खिमराज चालिसे, चन्डिगढ ।
Advertisement
भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र प्रवासी नेपाली सङ्घको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
रसुवामा आएको बाढीका चपेटामा परी ज्यान गुमाएका नागरिकप्रति दु:ख व्यक्त गर्दै सेप्टेम्बर ६, २०२६ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरे, क्षेत्रीय महिला सदस्य कमला बगाले, प्रवासी सङ्घका केन्द्रीय सचिवालय सदस्य एवम् हरियाणा राज्य समितिका सहइन्चार्ज गीता घिमिरे, प्रवासी सङ्घकै लेखमाया राना र विष्णु गौतम तथा सन्तराज अधिकारीलगायतले बाढीका शोकमन्तव्य राख्नुभएको थियो ।
मूल प्रवाहका बाबुराम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन प्रवासी सङ्घका लीलापति न्यौपानेले गर्नुभएको थियो ।
