• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जापान : अवसरको भूमि कि नेपाली युवाको मौन परीक्षा ?


  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
  • नवीन बस्याल ##

    Advertisement

    केही दिनअघि कान्तिपुर दैनिकमा जापानमा रहेका नेपालीको अवस्थाबारे प्रकाशित एउटा समाचारले मन निकै भारी बनायो । समाचारमा पछिल्ला १० महिनाभित्र जापानमा रहेका ७२ जना नेपालीले विभिन्न कारणले ज्यान गुमाएका तथ्य सार्वजनिक गरेको थियो । यो केवल एउटा तथ्याङ्क होइन, यो ७२ ओटा अधुरा सपना हो† ७२ ओटा उजाडिएका परिवार हुन्; ७२ जना आमाबुबाको आँसु हो; ७२ जना जीवनसाथीका अधुरा प्रतीक्षा हुन् र ७२ जना बालबालिकाको टुटेको भविष्य हो ।

    समाचारमा ती केवल सङ्ख्या हुन् तर प्रत्येक सङ्ख्याको पछाडि एउटा जीवनको कथा लुकेको हुन्छ । आशाले भरिएको, परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर हजारौँ किलोमिटर टाढा पुगेको एउटा युवा, जसले आफ्नो सुखभन्दा परिवारको खुसी ठुलो ठानेको थियो । त्यसैले विदेशमा एउटा युवा ढल्नु केवल एउटा व्यक्तिको मृत्यु होइन, एउटा परिवारको आशा, विश्वास र भविष्य पनि ढल्नु हो ।

    नेपालीको वैदेशिक रोजगारीको इतिहास नयाँ होइन । कुनै समय भारतका विभिन्न सहर र सैनिक सेवामा रोजगारी खोज्ने नेपालीहरू आज खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान, युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुगेका छन् । नेपाल सरकारले संस्थागत रूपमा १११ देशमा वैदेशिक रोजगारी खुला गरे पनि विभिन्न माध्यमबाट नेपालीहरू १५० भन्दा बढी देशमा पुगेको तथ्याङ्क सार्वजनिक भएका छन् । यो तथ्यले नेपालीहरूको मिहिनेत मात्र होइन, आफ्नै देशमा अवसरको अभाव कति गहिरो छ भन्ने पनि देखाउँछ । अधिकांश युवा रहरले होइन, बाध्यताले विदेशिएका हुन् । स्वदेशमै सम्मानजनक रोजगारी, श्रमको उचित मूल्य र भविष्यको भरोसा पाउन नसकेपछि उनीहरूले पराइ भूमि रोज्न बाध्य भएका हुन् ।

    म स्वयम् जापानमा अध्ययनसँगै श्रम गरिरहेको नेपाली हुँ । बाहिरबाट हेर्दा जापान निकै व्यवस्थित, सुरक्षित र आकर्षक देखिन्छ । त्यो सत्य पनि हो तर यही चमकभित्र अर्को यथार्थ पनि लुकेको छ । भाषा सिक्ने चुनौती, अध्ययन र कामको दोहोरो दबाब, महँगो जीवन, घरपरिवारको सम्झना, भविष्यको चिन्ता, कर, सामाजिक बिमा, पेन्सन, घरभाडा र दैनिक खर्चलगायत यी सबैले धेरै नेपाली युवाको जीवन सहज बन्न दिएको छैन । नेपालबाट सुन्दा मासिक आम्दानी ठुलो लागे पनि वास्तविक वचत धेरैका लागि सोचेजति हुँदैन, जीवन जिउन साँच्चै भन्ने हो भने कठिन छ ।

    विदेश पुगेपछि सबैको यात्रा एउटै हुँदैन । धेरै नेपाली अनुशासन, इमानदारी र अथक मिहिनेतका साथ आफ्नो भविष्य निर्माण गरिरहेका छन् । उनीहरूले परिवारको जीवनस्तर उकासेका छन्; घर बनाएका छन्; भाइबहिनी पढाएका छन् र आफ्ना सपनालाई बिस्तारै साकार बनाइरहेका छन्, तर सबैको कथा यति सहज भने छैन । केहीको भने जीवन पनि राम्रो नै भएको छ ।

    कतिपय युवा अवास्तविक सपना बोकेर जापान आउँछन् । उनीहरूलाई लाग्छ, जापान पुगेपछि पैसा कमाउन सजिलो हुन्छ, तर यहाँ प्रत्येक येन पसिनासँग साट्नुपर्छ । भाषा, संस्कृति र कामको दबाब अपेक्षाभन्दा कठिन छ । कतिपय गलत सङ्गतमा पर्छन् । अनावश्यक खर्च, मदिरा, धूमपान वा अन्य अस्वस्थ बानीले उनीहरूको जीवन झन् जटिल बनाइरहेको छ । सामाजिक सञ्जालमा मुस्कान देखिए पनि वास्तविक जीवनमा धेरैले ऋण, तनाव र एक्लोपनसँग मौन सङ्घर्ष गरिरहेका छन् भने अर्को ठुलो चुनौती मानसिक स्वास्थ्य हो । धेरै नेपाली आफ्ना पीडा कसैसँग खुलाएर भन्न सक्दैनन् । परिवारलाई चिन्ता नहोस् भनेर सधैँ “सबै ठिक छ” भन्छन् । उता घरबाट ऋण तिर्न, पैसा पठाउन र परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने दबाब निरन्तर आइरहेको हुन्छ । यही दबाबले कतिपयलाई गहिरो मानसिक तनाव र डिप्रेसनसम्म पुर्‍याउँछ ।

