई केवल राजनीतिक गीतका रूपमा मात्र होइन, सामाजिक परिवर्तनको आकाङ्क्षा बोकेको प्रगतिशील गीतका रूपमा पनि बुझ्नुपर्ने हुन्छ ।

    १) स्थायीको समीक्षा

    “हामी गाउँछौँ क्रान्तिको गीत
    हामी नाच्छौँ क्रान्तिको नाच”

    गीतको सुरुआत नै अत्यन्त स्पष्ट र नारामूलक छ । “क्रान्तिको गीत” र “क्रान्तिको नाच” दुईटा अभिव्यक्तिले आवाज र शरीर दुवैलाई आन्दोलनसँग जोडेको छ । ‘गाउनु’ चेतनाको अभिव्यक्ति हो भने ‘नाच्नु’ सामूहिक उत्साह र गतिशीलताको प्रतीक हो ।

    स्थायीको अर्को लाइन

    “बाँधिएका हात पाखुरी खोलिदिऊँ भन्छौँ एक साथ, साथ”
    यो गीतको सबैभन्दा सशक्त प्रतीकात्मक अंश हो ।

    “बाँधिएका हात” ले दमन, अभाव, असमानता वा बन्धनको प्रतीकात्मक अर्थ दिन्छ । “पाखुरी खोल्नु” भनेको ती सबै खाले दमनबाट मुक्त गर्नु भन्ने हो । यसर्थ गीतको स्थायीले परिवर्तन लागि बाधिएका हातलाई खोलेर सङ्घर्षको मैदानमा लाग्नुपर्छ भन्ने उचो भाव व्यक्त गरेको छ ।

    विशेषत: “एक साथ, साथ, साथ” को पुनरावृत्तिले समूहगानमा राम्रो प्रभाव पारेको छ । त्यसको साथसाथै सङ्गीत संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ ।

    २. पहिलो अन्तरा– अँध्यारोबाट उज्यालोतर्फ

    “गर्जनेछ सारा संसार उठ्नेछ चिहानघारी
    रात ढल्छ, खुल्छ बिहान हाँस्नेछ पूर्व लाली”

    यो अन्तरा मूलत: अँध्यारोबाट उज्यालोतर्फको यात्राको प्रतीक हो । ‘रात’ ले वर्तमानको अँध्यारो अवस्थालाई र ‘बिहान’ ले नयाँ सम्भावनालाई प्रतिनिधित्व गर्छ । ‘पूर्व लाली’ नेपाली साहित्यमा बिहान र आशाको स्थापित बिम्ब हो । यसले मानिसलाइ्र्र आशावादी बन्न प्रेरित गरेको छ ।

    “उठ्नेछ चिहानघारी”

    यो अत्यन्त शक्तिशाली तर गम्भीर बिम्ब हो । यसले मृतजस्तो बनाइएको चेतना फेरि जाग्ने अर्थ दिन खोजेको छ । त्यस्तै, “गर्जनेछ सारा संसार” व्यापक र प्रभावशाली अभिव्यक्तिको प्रतीक हो । यसर्थ पहिलो अन्तराले व्यापक, गहिरो र क्रान्तिकारी संदेश प्रवाह गरेको छ ।

    ३. दोस्रो अन्तरा– प्रतिरोधको स्वर

    “जनघाती ब्वाँसाहरूको कालो रात पल्टाउनलाई
    सङ्घर्षको आँधी उठ्नेछ दुनियाँ यो फेरिदिनलाई”

    यो अन्तरा गीतको सबैभन्दा प्रत्यक्ष राजनीतिक/सङ्घर्षमुखी भाग हो । ‘जनघाती’, ‘ब्वासा‘, ‘कालो रात’, ‘सङ्घर्षको आँधी’ जस्ता शब्दले प्रतिरोधको तीव्रता बढाएका छन् ।

