प्रवासीको पीडा भरी बताउँदै छु गीतमा ।
प्रगतिशील गीत गाउँ सबको हितमा ।।
प्रवासको गल्ली गल्ली लाखौंलाख नेपाली।
आपतको सामना गर्न पर्यो यसपाली ।।
चौकीदारी गर्ने दाजु कोठीबाट दिदीले।
भन्छन् वास्ता गरेछैन नेपाल सरकारले।।
कोठीबाट निकाल्लदिए कोरोनाको डरले।
आफ्ना जनता आपत पार्यो नेपाल सरकारले।।
गासबास कपास खोसिएका मजदुर ।
आफ्नै देशको सरकारबाट निरास हजुर ।।
कति मजदुर पैदल यात्रा कोही सडक पेटीमा।
सुखले सास फेरेको मान्छे मैले देखिन ।।
रासन पानी नभएर हिँडे राहत खोजन ।
दुःख के हो मजदुरको हामीलाई सोधन ।।
आशा थियो सरकारले आफ्ना जन्ता बोलाउँछ।
राजदूतले सरकारलाई चिठ्ठी पठाउँछ ।।
न सरकारले ध्यान दियो न त राजदूतले ।
चुनाव आउँदा भोट माग्छौ कौना मुखले ?
सरकार र राजदूतलाई चिनेका छन् जन्ताले ।
मजदुरको आँसुसँगै खेल खेल्यौ मजाले।।
कति पीडा सहेका छन् प्रवासमा नेपाली ।
कुन पार्टीले कस्तो गर्यो बुझ्यौँ यसपाली ।।
नोकरीबाट निकाल्दियो जागीर पनि हटिगो ।
नेपालीलाई प्रवासमा दुःख कती भो ।।
राहत बाँड्दा सम्म त्यहाँ पक्षपात गरियो।
के थाहा सरकार, भोको पेट क्यारी भरीयो।।
आफ्ना जनता आपतमा पर्दा सम्म नहेर्ने ।
बुझ्नै पर्छ अब जनताले इनलाई के गर्ने ।।
चुनाबको बेला चाहियो जनताको तिम्ला हात ।
तिनै जनता विपद पर्दा दिन्नौ किन साथ ।।
चिन्ता खाली कुर्सीकै छ महलमा बसेर ।
पीर छैन भोका पेटको अब आपत देखेर ।।
कुर्सी सम्म पुराउने त जनताकै हुन्छ हात ।
त्यही सोचेर दुःखको घडी दिनसके साथ ।।
जनताको पीरसँग खेलवाड अब नगर ।
लाखौं जनता प्रवासमा भए है बेघर ।।
आफ्नै देश फर्किन नि पाएनन् कसैले ।
जनताको पिर मर्का बुझौँ हौ सबैले ।।
जनताको मर्म बुझ्ने कुन सरकार आउला ? ।
आफ्नो देशको मुहार देख्न कहाँ पाउला ।।
कहीले होला देशमा बरै कहिले होला चमत्कार ।
यो गीतलाई यही रोक्छु सबलाई नमस्कार।।
जुना चालिसे (चंडीगढ़)