• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वर्तमान सन्दर्भमा साहित्यिक आन्दोलनको महत्त्व


  •   बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
  • समीर सिंह ##

    Advertisement

    मानिसका विचार, भावना र अनुभूतिलाई कलात्मक ढङ्गले अभिव्यक्त गर्ने माध्यम नै साहित्य हो । प्रत्येक व्यक्तिमा फरकफरक सिर्जनात्मक क्षमता हुन्छ । कसैले गीत गाउँछ: कसैले कविता लेख्छ† कसैले कथा, उपन्यास वा वैचारिक लेख सिर्जना गर्छ, त कसैले सङ्गीत, नृत्य वा अन्य कलात्मक विधामार्फत आफ्नो अभिव्यक्ति दिन्छ । कुनै पनि स्रष्टाको साहित्यिक उचाइ उसको कलात्मक प्रस्तुति र वैचारिक धरातलले निर्धारण गर्छ । सिर्जना कति कलात्मक छ ? त्यसको वैचारिक आधार के हो ? यी प्रश्नले नै साहित्यको स्तर मापन गर्छन् ।

    राजनीतिक तथा सामाजिक जटिलताको समयमा विचार, नारा र आन्दोलनको आआफ्नै भूमिका हुन्छ । देशको विकास र समृद्धिका लागि असल राजनीति अपरिहार्य हुन्छ तर जब राजनीतिमा विकृति, भ्रष्टाचार र स्वार्थ हावी हुन्छन्, तब समाजमा निराशा र अन्योल बढ्न थाल्छ । यस्तो अवस्थामा चर्का भाषण, नारा र आन्दोलनले मात्र जनताको मन जित्न सक्दैनन् । जनता असल राजनीतिप्रति समेत निराश बन्न पुग्छन् र “सबै राजनीति उस्तै हो” भन्ने मनोविज्ञान विकसित हुन्छ ।

    नेपाली जनता पटकपटक आन्दोलनमा सहभागी भए । विभिन्न राजनीतिक शक्तिलाई विश्वास गरे । परिवर्तनका लागि सङ्घर्ष गरे तर सत्ता प्राप्तिपछि धेरै नेता जनअपेक्षाअनुसार चल्न सकेनन् । उनीहरूमा सत्ताकेन्द्रित प्रवृत्ति बढ्यो; भ्रष्टाचार मौलायो† जनभावनाप्रति विश्वासघात गरियो । जनताको पीडाभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिइयो । परिणामस्वरूप देशको विकास र समृद्धिको यात्रामा अवरोध सिर्जना भयो ।

    नेपाली राजनीतिको इतिहास हेर्दा जनता निरन्तर विकल्पको खोजीमा रहेको देखिन्छ तर सही विकल्प पहिचान गर्नु सजिलो कुरा होइन । भावनात्मक उत्तेजना र अधुरो विश्लेषणका कारण कतिपय अवस्थामा नयाँ ‘मुक्तिदाता’ जन्मिन्छन् तर समयसँगै उनीहरूको वास्तविक चरित्र प्रकट हुन्छ । केवल भाषण, नारा र क्रान्तिकारी आवरणले मात्र जनविश्वास कायम गर्न सक्दैन । व्यवहार र विचारबिचको एकता नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

    माक्र्सवादी दर्शनले संसारको व्याख्या मात्र होइन, त्यसलाई बदल्ने कार्यलाई मुख्य मानेको छ । वास्तवमा परिवर्तनको प्रश्न व्यवहारसँग जोडिएको हुन्छ । आफूलाई ‘क्रान्तिकारी’, ‘समाजवादी’, ‘माक्र्सवादी’ भनेर घोषणा गर्नु मात्र पर्याप्त हुँदैन, व्यवहार पनि त्यहीअनुसार हुनुपर्छ । जब विचार र व्यवहारबिच दुरी बढ्छ, तब जनतामा निराशा पैदा हुन्छ र परिवर्तनको यात्रामा अवरोध उत्पन्न हुन्छ यद्यपि माक्र्सवाद, समाजवाद र प्रगतिशील विचार स्वयम्मा अत्यन्त मानवीय र वैज्ञानिक अवधारणा हुन् । विश्व इतिहासमा यिनै विचारले ठुला सामाजिक परिवर्तन सम्भव बनाएका छन् । नेपालमा पनि त्यस्तो परिवर्तन सम्भव छ, यदि सिद्धान्तलाई व्यवहारसँग जोड्न सकियो भने ।