    ४) गीतमा आएका प्रमुख शब्दहरूको अर्थ र प्रभाव

    ‘हामी’ – सबैभन्दा महत्त्वपूर्ण शब्द हो । यसले सामूहिकता र सहभागीताको भाव दिन्छ ।

    ‘क्रान्ति’ – परिवर्तनको तीव्र आकाङ्क्षा बोकेको शब्द हो तर क्रान्ति भन्नाले केवल सत्ता परिवर्तन नभई सामाजिक, आर्थिक, सांस्कृतिक र चेतनागत परिवर्तनलाई प्रतिबिम्बित गर्दछ ।

    ‘गीत’ – विचारलाई जनतासम्म पुर्‍याउने माध्यम ।

    ‘नाच’ – आन्दोलनलाई जीवन्त र उत्सवमय बनाउने प्रतीक ।

    ‘बाँधिएका हात’ – बन्धन, असमानता, दमन र अवसरको अभावको प्रतीक ।

    ‘पाखुरी’ – श्रम र उत्पादनको प्रतीक। यो शब्दले गीतलाई श्रमजीवी वर्गसँग जोड्ने क्षमता राख्दछ ।

    ‘एकसाथ’ – सामूहिक शक्तिको प्रतीक ।

    ‘रात’ – अँध्यारो अवस्था ।

    ‘बिहान’ – आशा र परिवर्तन ।

    ‘पूर्व लाली’ – नयाँदिनको सङ्केत ।

    ‘सङ्घर्ष’ – परिवर्तन प्राप्त गर्ने प्रक्रियाको सङ्केत ।

    ‘आँधी’ – तीव्र सामूहिक शक्तिको रूपक ।

    ‘दुनियाँ फेरिदिन’ – व्यापक सामाजिक परिवर्तनको आकाङ्क्षा ।

    यसरी हेर्दा गीतको शब्दावली सशक्त, जनतासँग नजिक र उच्च चेतनाले ओतप्रोत अहेका छन् । यसरी समग्रमा हेर्दा “हामी गाउँछौ क्रान्तिको गीत” परिवर्तन, सङ्घर्ष र आशावाद जगाएको छ ।

    ५) प्रगतिशील साहित्य र सङ्गीतमा देखिएका समस्या

    नेपालमा प्रगतिशील साहित्य र सङ्गीतको लामो तथा गौरवमय इतिहास छ । यसले श्रम, वर्ग, समानता, सामाजिक न्याय, राष्ट्रियता, स्वतन्त्रता र परिवर्तनका प्रश्न उठाउँदै आएको छ तर अहिले केही चुनौती देखिएका छन् ।

    पहिलो– नारामुखी हुने खतरा

    कतिपय सिर्जनामा कविता र गीतभन्दा नारा बढी सुनिन्छ । नारा तत्काल प्रभावकारी हुन सक्छ तर राम्रो कला दीर्घकालसम्म बाँच्न भाव, सौन्दर्य, प्रतीक र मानवीय कथा पनि आवश्यक हुन्छ ।

    दोस्रो– पुराना प्रतीकको पुनरावृत्ति

    ‘क्रान्ति‘, ‘सङ्घर्ष’, ‘शोषण’, ‘दमन’, ‘कालो रात’, ‘उज्यालो बिहान’ जस्ता शब्द महत्त्वपूर्ण छन् तर यिनै शब्द निरन्तर दोहोरिँदा नयाँ पुस्तालाई सिर्जना पुरानो ढाँचाको जस्तो लाग्न सक्छ ।

    तेस्रो– समकालीन विषयको कमी

    आजको श्रमिकको समस्या हिजोको जस्तो मात्र छैन । डिजिटल श्रम, वैदेशिक रोजगारी, बेरोजगारी, कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन, मानसिक दबाब, सामाजिक सञ्जाल र नयाँ प्रकारको असमानता पनि आजका विषय हुन् । प्रगतिशील सङ्गीतले यी नयाँ प्रश्नलाई पनि समेट्नुपर्छ ।

    चौथो– कलात्मक पक्ष कमजोर हुने जोखिम

    विचार बलियो हुँदैमा गीत स्वत: उत्कृष्ट हुँदैन । शब्द, सङ्गीत, धुन, स्वर, ताल, वाद्यवादन, रेकर्डिङ र प्रस्तुति सबैको सन्तुलन आवश्यक हुन्छ ।

