• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

उसको सहर


  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
  • भीष्म जोशी ##

    Advertisement

    उसको सहर
    उसको लागि पो सौक र खेल हो, राजनीति
    एक्कासि ऊ आयो
    हामीलाई नसोधी
    हाम्रो घर डोजरले बढारेर लग्यो
    सहर सुन्दर बनाउने रहर, थियो होला उसको
    उसको सहरमा
    चिटिक्क मिलेका अढाइ तले महल होउन्
    आँगनमा बाघको डमरु र बाख्राका पाठी
    सँगै खेलिरहुन्
    आँगनअगाडि सुन्दर चार लेनको
    कालो चिल्लो सडक बनोस्
    प्रत्येक घरको पछाडि सुन्दर बगैँचा, स्विमिङ पुल हुन्
    बगैँचाभित्र झुल्ने कोच
    अन्डरग्राउन्ड पार्किङ
    प्रत्येक एक किलोमिटर दुरीमा सुन्दर बगैँचा
    अनि ठुल्ठुला आरामदायी पार्क
    दुई किलोमिटरको दुरीमा सुविधासम्पन्न स्कुल
    पाँच मिनेटको दुरीमा अत्याधुनिक अस्पताल
    एक मिनेटको दुरीमा सुरक्षाचौक
    घरभित्रै ग्यास, बिजुली र दुधका पाइप
    वाकिङ गर्न सुविधासम्पन्न सडक छेउमा
    रुखैरुख, फुलैफूलले भरिभराउ पदमार्ग
    र साइकल लेन
    आकाशबाट फोटो लिँदा सुन्दर कुवेर नगरी देखियोस्
    उसको सहरमा फोहोर र फोहोरी एकादेशको कथा बनुन्
    उसको सहरमा गरिब र गरिबी भन्नेजस्ता
    प्रत्येक कुरा
    सहर निवासीको कल्पनाबाटै मेटिइसकेका हुन्
    चारैतिर सम्पन्न नै सम्पन्नको बास होस्
    सबै सुखी र निरोगी हुन्
    सुनैसुनका कार पार्किङ भएका
    सुनकै चर्पी भएका
    सयौँ तलाका सुविधासम्पन्न होटेल होउन्
    उसको सहर यस्तै यस्तै होओस्
    हाम्रो पनि कामना

    तर यो सहर हाम्रो पनि हो
    यो सहर आफू बन्दै गर्दा
    हामी लाखौँको घरबार उजाडिएका छन्
    लाखौँलाखले श्रम, पसिना र रगत बगाएका छन्

    हामी कसैलाई पनि माथि उसकै सहरमा बस्ने
    रहर नभएको हो र ?
    आफ्नो भन्नु केवल खुला आकाशको छानो थियो
    एक इन्च जमिनविना
    गन्हाउने खोला किनारमा बस्थ्यौँ
    त्यो न रहर थियो न त सौक नै
    केवल बाच्ने जिजीविषा थियो
    एक छाक खानाको लालसा थियो
    सबै पीडा पिएर बनाएको
    एक आफ्नो भन्ने सानो झुप्रो थियो
    एक्कासि तिम्रो डोजर आयो
    तिम्रो सौकको राजनीति
    अनि आफ्नै मतदानको परिणाम
    यस्तै, यस्तै भयो ।
    केही अर्कै खाले सपना हो कि विपना हो
    के हो ? के देख्दैछौ ? के भोग्दैछौ ?
    अनि हाम्रा लालाबाला
    हाम्रो भोको पेट र
    खुला आकाशको छानोले
    नाना, दानापानी र छानो खोज्यो भने ?
    तिम्रो राजनीति ?

    राजनीति,
    तिम्रो लागि खेल
    तर हाम्रो जीवन र मरणको सवाल बनायौ, किन ?
    यो सहर हाम्रो पनि होइन र ?

    बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.