    अहिले नेपालको परिस्थिति चुनौतीपूर्ण छ । यस्तो प्रतिकूल अवस्थामा पनि सुन्दर र असल राजनीतिको खोजी जारी रहनुपर्छ । श्रमजीवी तथा उत्पीडित जनतालाई सङ्गठित गर्दै परिवर्तनको चेतना विस्तार गर्नु आवश्यक छ । माक्र्सवादी दृष्टिकोणले भनेजस्तै ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्दै समाज परिवर्तनको अभियानलाई अगाडि बढाउनुपर्छ ।

    यही सन्दर्भमा सांस्कृतिक तथा साहित्यिक आन्दोलनको महत्त्व अझ बढेर गएको छ । जब राजनीतिक नारा र भाषणले जनमानसमा अपेक्षित प्रभाव पार्न सक्दैनन्, तब साहित्य, कला र संस्कृतिले चेतनाको नयाँ ढोका खोल्न सक्छन् । साहित्यले मानिसलाई सोच्न, प्रश्न गर्न र परिवर्तनको आवश्यकता महसुस गर्न प्रेरित गर्छ ।

    रक्तिम सांस्कृतिक अभियानले जेठ १६ गतेबाट देशव्यापी सांस्कृतिक प्रस्तुति गर्ने तयारी गरिरहेको छ । त्यसैगरी विभिन्न प्रगतिशील सांस्कृतिक मोर्चाको साझा संस्था प्रगतिशील लेखक सङ्घ नेपालले साहित्यिक तथा वैचारिक गतिविधिमार्फत समाजमा चेतनाको विस्तार गर्ने प्रयास गरिरहेको छ । महाकालीको कञ्चनपुरमा सम्पन्न अन्तर्राष्ट्रिय सङ्गोष्ठीपछि जारी गरिएको ‘दोधाराचाँदनी घोषणापत्र’ ले राष्ट्रियता, जनतन्त्र र साहित्यिक आन्दोलनबिचको सम्बन्धलाई अझ स्पष्ट रूपमा अघि सारेको छ ।

    यसैबिच २०७३ वैशाख २३ गते स्थापना भएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले पनि विचार र सिर्जनाको संयोजनमार्फत आफ्नो विशिष्ट पहिचान निर्माण गर्दै आएको छ । जेष्ठ ३१ गते आयोजना हुने राष्ट्रिय भेलामार्फत यसले अझ व्यापक र फराकिलो ढङ्गले आफ्नो वैचारिक तथा सिर्जनात्मक अभियानलाई विस्तार गर्ने घोषणा गरेको छ ।

    आजको युग विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को युग हो । यस्तो अवस्थामा सिर्जनात्मक क्षमतालाई प्रगतिशील अभियानसँग कसरी जोड्ने ? सिर्जनालाई श्रमजीवी जनताको हितमा कसरी प्रयोग गर्ने ? विश्वव्यापी सञ्जालभित्र प्रगतिशील स्रष्टाबिच कसरी सहकार्य गर्ने ? सिर्जनाको सामाजिक तथा आर्थिक मूल्य कसरी स्थापित गर्ने ? यस्ता गम्भीर प्रश्नको उत्तर खोज्ने प्रयास पनि आजको साहित्यिक आन्दोलनको महत्त्वपूर्ण दायित्व हो ।

    विभिन्न यात्रा, विमर्श, कार्यशाला र सांस्कृतिक अभियानमार्फत सिर्जनात्मक क्षमतालाई अझ निखार्ने प्रयास भइरहेका छन् । यस प्रकारका गतिविधिका साथै अन्पाको राष्ट्रिय भेलाको सन्दर्भमा संसारभरिका प्रगतिशील स्रष्टालाई भर्चुअल माध्यमबाट जोड्ने प्रयासले साहित्यिक आन्दोलनलाई अझ व्यापक र प्रभावकारी बनाउने मूल्याङ्कन गर्न सकिन्छ ।

    अन्त्यमा कार्ल माक्र्सको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ– “साहित्य समाजको दर्पण मात्र होइन, त्यसलाई बदल्ने शक्ति पनि हो ।”

    बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.