खिमराज चालिसे, चन्डिगढ ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकत समाज रिकाङपियो नगर समितिका अध्यक्ष गोपालजङ्ग शाही पितृशोकमा पर्नुभएको छ ।
शाहीका पिता गोवर्धन शाहीको सेप्टेम्बर ६, २०२६ का दिन निधन भएपछि उहाँ पितृशोक पर्नुभएको हो ।
परिवारले जनाएअनुसार ९६ वर्षीय गोवर्धन शाहीको कर्णाली प्रदेशस्थित जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ८ टोपला आफ्नै निवासमा घुमफिरको क्रममा निधन भएको थिय ।
उहाँको निधनपछि मूल प्रवाह हिमाचल राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठले शोकमन्तव्य सार्वजनिक गर्दै दिङ्वगत गोवर्धनप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
