काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सार्ने सहमति भएको छ।
Advertisement
मंगलबार एमाले नेताहरूबीच भएको छलफलपछि भक्तपुरका थापालाई मुख्यमन्त्री र जगन्नाथ थपलियालाई प्रदेश संसदीय दलको नेतामै कायम राख्ने सहमति जुटेको हो।
सहमतिको निर्णयअनुसार प्रदेश संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ।
यसअघि दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो।