• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

बाढीपीडितका लागि मूलप्रवाह रोपडद्वारा आर्थिक सङ्कलनसँगै शोकसभा

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ३. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ८. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले रसुवा बाढीद्वारा उत्पन्न त्रासदी र १२ मे नाटकका विषयवस्तु समेटेर १२ बुँदे प्रेसवक्तव्य जारी गरेको छ ।
    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ भदौ १६ गते मङ्गलबार उक्त प्रेसवक्तव्य जारी गरिएको हो ।

    Advertisement

    प्रेसवक्तव्यमा मसालले राहत, उद्धार, उपचार र व्यवस्थापनसँगै मोर्चा र जवससमेतको पहलमा राहत सङ्कलन गर्ने, विद्युत् आयोजनाका मजदुरको उद्धार, राहतमा हुने गरेको अनियमितताको अन्त्यलगायतका विषय उठाएको छ ।

    त्यस्तै, भदौ २१ गते मञ्चन हुन थालेको १२ मे नाटकलाई रसुवा त्रासदीका पीडितलाई सहयोगसँग जोडिएको वक्तव्यमा उल्लेख छ ।
    नाटकबाट प्राप्त आयको निश्चित प्रतिशत तथा सो नाटकको पुस्तकबाट प्राप्त रोयल्टीसमेत रसुवा त्रासदीका पीडितलाई दिइने वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “यही २०८३ भदौ १५ गते नेकपा (मसाल) का पी.बी.एम., केन्द्रीय समिति सदस्य तथा राष्ट्रिय जनमोर्चा र जनवर्गीय सङ्गठनका केन्द्रीय नेताहरूसमेतको संयुक्त बैठक बसेर भोटेकोशीमा आएको बाढी र १२ मई नाटकको प्रदर्शन समेतबारे विस्तृत छलफल गरी तल लेखिएअनुसारका निर्णय गरिएका छन् ।

    १. हाम्रो पार्टी, मोर्चा वा जनवर्गीय सङ्गठनबाट भोटेकोसीको बाढीद्वारा पीडित जनताको सहयोगको लागि बढीभन्दा बढी रकम सङ्कलन गर्ने निर्णय गरिएको छ ।

    २. बैठकमा सरकारद्वारा अहिलेसम्म राहतकोषमा जुन रकम जम्मा गरिएको छ, त्यो पीडित जनतासम्म सन्तोषजनक रूपले पुग्न नसकेको भन्ने जनताबाट आएको गुनासोप्रति पनि विचार गरियो । त्यसबारे गम्भीर रूपले ध्यान दिनका लागि सरकारको ध्यान आकर्षित गर्ने ठेगान गरियो ।

    ३. विद्युत् निर्माणका लागि कार्यरत मजदुरहरू ठुलो सङ्ख्यामा सुरुङमा फसेको देखिन्छ । उनीहरूमध्ये केहीलाई त्यहाँबाट निकाल्ने काम गरिए पनि अहिलेसम्म ठुलो सङ्ख्यामा उनीहरूको उद्धार हुन नसकेकोमा बैठकले गम्भीर चिन्ता प्रकट गर्‍यो र उनीहरूको उद्धारका लागि सरकारको गम्भीर ध्यान आकर्षित गर्ने निर्णय गर्‍यो ।

    ४. अहिलेसम्म बाढीबाट मृत्यु भएका मानिसका नदीले बगाएर ल्याएका शव ठुलो सङ्ख्यामा ठाउँठाउँमा प्राप्त भइरहेका छन् । तिनीहरूको व्यवस्थापनमा पनि गम्भीर समस्या देखा परिरहेका छन् । त्यसकारण एकातिर ती शवको व्यवस्थापनमा गम्भीर ध्यान दिन हामीले सरकारसित विशेष माग गर्दै ज्ञात भएका सबै शव सम्बन्धित परिवारजनलाई दिनको लागि समुचित व्यवस्था गर्न पनि सरकारसित माग गर्दछौँ ।

    ५. अहिलेसम्म सरकार, सुरक्षाकर्मी, सेना, प्रहरी, विभिन्न स्तरका प्रशासनिक एकाइ वा जनसाधारणले समेत बाढीपीडितको उद्धार वा राहतको लागि जे जति प्रयास गरिरहेका छन्, त्यसका लागि हामीले धन्यवाद दिँदै त्यो कार्यलाई अरू व्यवस्थित र प्रभावशाली प्रकारले अगाडि बढाउन पनि विशेष जोड दिन्छौँ ।

    ६. अहिले विभिन्न विदेशी राष्ट्र वा त्यहाँका विभिन्न संस्थाले नेपालका बाढीपीडितको राहत र उद्धारका लागि जे जति सहयोग प्रदान गरेका छन्, त्यसका लागि पनि हामीले धन्यवाद दिँदै त्यस प्रकारको सहयोगको क्रममा नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामा आँच पुग्ने प्रकारको कुनै काम नगरियोस् भन्नेतर्फ पनि विशेष सतर्क रहनुपर्ने आवश्यकतातिर हामीले जोड दिन्छौँ ।

