• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रजातान्त्रिक समाजवाद वैज्ञानिक समाजवाद होइन


  •   सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    नेपाली कङ्ग्रेसले आफ्नो सिद्धान्त प्रजातान्त्रिक समाजवाद बताउने गर्दछ । त्यो व्यवस्था समाजवाद होइन, पुँजीवाद हो भने पुँजीवाद नाफामा आधारित व्यक्तिगत स्वामित्व भएको व्यवस्था हो । नाफा कमाउने काम गर्दा त्यो व्यवस्थाले ठुला ठुला पुँजीपति वर्ग उत्पादन गर्छ भने अर्कोतिर तिनीहरूको ठिक विरोधी सर्वहारा वर्ग उत्पादन गर्छ । यो अनिवार्य शर्त हो र नभई नहुने नतिजा हो ।

    एक जना पुँजीपतिको विकास गराउन सयौँ निम्नपुँजीपति सर्वहारा वर्गमा रूपान्तरण हुने अवस्था आउँछ । नाफा कमाउने कामको सफलता अर्को प्रतिस्पर्धीलाई टाट उल्टाउने नतिजा ल्याउँछ । त्यसकारण समाजका सबै आवादीका क्षेत्रबाट दिनदिनै सर्वहारा वर्ग उत्पादन भइरहेका हुन्छन् । नाफा कमाउने क्षेत्र विस्तार भइरहन्छ । त्यो भनेको सर्वहारा वर्ग उत्पादन हुने क्षेत्र पनि विस्तार भइरहेको हो । सानो सम्पत्तिले आवश्यकता पूरा हुने त कता हो कता, उत्पादन गर्न नसक्ने अवस्था आउँछ । जति धेरै सम्पत्ति हुन्छ अथवा व्यक्तिगत स्वामित्वमा उत्पादन विस्तार हुँदै जान्छ, त्यति शोषणमा वृद्धि भइरहेको हुन्छ । जति धेरै जनशक्ति व्यक्तिगत पुँजीवादी स्वामित्वको उत्पादनमा विस्तार हुँदै जान्छ, त्यति शोषणमा वृद्धि भइरहेको हुन्छ । जति धेरै जनशक्ति व्यक्तिगत पुँजीवादी स्वामित्वको उत्पादनमा लगिरहन्छन्, त्यति सस्तोमा उत्पादन हुन्छ । त्यसको सोझो असर साना उत्पादकले उत्पादन गर्न नसक्ने अवस्था आउँछ । त्यसकारण पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गको अधिनायकत्व सञ्चालन हुन्छ ।

    जनतामा बेरोजगारीको अवस्था बढेर रोजगार हुने प्रतिस्पर्धा गर्दा सस्तोमा श्रम बेच्ने र बढ्दा आवश्यकता पूरा गर्न नसकेर अभाव र गरिबीको सिकार सर्वसाधारण श्रमजीवी जनता हुन्छन् । पुँजीवादी व्यवस्था भनेकै पुँजीपति वर्गको अधिनायकत्वमा सञ्चालन हुने व्यवस्था हो । त्यसबाट समाजमा अभाव र गरिबी बढिरहने र बढाइरहने काम हुन्छ । दैनिक आवश्यकताका सबै क्षेत्रबाट नाफा कमाउने प्रतिस्पर्धा चलिरहन्छन् र सर्वसाधारण श्रमजीवी जनता त्यसको सिकार भइरहन्छन् ।

    राज्यसत्ता सबैभन्दा ठुलो सङ्गठित शक्ति हो । त्यो जनताबाट कर उठाउने र सशस्त्र शक्ति सेना राख्ने अधिकारसहितको हुन्छ । जनताबाट कर उठाउने भने पनि करको ठुलो हिस्सा पुँजीपति वर्गबाट जम्मा हुने हो । आफ्नो नाफा कमाउने काममा अलिकति पनि अप्ठेरो पर्‍यो भने उसले कर तिर्दैन । सरकारले आफ्नो खर्च धान्न सक्दैन । त्यसकारण पुँजीपति वर्गको स्वार्थ रक्षा गर्न सरकार बाध्य हुन्छ । त्यसरी पुँजीपति वर्गबाट सर्वहारा वर्गको सङ्ख्या थपिँंदै जाने अर्कोतिर ठुला ठुला उद्योग भएका पुँजीपति वर्गको विकास हुँदै जाने पुँजीवादी व्यवस्थाको मौलिक चरित्र नै हो ।

