• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

गजल

भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

कोहलपुरमा वास्तविक सुकुम्वासी खोज्ने सहमति, व्यवस्थापन नभए आन्दोलन उठाइने

रसुवा बाढीको प्राकृतिक र मानवीय कारण खोज्न तीन किसान सङ्गठनको आग्रह

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ७. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ८. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • ९. राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

रसुवा बाढीको प्राकृतिक र मानवीय कारण खोज्न तीन किसान सङ्गठनको आग्रह


  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । तीन किसान सङ्गठनले रसुवा बाढी र त्यसद्वारा सिर्जित भौतिक तथा मानवीय क्षतिको कारण खोज्न आग्रह गरेका छन् ।

    Advertisement

    मुख्यत: जलवायु परिवर्तनका कारण उक्त घटना घटेको उल्लेख गर्दै उनीहरूले त्यसको दिगो समाधानका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने बताएका हुन् ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष रामदुलार महतोको हस्ताक्षरमा २०८३ भदौ ११ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो धारणा व्यक्त गरेका छन् ।

    रसुवा घटनाबाट आफूहरू हतप्रभ भएको बताउँदै वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदनासँगै राहत र उद्धारमा तीव्रता दिन सरकारसित माग गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “२०८३ भदौ १० गते भोटेकोशीमा आएको भयानक विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका पनि कतिपय भागमा जनधनको ठुलो र अपूरणीय क्षति भएर धेरै मानिस बेपत्ता हुन पुगेका, कैयौँको अकाल मुृत्यु भएको दुखद स्थितिप्रति हामी तीन किसान सङ्गठन अत्यन्तै दुखी र हतप्रभ छौँ ।

    यस भयावह घटनामा परेर अकाल मृत्युवरण गरेका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । यो भयावह र त्रासद प्राकृतिक विपत्तिप्रति हामी तीन किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), क्रान्तिकारी किसान महासङ्घ नेपाल र अखिल नेपाल प्रगतिशील किसान सङ्घ गहिरो दु:ख व्यक्त गर्दै सम्पूर्ण पीडित परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    त्यसैगरी सबै बेपत्ता भएका नेपाली दिदीबहिनी तथा दाजुभाइका साथै विदेशी नागरिकको तदारुकताका साथ खोजतलास र उद्धार गर्न राज्यसँग जोडदार माग गर्र्दै यस कार्यमा सहयोग पुर्‍याउन किसान दाजुभाइ, दिदीबहिनीमा आह्वान पनि गर्दछौँ । दु:खको यस घडीमा राज्यले सम्पूर्ण शक्ति एकीकृत रूपमा लगाएर खोजी, राहत र उद्धार गरोस् र क्षतिग्रस्त क्षेत्रबाट विस्थापित भएका सबैलाई सुरक्षित स्थानमा बसोबासका साथै आवश्यक अन्य सबै मानवीय सेवा र सहयोग पुर्‍याओस् तथा निरन्तर राहत, उद्धार खोजीको विवरण सार्वजनिक गरोस् भन्न् जोडदार माग पनि गर्दछा्रैँ ।

    हामी यस्तो भयानक क्षति पुर्‍याउने गरी बाढी आउनुको प्राकृतिक र मानवीय सबै कारणको खोजी गर्न, आवश्यक सतर्कता र सुरक्षा व्यवस्था अवलम्बन गर्न र आगामी दिनमा यस्तो प्राकृतिक प्रकोप न्यूनीकरण गर्न, जनधनलाई क्षति हुनबाट जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्नुपर्ने सबै उपायको खोजी र जनधनको सुरक्षा हुने विश्वसनीय सुरक्षा, वातावरण सिर्जना गर्न भूगर्भविद्, हिमताल अध्ययन अनुसन्धान विशेषज्ञ तथा जलवायु परिवर्तनका कारण हुन सक्ने जोखिम कम गर्न चाल्नुपर्ने कूटनीतिकलगायतका सबै कदम तत्कालैदेखि चाल्ने आवश्यक कुरामा गम्भी रूपमा ध्यानकेन्द्रित गर्न पनि जोडदार आह्वान गर्दछौँ ।”

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक
    राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै
    रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने
    संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व
    भोटेकोशी बाढी : ६१६ जनाको शव फेला
    हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    भर्खरै

    • १.
      राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

    • २.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    • ३.
      रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

    • ४.
      संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

    • ५.
      गजल

    • ६.
      भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    • ७.
      हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

    • ८.
      कोहलपुरमा वास्तविक सुकुम्वासी खोज्ने सहमति, व्यवस्थापन नभए आन्दोलन उठाइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.