तमघासबजार । राष्ट्रिय जनमोर्चा गुल्मीले रसुवा बाढीका बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न माग गरेको छ ।
केन्द्रीय सदस्यसमेत रहनुभएका राजमो गुल्मीका अध्यक्ष रामकुमार क्षेत्रीको हस्ताक्षरमा २०८३ भदौ १५ गते अबेर साँझ शोकमन्तव्य जारी गर्दै सो माग गरिएको हो ।
वक्तव्यमा रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइते र अशक्तको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।
राजमोले उद्धार, राहत र व्यवस्थापनमा खटिनुहुने सबैप्रति धन्यवाद दिँदै सरकारले यस कार्यक्रममा उच्च प्रकारले लाग्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
साम्राज्यवादद्वारा विश्वमा पर्यावरणको तीव्र दोहन भइरहेको स्पष्ट पार्दै त्यसबाट पृथ्वीका सम्पूर्ण मानवजाति र जीवजन्तुको अस्तित्वमाथि सङ्कट उत्पन्न भएको विचार वक्तव्यमा व्यक्त गरिएको छ ।
पर्यावरणको विनाश गर्ने कार्यको विरुद्धमा आवाज उठाउन आग्रह गर्दै उक्त वक्तव्यमा यस आवाजलाई सरकारले सम्बन्धित अन्तर्राष्ट्रिय फोरममा पुर्याउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