    पुँजीवादमा सङ्गठन गर्न छुट हुन्छ । त्यो छुट गोली नभएको बन्दुकजस्तै हुन्छ । दैनिक आवश्यकता पूरा गर्न घटीभन्दा घटी रोजगार हुनैपर्छ । रोजगारी पुँजीपति वर्गको उत्पादनका साधनमा मात्र सीमित हुन्छ । त्यसकारण त्यही रोजगारीका लागि पुँजीपति वर्गले आफ्नो अधिनायकत्व प्रयोग गर्छ । सङ्गठन सञ्चालन गर्न आवश्यक पर्ने रकम, समय र योग्यताको विकास गर्न श्रम बेच्ने विकल्प मात्र सर्वहारा वर्गसँग बाँकी रहेको हुन्छ । श्रम बेचेर दैनिक खर्च टार्ने र निरन्तर अध्ययन, प्रशिक्षण, सङ्घर्ष, सङ्गठन आदि काम जिम्मेवारीपूर्वक गर्नुपर्छ । आफू क्रान्तिकारी कामको जिम्मेवार बन्न ती काम निरन्तर खटिरहनुपर्छ । ती जिम्मेवारीका काम सफलतापूर्वक अघि बढाउन सबैभन्दा पहिलो आफ्नो परिवारलाई आर्थिक एकाइ मात्र होइन, राजनैतिक एकाइ पनि बनाउने अनिवार्य शर्त हुन जान्छ । परिवारलाई राजनैतिक एकाइ बनाउँदा परिवारका निम्नमत आवश्यकता पूरा गर्ने र श्रम विभाजन गर्ने पनि आफ्नै जिम्मेवारीअन्तर्गतका काम हुन्छन् । त्यसो गर्न नसक्ने हो भने परिवारको सङ्गठित रूप रहन सक्दैन र राजनीतिक जिम्मा झन् टाढा पुग्दछ ।

    पुँजीपति वर्गको सङ्ख्या औँलामा गन्न सकिने गरी थोरै हुन्छ । सर्वहारा वर्गको सङ्ख्या पनि थोरै हुन्छ । यी दुवै परस्पर विरोधी वर्गका व्यक्ति हुन् । समाजमा सबैभन्दा धेरै सङ्ख्या निम्नपुँजीपति वर्ग र अर्धसर्वहारा वर्गको हुन्छ । पुँजीपति वर्गको अधिनायकत्व भएको पुँजीवादी व्यवस्था हो र सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाको बाटो हिँड्ने र समाजवादी व्यवस्थाको बाटो हिँड्नेबिच जीवनमरणको सङ्घर्ष चलिरहेको हुन्छ । त्यसमा निर्णायक भूमिका निम्नपुँजीपति वर्गको हुन्छ । पुँजीवादी व्यवस्थाको गर्भभित्र हुर्केर आफ्नो अस्तित्व धान्न सक्ने भएपछि मात्र सत्तासिन हुने समाजवादी व्यवस्था हो । समाजमा पुँजीवादी व्यवस्थाको निषेध गरेर मात्र समाजवादी व्यवस्थाको अस्तित्व रहन सक्छ । त्यसकारण कम्युनिस्ट पार्टीमा सुरुदेखि नै कठिन सङ्घर्षको आवश्यकता पर्दछ ।

    एउटा क्रान्तिकारीको काम मुख्य आफ्नो परिवारलाई राजनैतिक एकाइ बनाउने हो । त्यसका लागि श्रम बेच्ने योग्यताको विकास अनिवार्य शर्त हो । पारीवारिक खर्च आफै समाधान हुन्नन् । ती खर्च टार्ने श्रोत श्रम मात्र बाँकी रहेको सर्वहारा वर्ग हो । पँुजीपति वर्गको आफ्नै व्यवस्था छ । उसलाई समाजवादी व्यवस्था नचाहिने मात्रै होइन, आफ्नै स्वर्ग गुम्न नदिने पनि उसको आफ्नै जिम्माअन्तर्गतको काम हो । निम्नपुँजीपति वर्गको नेतृत्व पुँजीपति वर्गले गर्न सक्दासम्म पुँजीवादी व्यवस्था गतिशील भई अस्तित्व रक्षा गर्न सक्ने अवस्थामा रहन्छ ।

