केरसिंह अदै, तौलिहवा ।
कपिलवस्तुको शिवराजपुर–३ खरेन्द्रपुरमा अखिल नेपाल महिला सङ्घको तेस्रो नगर भेला सम्पन्न भएको छ । महिला सङ्घ कपिलवस्तुकी उपाध्यक्ष अम्बिका पौडेलको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले महिलाका अहिलेका सीमित अधिकार पनि सङ्घर्ष र बलिदानबाट प्राप्त भएको र यसको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव सचिव केरसिंह अदैले देशको तात्कालिक राजनीतिक परिस्थितिबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य केहरसिंह पुन, जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार र अखिल (छैठौं) की जिल्ला अध्यक्ष टिना अदैले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विनिता अदैको अध्यक्षतामा अघि बढेको उक्त भेलाले तारा घर्तीमगरको अध्यक्ष रहनुभएको १७ सदस्यीय महिला सङ्घको शिवराज नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा निमादेवी पुन, सचिवमा विनिता अदै, कोषाध्यक्षमा कमला बुढामगर, सहसचिवमा सस्तुल्ला हरिजन तथा सदस्यमा पुनम गोसाई, लेमकुमारी बन्जाडे, फुर्सी विक, शोनिया चौधरी, उर्मिला गिरी, भिउसरा अदै, शान्ति पुन, कल्पना नेपाली र सुनिता नाउ रहनुभएको छ ।
त्यस्तै समितिको वैकल्पिक सदस्यमा बेलौता विक र कल्पना सुनार तथा सल्लाहकारमा इन्द्रकला खनाल, सुकन्न्या चौधरी, गीता बन्जाडे र विनिता सुनार रहनु भएको छ ।
नवनिर्वाचित समितिलाई कतार नेपाली एकता समाजका पूर्व सचिव खिम बुढामगरले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
भेलाको सञ्चालन तारा घर्तीले र स्वागत मन्तव्य निमादेवी पुनले गर्नुभएको थियो ।
कार्यक्रममा रसुवा त्रासदीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समेवदना तथा घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको थियो ।
