भीष्म जोशी
उ अरु भन्दा भिन्न थियो
समाज बदल्छु भन्थ्यो
उ सधै आन्दोलनको अग्रमोर्चामा रहन्थ्यो
उ यस्ता नारा घन्काउदै हिड्थ्यो
इन्क्लाब जिन्दावाद !
सामाजिक न्याय कायम गर
सामाजिक सद्भाव कायम गरौँ
सामाजिक समानता कायम गर
भ्रष्टाचारको अन्त्य गर
सुशासन कायम गर ।।
लोकतन्त्र जिन्दावाद !
अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद
मौलिकहक हनन गर्न पाइदैन
वर्गीय, जातीय, लैङ्गिक विभेदको अन्त्य गर ।।
समाजबादको दिशामा अगाडि बढौ !
राष्ट्रियताको रक्षा गर
कालापानी हाम्रो हो
शान्ति सुरक्षा कायम गर
रोजगारीको ग्यारेन्टी गर ।।
युवा पलायन बन्द गर
बैज्ञानिक शिक्षा लागू गर
निशुल्क शिक्षा, स्वास्थ्य लागू गर
बढदो महङ्गी नियन्त्रण गर
इन्क्लाब जिन्दावाद ! जिन्दावाद !
परिस्थिति अनुसार,
उ यस्तै गगन भेदी नारा लाउदै आयो
९७ सालदेखि २०८२ भदौ २३ सम्म लाईनैरह्यो
उ उहि २१ बर्ष उमेरकै थियो
९७ मा गङ्गालाल थियो
०८२ मा महान शहीद गौरव जोशी भयो ।।
तिमी गोलीले भुटदै आयौ
तिमिले उसलाई मार्दै गयौ
उ पुनर्जन्म लिदै आयो
उसका सपना… ?
सपना मै सिमित रहे भने… ।।
तिमिले उसको सपना मारेर
तिम्रो छाती गर्वले फुलेको देख्दैछ उ
तिमिले खुलम खुला
वर्गीय विभेदको उदघोष गरेको सुन्दैछ उ
बिर्स्यौ र तिमिले
उसले शासकका विरुद्ध
नेपोवेबि चाहिदैन
नातावाद, कृपावाद मुर्दावाद ! भनेको
छातीमा गोली खाएको,
हासी हासी सहादत बरण गरेको
उ
नेपाली आमाको महान सपूत हो ।।
उ को हो चिन्छौ ?
यिनै तिमिले करार गरेका
लाखौ गरीब नेपालीहरुको महान सपूत हो
उसका आमावुबा अझै
तिमी जस्ता धनको तुजुक देखाउदै हिड्ने
धनाड्य छैनन् ।।
तिमीले सत्तामा पुग्दैमा
उसका सपना साकार भएको नठान
उसले अझै न्याय खोज्दैछ
आफुले लाएका उपरोक्त नारा
सम्बोधन भएको खोज्दैछ ।
होइन भने त्यो तिम्रो महाप्रलय
अनि,
उसको सपनाको महाविष्पोटन
कस्ले रोक्छ ?
(सिन्धुपाल्चोक जिल्ला, लिशंखुपाखर गाउँपालिका द्वारा आयोजित प्रथम मुडे कविता महोत्सव २०८३ मा बाचित कविता २०८३/२/२५ मुडे बजार )