    ६) प्रगतिशील सङ्गीतको भविष्य

    प्रगतिशील सङ्गीतको भविष्य सकिएको छैन बरु यसको आवश्यकता नयाँ परिस्थितिमा अर्को रूपमा देखा पर्न सक्छ तर अबको प्रगतिशील गीतले केवल ‘विरोध’ बोल्नु पर्याप्त हुँदैन । उसले ‘किन विरोध?’, ‘कसका लागि ?’, ‘कस्तो विकल्प ?’ र ‘कस्तो भविष्य ?’ भन्ने प्रश्नको पनि सांस्कृतिक उत्तर दिन सक्नुपर्छ ।

    नयाँ पुस्ताको भाषा बुझ्ने तर विचारको गहिराइ नछोड्ने सङ्गीत आवश्यक छ । लोकधुन, आधुनिक सङ्गीत, समकालीन शब्द र सामाजिक चेतनाको संयोजन प्रभावकारी हुन सक्छ । विशेषत: नेपालको मौलिकता जोगाउन लोकवाद्य, स्थानीय लय, मौलिक भाषिक शब्द र क्षेत्रीय सांस्कृतिक बिम्ब प्रयोग गर्न सकिन्छ ।

    ७) निरन्तरताका लागि के गर्नुपर्छ?

    प्रगतिशील सङ्गीतलाई निरन्तरता दिन केही कुरामा ध्यान दिन आवश्यक छ ।

    १. नयाँ पुस्तालाई सिर्जनामा ल्याउनुपर्छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधि जोडिनुपर्छ ।

    २. गीतको विषय विस्तार गर्नुपर्छ । राजनीतिक विषयसँगै प्रेम, श्रम, प्रकृति, प्रवास, शिक्षा, महिला अधिकार, जातीय विभेद, वातावरण र युवाका सपनालाई पनि समेट्नुपर्छ ।

    ३. गुणस्तरीय सङ्गीत उत्पादन गर्नुपर्छ । विचार राम्रो भएर मात्र पुग्दैन, ध्वनि रेकर्डिङ, मिक्सिङ, मास्टरिङ र भिडियो पनि स्तरीय हुनुपर्छ ।

    ४. अभिलेखीकरण गर्नुपर्छ । पुराना प्रगतिशील गीतहरू डिजिटल रूपमा सुरक्षित गर्नुपर्छ । कलाकार, रचनाकार र गीतको इतिहास दस्तावेजीकरण गर्नुपर्छ ।

    ५. नयाँ प्रस्तुति शैली अपनाउनुपर्छ । मञ्चीय समूहगानसँगै डिजिटल कन्सर्ट, म्युजिक भिडियो, पोडकास्ट, छोटो भिडियो र नयाँ डिजिटल माध्यम प्रयोग गर्नुपर्छ ।

    ८) गीत सङ्गीतमा प्रविधिको प्रभाव

    पछिल्लो समय प्रविधिले सङ्गीत क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ ।

    सकारात्मक प्रभाव

    पहिले गीत रेकर्ड गर्न स्टुडियो, ठुलो खर्च र धेरै प्राविधिक संरचना आवश्यक हुन्थ्यो । अहिले सामान्य डिजिटल उपकरणबाट पनि गीत रेकर्ड, सम्पादन र प्रकाशन गर्न सकिन्छ । सामाजिक सञ्जालका कारण एउटा गीत स्थानीय कार्यक्रमबाट निस्केर देशविदेशसम्म पुग्न सक्छ । युट्युब, फेसबुक, टिकटक, स्पटिफाईलगायत डिजिटल माध्यमले कलाकारलाई स्रोता खोज्न सजिलो बनाएका छन् । एआईलगायतका नयाँ प्रविधिले पनि धुन निर्माण, सङ्गीत उत्पादन, सम्पादन, आवाज प्रशोधन र प्रचारका नयाँ सम्भावना खोलेका छन् तर प्रविधिले चुनौती पनि ल्याएको छ ।