    सर्वहारा वर्गले स्वर्ग खोस्न सक्यो भने मात्र समाजवादी व्यवस्था अस्तित्वमा आउने हो । त्यसैको लागि सर्वहारा वर्गले निम्न पुँजीपति वर्गसहित बहुमत श्रमजीवी वर्गका जनताको नेतृत्व गर्न सक्षम हुने गरी आफ्ना राजनीतिक गतिविधि अगाडि बढाउनपर्छ । निम्नपुँजीपति वर्ग आफ्ना कडा अनुशासन तथा सत्य र न्यायको पक्षपाती भएर सर्वहारा वर्गले सकेसम्म आफ्नो पक्षमा ल्याउने नभए तटस्थ राख्न सफल नहुँदासम्म राज्यसत्ता कब्जा गर्न सक्दैन ।

    पुँजीपति वर्गले जनतालाई भुलभुलैयामा पारेर आफ्नो स्वर्ग गुम्न नदिने सिलसिलामा सर्वहारा वर्गको अधिनायकत्व समाजवादमा हुन्छ भन्ने तथ्यलाई गलत भनेर समाजवादमा प्रजातन्त्र हुन्न भन्ने अर्थमा उनीहरूको पनि समाजवाद नै भएको र क्रानितकारीको समाजवादमा भन्दा थप प्रजातन्त्र पनि हुन्छ भन्ने अर्थमा प्रजातान्त्रिक समाजवादी भनेका हुन् । त्यो हुने कुरा र सत्यमा आधारित कुरा होइन । व्यवस्था कि त पुँजीवादी हुन्छ, कि समाजवादी हुन्छ । यी दुवै परस्पर विरोधी व्यवस्था हुन् ।

    पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गको अधिनायकत्व लागु हुन्छ । अधिनायकत्व भनेको आफूले भनेका भए हुने र अरूले भनेको भए नहुने बनाइएको अवस्था हो । समाजवादमा सर्वहारा वर्गको अधिनायकत्व सञ्चालन हुन्छ । त्यो भनेको आफ्नो वर्गका समस्या एकै किसिमले समाधान गर्ने विषयसँग सम्बन्धित छ । पुँजीपति वर्गका समस्या धेरैभन्दा धेरै नाफा गरेर आफ्नो बढी पुँजीको मदतबाट आफ्ना वर्गीय समस्या समाधान भएका अथवा गराइएका हुन्छन् । सर्वहारा वर्गले धेरैभन्दा धेरै अनुशासित सङ्गठन बनाएर आफ्नो सङ्गठन अथवा वर्गीय एकताको बलमा आफ्ना सबै समस्या समाधान गरेका हुन्छन् ।

    पुँजीवादी व्यवस्था नाफाका आधारमा सञ्चालन भएको हुन्छ र पुँजीका बलले टिकेको हुन्छ । सर्वहारा वर्गको समस्या श्रम बेच्नेको एकता र कडा अनुशासनको सङ्गठित एकतासहित टिकेको हुन्छ । सङ्गठन र एकताको बलले टिकेको हुन्छ । बढीभन्दा बढी वर्गीय प्रजातन्त्र नभएसम्म पुँजीपतिको सत्ता त टिक्न सक्दैन भने श्रमजीवीको सङ्गठन र एकता उच्च किसिमको न्याय र सत्यताविना टिक्न सक्ने त कुरै हुन्न । त्यसकारण सर्वहारा वर्गको सङ्गठनमा पुँजीपति वर्गको सङ्गठनमा भन्दा धेरै उच्च किसिमको न्याय र प्रजातन्त्र हुन्छ । त्यसैले कम्युनिस्टहरू छुट्टै विशेष किसिमको धातुले बनेका मान्छे हुन भनिन्छ ।

