• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

‘कामरेड जलजला’ उपन्यासको द्वितीय संस्करण प्रकाशनसम्बन्धी सूचना

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ३. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ४. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ५. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ६. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ७. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ८. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ९. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • १०. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • मनिला, २ भदौ । दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेका एक विद्यार्थीले कक्षाकोठामा गोली चलाएको जनाएको छ । घटनामा कक्षा १० का एक विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने विद्यालयले मृतकको सङ्ख्या दुई रहेको जनाएको छ ।

    Advertisement

    पश्चिमी मिन्डानाओको जाम्बोआङ्गा सहरस्थित क्याथोलिक निजी संस्था एटिनो डे जाम्बोआङ्गा विश्वविद्यालयमा घटना भएको हो । पछिल्ला केही महिनामा फिलिपिन्समा भएको यो दोस्रो विद्यालय गोलीकाण्ड भएको प्रहरीले जनाएको छ ।

    क्षेत्रीय प्रहरीका अनुसार कक्षा ९ का एक विद्यार्थीले विद्यालय परिसरभित्र पिस्तोल र राइफल ल्याएर कक्षाकोठामा गोली चलाएका थिए । त्यसपछि उनले आफैँलाई गोली हानेको बताइएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले प्रारम्भिक रूपमा जनाएको थियो ।

    प्रहरी प्रवक्ता सेल्ला चाङले घटनाको अनुसन्धान जारी रहेको र गोली चलाउनुको उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको बताउनुभएको छ । उहाँका अनुसार घटनास्थलमा प्रमाण सङ्कलन तथा अन्य अनुसन्धान भइरहेको छ । घटनामा कति जना घाइते भए भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

    स्थानीय सञ्चारमाध्यमले फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको भिडियोमा बन्दुक बोकेको व्यक्तिले प्रथम–व्यक्ति शैलीको भिडियो गेममा जस्तै बन्दुक कक्षातर्फ सोझ्याउँदै गल्लीबाट अघि बढेको र गोली चलाएको देखिन्छ । त्यसपछि विद्यालय पोसाकमा रहेका विद्यार्थीहरू चिच्याउँदै सुरक्षित स्थानतर्फ भागेका देखिन्छन् । घटनापछि कथित बन्दुकधारीको फेसबुक खाता निष्क्रिय गरिएको छ ।

    जाम्बोआङ्गा सहरका मेयर खैमर ओलासोले स्थानीय रेडियोसँग कुरा गर्दै भिडियोमा बन्दुकधारीले सुरुमा टेबलमा बसेका शिक्षकलाई गोली हानेको देखिएको बताउनुभयो । उहाँका अनुसार पहिलो गोली लक्ष्यमा नलागेपछि बन्दुकधारी अर्को कक्षातर्फ गएको र त्यहाँ एक विद्यार्थीलाई गोली हानेको देखिएको थियो । मेयर ओलासोले सुरुमा बन्दुकधारीलाई कक्षा ७ का विद्यार्थीका रूपमा पहिचान गर्नुभएको थियो ।

    विद्यालयले छुट्टै विज्ञप्तिमार्फत दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्यालयले अभिभावकसँग समन्वय गरी उनीहरूका बालबालिकालाई सुरक्षित रूपमा जिम्मा लगाउने व्यवस्था गरिएको र परिसरमा रहेका अन्य विद्यार्थी तथा कर्मचारीको सुरक्षा सुनिश्चित गरिएको जनाएको छ ।

    फिलिपिन्समा विद्यालयमा गोली चलाउने घटना तुलनात्मक रूपमा दुर्लभ मानिन्छ । तर गत जुनमा मध्य फिलिपिन्समा भएको गोलीकाण्डमा तीन किशोर विद्यार्थीको मृत्यु भएको थियो भने अन्य २० जना घाइते भएका थिए ।

    एटिनो डे जाम्बोआङ्गा विश्वविद्यालय पनि गत महिना विद्यालयमा हुने सम्भावित गोलीकाण्डबाट जोगिन सक्रिय बन्दुकधारीसम्बन्धी अभ्यास सञ्चालन गर्ने देशभरका विद्यालयमध्ये एक बनेको थियो । त्यस्तो अभ्यास गरिएको केही समयमै विद्यालय परिसरमा वास्तविक गोलीकाण्ड भएपछि सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठेको छ ।

    फिलिपिन्समा कानूनी रूपमा बन्दुक राख्न कडा नियम लागू छ । यद्यपि देशमा बन्दुकको ठूलो अवैध बजार रहेको बताइन्छ, जसका कारण गैरकानूनी रूपमा बन्दुकको पहुँच रोक्नु सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ ।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा
    स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा
    कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति
    राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
    ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ३.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ४.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ५.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ६.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    भर्खरै

    • १.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • २.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ३.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ४.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ५.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ६.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ७.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    • ८.
      लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.