• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

व्याङ्ग्यात्मक टिप्पणी : तेल, डलर, गोल र मौनताको देश


  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • धनविर पुनमगर ###

    Advertisement

    संसार अहिले निकै व्यवस्थित छ। अन्तर्राष्ट्रिय राजनीति अब विचार, न्याय वा मानवताको विषय रहेन, तेल र डलरको हिसाबकिताबमा सीमित भएको छ। जसको तेल धेरै, उसको नियम धेरै। जसको डलर बलियो, उसको नैतिकता पनि बलियो। बाँकी देशहरूले ताली बजाउने कि टाउको झुकाउने भन्ने मात्र विकल्प बाँकी छ।

    विश्वको प्रहरी बन्ने रहरले अमेरिका यति व्यस्त छ कि कहिले कुन देशमा लोकतन्त्र पुर्‍याउन बम बोक्छ र कहिले शान्ति स्थापना गर्न युद्धको घोषणा गर्छ, त्यसको हिसाब उसैलाई पनि नहुन सक्छ। संसारले भने यसलाई शक्ति प्रदर्शनभन्दा बढी “विश्व व्यवस्थापन“ को नाममा गरिएको स्वार्थ व्यवस्थापनको कला मानेर हेर्न थालेको छ।

    यता हाम्रो युवा पुस्ता पनि कम व्यस्त छैन। देशको अर्थतन्त्र ओरालो लागोस्, उद्योग बन्द होऊन्, रोजगारीको ढोका थुनियोस्—त्यसले के फरक पर्छ र? रातभरि “गोल… गोल… गोल…“ को नाराले देशको सबै पीडा बिर्साइदिन्छ। भोलिपल्ट बेरोजगारीको लाइनमा उभिँदा पनि मनमा एउटा सान्त्वना हुन्छ—हिजो आफ्नो टिमले जितेको थियो।

    व्यापारीहरूको देशप्रेम पनि लोभलाग्दो छ। उनीहरूलाई नेपालको कुनै महान् व्यक्तिको अनुहारभन्दा मेस्सी, रोनाल्डो, नेमार वा हालान्डको तस्बिर धेरै बिक्री हुन्छ भन्ने राम्रोसँग थाहा छ। आखिर बजारमा भावना होइन, ब्रान्ड बिक्छ।

    शेयर बजार सरकारको भाषणमा होइन, व्यवहारमा विश्वास खोजिरहेको छ। तर सरकारलाई विश्वास कम र आश्वासन धेरै बाँड्ने बानी परेको छ। परिणामतः सूचकाङ्क पनि सरकारको लोकप्रियताजस्तै कहिले उकालो लाग्छ, कहिले अकस्मात् ओरालो झर्छ।

    उता सुकुम्बासीहरू २५ हजार रुपैयाँको राहतमा जीवनको भविष्य खोजिरहेका छन् । यस्तो लाग्छ, सुकुम्बासी र भूमिहिनहरू समस्या अब समस्या होइन, सरकारले आफ्‌नो रिस पोख्ने सरकारी थलो बनेको छ ।

    संसद पनि कम रमाइलो छैन। बहसभन्दा हल्ला बढी, समाधानभन्दा आरोप बढी, र जनताको समस्याभन्दा आफ्नै प्रतिष्ठाको चिन्ता बढी। अनुभवी नेतृत्वको अभावमा संसद कहिले कुस्ती मैदान बन्छ, कहिले मौन सभागृह।

    सरकार भने आफ्नै उपलब्धिमा मग्न छ। जनताको विश्वास जित्नुभन्दा अधिकार विस्तार गर्न सजिलो हुन्छ भन्ने निष्कर्षमा पुगेजस्तो देखिन्छ। लोकतन्त्रको नाममा शक्ति केन्द्रित गर्ने अभ्यासलाई सफल शासनको नयाँ परिभाषा बनाउन खोजिएको भान हुन्छ।

    राजनीतिक दलहरूको अवस्था झन् रोचक छ। जनताको पक्षमा बोल्दा कतै मत घट्ने हो कि भन्ने डर, सरकारको आलोचना गर्दा कतै गठबन्धन बिग्रिने हो कि भन्ने चिन्ता। त्यसैले मौन बस्नु नै सबैभन्दा सुरक्षित राजनीति बनेको छ। बोल्नुभन्दा छवि चम्काउनु सजिलो छ, र काम गर्नुभन्दा विज्ञप्ति निकाल्नु अझ सजिलो।

    अन्ततः यो सम्पूर्ण नाटकको टिकट काट्ने दर्शक भने नेपाली जनता नै हुन्। कर उनीहरूले तिर्छन्, मूल्यवृद्धि उनीहरूले बेहोर्छन्, बेरोजगारी उनीहरूले भोग्छन्, आश्वासन उनीहरूले सुन्छन्, र चुनाव आउँदा फेरि परिवर्तनको सपना पनि उनीहरूले नै देख्छन्।

    सायद यही नै हाम्रो समयको सबैभन्दा ठूलो व्यङ्ग्य हो—तेलको खेल विश्वले खेलिरहेको छ, डलरको खेल शक्तिशालीहरूले खेलिरहेका छन्, सत्ताको खेल नेताहरू खेलिरहेका छन्, गोलको खेल युवाहरू खेलिरहेका छन्, तर हार्ने खेल भने सधैं नेपाली जनताले मात्रै खेलिरहेका छन्।

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.