    सर्वहारा वर्गमा उच्च प्रजातन्त्र नभएसम्म आफ्नो सङ्गठन त टिक्न सक्दैन भने निम्नपुँजीपति वर्गको मन जित्न सक्ने त कुरै हुन सक्दैन । निम्नपुँजीपति वर्गले आफै नेतृत्व गरेर अघि बढ्न सक्दैन किनभने ऊ पुँजीपति वर्गको थिचोमिचोमा परेको हुनाले पुँजीपति वर्गको विरोधी हुन्छ । फेरि उसलाई सबैभन्दा ठुलो डर सर्वहारा वर्गको स्तरसम्म पुगिन्छ कि भन्ने हुन्छ । त्यही ढुलमुले हुने कारणले दुईतिर इन्जिन लगाएको वाहनजस्तो भएर अघि बढ्न नसक्ने हुन्छ । त्यस्तो किसिमको अवसरवादी शक्तिलाई सर्वहारा वर्गले सजिलै सङ्गठित र अनुशासित बनाउन सक्दैन । अत्यन्त अनुशासित र सत्यमा आधारित वैज्ञानिक व्यवहार प्रदर्शन गर्न सक्नुपर्छ । त्यस्तो नगर्दासम्म तिनीहरूलाई सङ्गठित र अनुशासित बनाउन सकिन्न । त्यही निम्न पुँजीपति वर्गको बहुमत जनसङ्ख्यालाई अगाडि नल्याएसम्म सर्वहारा वर्गको जित सम्भव पनि हुन सक्दैन । त्यसकारण आफ्नो राजनीतिको सुरुदेखि अन्त्यसम्म निम्नपुँजीपति वर्गसँग एकता र सङ्घर्ष गरेर मात्र समाजवादी राज्यसत्ता स्थापना र सञ्चालन हुने हो ।

    पुँजीपति वर्गले आफ्नो स्वर्ग गुम्न नदिनका लागि त्यही निम्न पुँजीपति वर्गको समर्थन र सहयोग चाहिने भएकाले नानाथरीका अफवाह फैलाउने एउटा हतियार प्रजातान्त्रिक समाजवाद पनि हो । उसले दमनका हतियार र उदारताका हतियार दुईमध्ये कहिले एकपछि अर्को र कहिले एकैसाथ दुवै प्रयोग गर्ने गर्दछ । यस्तै अफवाह फैलाएर समाजवादको १७७ वर्षसम्मको इतिहासमा प्रतिस्पर्धा गरेर जित हासिल गरेको छ । सत्यलाई सत्य प्रमाणित गर्न नसक्दासम्म सत्य पनि झुटको स्थानमा रहनुपर्ने हुन्छ । वैज्ञानिक समाजवादको सत्यलाई प्रजातान्त्रिक समाजवादको झुटले जित्ने कारण पनि आफैले सत्य प्रमाणित गर्न नसकेको अवस्थाले गर्दा हार स्वीकार गर्नुपरेको अवस्था हो । शोषितउत्पीडित वर्गले सत्य अँगाल्न सक्ने अवस्था आयो भने मात्र प्रजातान्त्रिक समाजवाद हावादारी हुनेछ ।

    सिङ र पुच्छर केही नभएको प्रजातान्त्रिक समाजवाद कहिँ कतै पनि व्यावहारिक रूपमा लागु हुन सक्दैन । नाफा कमाउने प्रयोजनका लागि पुँजीवादी व्यवस्था हो भने सङ्गठित शक्ति प्रयोगका लागि समाजवादी व्यवस्था हो अनि प्रजातान्त्रिक समाजवाद भनेर न नाफा कमाउन छाड्ने, न सङ्गठित रूपको शक्ति निर्माण गर्न सक्ने । त्यो सिद्धान्त भ्रमको खेतीबाहेक अरू केही होइन । सच्चा मानवताको प्रयोग नगरीकन सर्वहारा वर्गको सङ्गठन अघि बढ्न र निश्चित राजनीतिक सिद्धान्तको आधारमा अघि बढ्न र निश्चित राजनीतिक सिद्धान्तको आधारमा अघि बढ्न सक्दैन । त्यसकारण कम्युनिस्ट छुट्टै धातुले बनेको औजारसरह आफ्नो उच्च सिद्धान्त र अनुशासित व्यवहारसहित अघि बढ्छन् । त्यस्तो नगर्ने हो भने सङ्गठित शक्ति गतिशील भई विकास हुन सक्दैन ।

