खिमराज चालिसे, चडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा रसुवा बाढीपहिरोका मृतकको सम्झनामा श्रद्धाञ्जली सभा तथा क्यान्डल मार्च सम्पनन भएको छ ।
बाढीबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सेप्टेम्बर ६, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव कुलबहादुर बगाले, केन्द्रीय सदस्य धनबहादुर गोर्खाली, क्षेत्रीय सदस्य लक्ष्मण खड्का, केन्द्रीय महिला विभागकी शुष्मा खड्का, केन्द्रीय परिषद् सदस्य जमुना गाहा, मूल प्रवाहका नेताहरू लक्ष्मी थापा, रमा विष्ट र शिखर गाहालगायतको आथित्य रहेको थियो ।
शोकसभापश्चात बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै राहत सङ्कलनको साथै बजारमा क्यान्डल मार्चसहित नगर परिक्रमा गरिएको थियो ।
कार्यक्रम जितमान थापाको अध्यक्षता तथा लक्ष्मण केसीको सञ्चालनसँगै सम्पन्न भएको थियो ।