    ७. अहिले नेपालमा भएको बाढीको दुर्घटनाबारे चीनले समयमा जानकारी नदिएको भन्ने प्रचार पनि निकै भइरहेको छ तर हालै चीनका तर्फबाट जारी गरिएको एउटा विज्ञप्तिमा त्यसबारे चीनले १० दिन पहिले नै जानकारी दिएको भन्ने कुरा पनि बताइएको छ । उक्त विषयमा चीनका तर्फबाट समयमा नै जानकारी दिइएको थिएन वा नेपाल सरकारले त्यसबारे आवश्यक सतर्कता अपनाउन ध्यान दिन सकेको थिएन ? त्यसबारे स्पष्टीकरण दिनका लागि हामीले नेपाल सरकारसित माग गर्दछौँ ।

    ८. अहिले तात्कालिक रूपमा बाढीपीडितका लागि राहत र उद्धारको समस्या अत्यन्त गम्भीर छ नै तर त्यो समस्याको दीर्घकालीन पक्ष त्योभन्दा कैयौँ गुना बढी महŒवपूर्ण हुन जान्छ । ठुलो सङ्ख्यामा विद्यार्थी वा बालबालिकाको निधन भएको छ वा उनीहरू बाबुआमाको मृत्यु भएर संरक्षकविहीन बनेका छन् । कैयौँ महिला पतिको मृत्यु भएर विधवा बन्न गएका छन् । कैयौँ भौतिक संरचना नष्ट भएका छन् र तिनीहरूको पुनर्निर्माणको लागि खरबौँ रुपैयाँ र दशकौँको लामो समय लाग्नेछ । त्यसकारण ती सबै समस्याको समाधानका लागि चौतर्फी रूपमा ध्यान दिनुपर्ने आवश्यकता छ ।

    ९. अहिले सरकारले बाढीपीडितको राहत र उद्धारसमेतको लागि एकद्वार प्रणालीको नीतिको घोषणा गरेको छ । गत कालमा यस प्रकारका विभिन्न प्राकृतिक प्रकोपको बेलामा हुने गरेको ठगी समेतमाथि नियन्त्रण गर्न आवश्यक ध्यान दिनुपर्ने आवश्यकता छ तर त्यसका साथै गत कालमा सरकारीस्तरमा हुने गरेको राहत, उद्धार वा पुर्ननिर्माणको कार्यमा ठुलो पैमानामा आर्थिक अनियमितता वा भ्रष्टाचार हुने गरेको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्दछ र त्यस प्रकारको कार्यविधिलाई रोक्नको लागि पनि सरकार वा जनताको विशेष प्रयत्न हुनुपर्ने आवश्यकता छ । त्यसका साथै अहिले भएको प्राकृतिक प्रकोपका कारणले जुन राष्ट्रिय सङ्कटको स्थिति उत्पन्न भएको छ, त्यसको समाधानका लागि व्यापक रूपमा जनशक्तिको पनि परिचालनको आवश्यकता छ । राहत, उद्धार वा पुनर्निर्माणको सन्दर्भमा सरकारी वा गैरसरकारी क्षेत्रमा हुने सबै प्रकारका ठगी, आर्थिक अनियमितता वा भ्रष्टाचारमा नियन्त्रणका लागि अधिकतम प्रयत्न गर्दै जनशक्तिको व्यापक रूपले परिचालन गर्नुपर्ने आवश्यकताप्रति पनि हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    १०. १२ मईको नाटकको प्रदर्शनको लागि कैयौँ महिना पहिलेदेखि त्यसको रिहर्सल र तयारी हुँदै आएको थियो । त्यही बिचमा भोटेकोशीको विनाशकारी घटना घटेको हुनाले त्यो नाटकको प्रदर्शनमा लागेको लगानी कटाई जुन रकम बचत हुन्छ, त्यसको ५० प्रतिशत बाढीपीडितको राहतमा दिने निर्णय गरियो ।

    ११. १२ मई नाटकको प्रदर्शनको सन्दर्भमा कमरेड मोहनविक्रम सिंहको १२ मई नाटकको पुस्तक पनि प्रकाशित भएको छ । त्यो पुस्तकबाट लेखकलाई प्राप्त हुने रोयल्टी पनि पूरै नै भोटेकोसीको बाढीपीडित जनतालाई दिइनेछ ।

    १२. अहिले नेपालमा जुन गम्भीर प्रकारको बाढीको समस्या पैदा भयो त्यो एकातिर नेपाल र चीनसमेतको जटिल प्रकारको भौगर्भिक संरचना र अर्कातिर विश्वस्तरमा खास गरेर विकसित देशको उच्च औद्योगीकरणका कारणले गम्भीर बन्दै गइरहेको प्रदूषण, वातावरण र जलवायु परिवर्तन समेतको परिणाम हो । त्यसकारण अहिले नेपालमा भइरहेको बाढीको समस्यालाई यी सबै प्रश्न समेतसित जोडेर दीर्घकालीन प्रकारले विचार गर्नुपर्ने आवश्यकता छ । त्यसप्रति विशेष ध्यान दिन हामीले सम्पूर्ण सचेत नेपाली जनता, राजनीतिक पार्टी र सरकार समेतको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
    मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा
    लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग
    रसुवा बाढी : एक हजार ३५५ को मृत्यु
    बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली
    बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ३.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • २.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    • ३.
      लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

    • ४.
      रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

    • ५.
      बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

    • ६.
      बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

    • ७.
      सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

    • ८.
      हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.