##रवि पौडेल
दक्षिण भारत, पाण्डेचरी
Advertisement
पत्रकारिताको क्षेत्रमा
कठिन परिस्थितिमा पनि
विचलित नभई
तथ्य र न्यायका लागि
मजदुर वर्गको पक्षमा
न्याय र मुक्तिको
मार्ग देखाउने
युग दर्शन,
तिमीलाई शुभकामना।
तिम्रा अवरोधका
सात वर्ष
कसरी बिते?
विकृति र विसङ्गतिका
पानाहरू पल्टाउँदै,
कालो मसीले
सेता पानाहरूमा
पुँजीवाद र साम्राज्यवादको
चेहरा ऐनामा देखाउँदै,
निरन्तर तिम्रा कलमहरू
ज्ञानको ज्योति बनेर
अगाडि बढेका छन्।
अझै अघि बढून्,
तिमीलाई शुभकामना।
आठौँ वर्ष प्रवेशसँगै
अझै सशक्त बनाउन
तिम्रो यात्रामा
पाइला मिलाउँदै
हामीले पनि साथ दिनेछौँ।
थाक्दै नथाकी
तिम्रो यात्रा
निरन्तर अघि बढोस्।
युग दर्शन,
तिमीलाई शुभकामना।