    विदेशमा हुने सबै मृत्युको कारण एउटै हुँदैन । दुर्घटना, रोग, अत्यधिक कामको चाप, मानसिक तनाव र आत्महत्याजस्ता विभिन्न कारणले नेपाली युवाले ज्यान गुमाइरहेका छन् । त्यसैले कुनै एउटा कारणलाई मात्र दोष दिएर वास्तविकता बुझ्न सकिँदैन । यसमा परिवारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । विदेश गएको सदस्यलाई केवल पैसा कमाउने मेसिनका रूपमा होइन, एउटा संवेदनशील मानिसका रूपमा पनि बुझ्नुपर्छ । “कति पैसा पठायौ” भन्दा पहिले “तिमी कस्तो छौ” भनेर सोध्ने संस्कारले धेरै फरक पार्न सक्छ ।

    राज्यको जिम्मेवारी अझ ठुलो छ । युवालाई विदेश पठाएर रेमिट्यान्सबाट मात्र अर्थतन्त्र धान्ने सोच पर्याप्त हुँदैन। स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । उत्पादन, उद्योग, कृषि र उद्यमशीलतालाई बलियो बनाउनुपर्छ । विदेश जाने युवालाई भाषा, कानुन, आर्थिक व्यवस्थापन र मानसिक स्वास्थ्यबारे पर्याप्त तयारी गराउनुपर्छ । विदेशमा समस्यामा परेका नेपालीका लागि दूताबास र सम्बन्धित निकायको भूमिका अझ प्रभावकारी हुन आवश्यक छ ।

    युवाको पनि आफ्नै जिम्मेवारी हुन्छ । विदेश पुगेपछि स्वतन्त्रता बढ्छ तर जिम्मेवारी पनि त्यत्तिकै बढ्छ । सही सङ्गत, आर्थिक अनुशासन, भाषासिकाइ, सिपविकास र स्वस्थ जीवनशैलीले विदेशको बसाइलाई सफल बनाउन सक्छ ।

    आज नेपालको गाउँमा वृद्ध आमाबुबा छन् तर युवा छैनन् । खेत छन्, किसान छैनन् । विद्यालय छन्, विद्यार्थी घटिरहेका छन् । रेमिट्यान्सले अर्थतन्त्र धानेको हुन सक्छ तर युवाविहीन गाउँले समाजले हाम्रो भविष्यबारे गम्भीर प्रश्न उठाइरहेको छ । हामीले विकासलाई केवल रेमिट्यान्सको अङ्कले मापन गर्न मिल्दैन । यदि देशका सक्षम युवा विदेशमै सङ्घर्षका बिच जीवन गुमाइरहेका छन् भने त्यो एउटा परिवारको मात्र होइन, सिङ्गो राष्ट्रको क्षति हो ।

    सपना बोकेर उडेका युवाहरू बाकसभित्र फर्किने होइन, अनुभव, सिप, सम्मान र सफलताको कथा बोकेर आफ्नै देश फर्किने वातावरण निर्माण गर्नु राज्य, समाज, परिवार र स्वयम् युवाको साझा जिम्मेवारी हो । अन्तत: प्रश्न फेरि त्यहीँ आएर उभिन्छ, आखिर कति युवाहरू बाकसभित्र फर्किएपछि हामी गम्भीर बन्नेछौँ ? कति आमाबुबाले आफ्ना सन्तानको शव बुझाएपछि हाम्रो चेत खुल्नेछ र कति सपना अधुरा बनेपछि हामीले बुझ्नेछौँ कि एउटा युवा ढल्नु भनेको एउटा व्यक्ति मात्र होइन, राष्ट्रको भविष्यको एउटा हिस्सा ढल्नु हो ? यदि आज पनि हामीले यी प्रश्नलाई केवल समाचारको एउटा शीर्षक ठानेर बेवास्ता गरिरह्यौँ भने भोलि इतिहासले हामीलाई अवश्य प्रश्न गर्नेछ ।

    नेपालको सबैभन्दा ठुलो सङ्कट युवाहरू विदेश जानु होइन, उनीहरूलाई आफ्नै देशमा भविष्य नदेखिनु हो । रोजगारी, गुणस्तरीय शिक्षा, सुशासन र अवसरको अभावले युवाहरू बाध्य भएर विदेश पलायन भइरहेका छन् । रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिएको हुन सक्छ तर त्यसको बदलामा देशले आफ्ना ऊर्जाशील हात, सिर्जनशील दिमाग र उज्ज्वल भविष्य गुमाइरहेको छ । अब राज्यले युवालाई विदेश जानबाट रोक्ने होइन, आफ्नै देशमा सम्मानपूर्वक बाँच्न र भविष्य निर्माण गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ, किनकि जुन दिन नेपाली युवाले आफ्नै माटोमा आफ्नो सपना देख्न थाल्नेछ, त्यस दिन विदेशिनु बाध्यता होइन, रोजाइ हुनेछ, अनि बाकसभित्र फर्किने होइन, सफलताको कथा बोकेर स्वदेश फर्किने युवाको सङ्ख्या बढ्नेछ ।

    बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.