    पहिलो– मौलिकताको प्रश्न

    एआई र डिजिटल उपकरणको अत्यधिक प्रयोगले सिर्जनामा मानवीय अनुभूति र मौलिकता कमजोर हुन सक्छ ।

    दोस्रो– भाइरल हुने दबाब

    गहिरो सिर्जनाभन्दा छोटो, तत्काल ध्यान तान्ने सामग्री बढी लोकप्रिय हुने प्रवृत्ति देखिएको छ ।

    तेस्रो– प्रतिलिपि अधिकार

    डिजिटल माध्यममा गीत चोरी, अनधिकृत प्रयोग र सामग्री पुन:प्रयोगको समस्या बढेको छ ।

    चौथो– कलाको व्यापारीकरण

    भ्युज, लाइक र फलोअरको सङ्ख्यालाई नै सफलताको मुख्य मापदण्ड मान्ने हो भने विचारप्रधान सङ्गीत ओझेलमा पर्न सक्छ । त्यसैले प्रविधिलाई सिर्जनाको विकल्प होइन, सिर्जनाको साधनका रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    ९) “हामी गाउँछौँ क्रान्तिको गीत’ को समग्र मूल्याङ्कन

    यस गीतको सबैभन्दा ठुलो शक्ति यसको सरलता, सामूहिकता र प्रतिरोधको ऊर्जा हो । गीत समूहमा गाउन मिल्ने किसिमको छ । स्थायीमा पुनरावृत्ति छ, जसले कार्यक्रम, सभा वा सांस्कृतिक मञ्चमा सहभागीलाई सजिलै जोड्न सक्छ । यसको अर्को महत्त्वपूर्ण पक्ष आशावादी दृष्टि हो ।

    निष्कर्ष

    ‘हामी गाउँछौँ क्रान्तिको गीत’ एउटा यस्तो सिर्जना हो, जसले गाउने, नाच्ने र सङ्घर्ष गर्ने सामूहिक चेतनालाई एउटै ठाउँमा जोड्न खोजेको छ । यसको मूल शक्ति यसको सरल भाषामा लुकेको छ तर उत्कृष्ट प्रगतिशील गीत बन्नका लागि सरलता मात्र पर्याप्त हुँदैन । त्यसमा मौलिक कल्पना, कलात्मक सौन्दर्य, जीवनको यथार्थ र भविष्यको सपना पनि मिसिनुपर्छ।

    आजको पुस्ताले “क्रान्ति” शब्दलाई सुन्दा केवल पुरानो राजनीतिक नाराको प्रतिध्वनि होइन, आफ्नो जीवन बदल्ने सपना, समान समाजको चाहना, श्रमको सम्मान, विभेदको अन्त्य, विज्ञान र प्रविधिको सदुपयोग तथा प्रकृतिप्रतिको जिम्मेवारी पनि देख्नुपर्छ । त्यसैले प्रगतिशील सङ्गीतको भविष्य समाप्त भएको छैन बरु यसको अगाडि नयाँ चुनौती र नयाँ सम्भावना दुवै छन् ।

    पुरानो चेतनाको विरासत जोगाउँदै नयाँ समयको गतिमा हिँड्नु यही नै प्रगतिशील सङ्गीतको निरन्तरताको बाटो हो । ‘हामी गाउँछौँ क्रान्तिको गीत’ जस्ता सिर्जनाले यही यात्रामा एउटा सांस्कृतिक पदचाप छोड्न सक्छन । पुन: एकपटक “हामी गाउँछौ क्रान्तिको गीत“ को लागि सफलताको शुभकामना व्यक्त गर्दछु ।

    सोमबार, असोज १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति
    ‘सहकारीमा ठगीको जालो’ पुस्तकको समीक्षा कार्यक्रम
    किन झुल्केनन् फेरि घामका किरणहरू?
    युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना
    युगदर्शनलाई आठौँ वर्षको शुभकामना
    युग दर्शनलाई शुभकामना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ६.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    भर्खरै

    • १.
      ‘रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा’

    • २.
      एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी

    • ३.
      बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    • ४.
      ‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

    • ५.
      विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

    • ६.
      नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

    • ७.
      दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

    • ८.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.