    पुँजीपति वर्गले पनि नाफा कमाउने उद्देश्य त्याग गर्न सक्ने हो भने ऊसँग अरू वैरभाव राख्नुपर्ने र शत्रुताको व्यवहार गर्नुपर्ने कुनै कारण सर्वहारा वर्गसँग रहन्न । सबै मिलेर अघि बढ्नमा बाधा पुर्‍याउने त्यही उत्पादनका साधनको व्यक्तिगत स्वामित्व र नाफा कमाउन श्रमशोषण गर्ने उद्देश्य मात्रै हुन् । मान्छेमान्छेबिच वैरभाव सिर्जना गर्ने शोषणको उद्देश्यसहित गरिने काम हो । कम्युनिस्टले पुँजीपति वर्गले गरेका सकारात्मक कामको विरोध होइन, प्रशंसा गर्छन् ।

    पुँजीपति वर्ग सामन्त वर्गभन्दा प्रगतिशील वर्ग पनि हो । उसले छरिएर गाउँगाउँमा रहेको बस्तीलाई ठुला ठुला सहरमा एकीकृत गरायो । उत्पादनमा वृद्धि गरायो । ठाँटबाठ, धाकरवाफमा सीमित रहेन । बढ्दो जनसङ्ख्यालाई रोजगार बनाउने र संसारभर यातायात सञ्चालनजस्ता धेरै प्रगतिशील कामको लागि त पुँजीपति वर्ग प्रश्नसित नै छ । जम्माजम्मी उसको दोष एकथरी मान्छेले अर्कोथरी मान्छेलाई शोषण गर्ने खराब व्यवस्थालाई सञ्चालन गरेको मात्र हो । त्यस्तो शोषणयुक्त व्यवस्थाको ठाउँमा समानता ल्याउने व्यवस्थालाई सहज रूपमा स्वीकार्नुको सट्टा शोषण र दमन मात्र होइन, युद्धसमेत गर्न अघि बढ्ने पुँजीपति वर्गको सबैभन्दा ठुलो दोष हो ।

    अर्कोतिर पुँजीपति वर्गलाई बढी कर लगाउने र राज्यसत्ताले गरिब जनतालाई आर्थिक स्तर उच्च हुने गरी वितरण गर्ने गर्दा प्रजातन्त्र पनि हुने र आर्थिक समानता पनि हुने हुनाले प्रजातान्त्रिक समाजवादी सिद्धान्त वास्तविक रूपमा उत्तम तरिकाको समाजवाद हो भन्ने भ्रम पनि फिँजाउने गरिन्छ । त्यसैगरी राज्यसत्ताले पुँजीपति वर्ग र सर्वहारा वर्गबिच मध्यस्तता गर्छ ।

    वर्गसमन्वयको उत्तम उदाहरण प्रजातान्त्रिक समाजवाद भएको पनि बताउने गरिन्छ । राज्यसत्ता आफू तटस्थ हुनलाई आफू आफ्नो अर्थतन्त्रमा अडिन र खट्न सक्नुपर्छ तर राज्यसत्ता त्यस्तो हुन सक्दैन । एकातिर, राज्यसत्ता जनताको करबाट आफ्नो खर्च टार्ने शक्ति हो । जनताको मातहतमा रहनुपर्ने ठाउँमा जनतालाई नै शासन गर्छ । जनतामध्ये पनि बढी पुँजी भएका पुँजीपतिबाट कर उठाएर राज्यसत्ताको खर्च टारिएको हुन्छ । ती पुँजीवादी शक्तिले आफ्नो नाफा आर्जन गर्ने उद्देश्यमा बाधा पार्ने नियमकानुन बन्ने हो भनेर कर तिर्दैनन् । अर्कोतिर राज्यसत्तामा संलग्न सबै व्यक्ति रोजगार हुन्छन् र थप भ्रष्टाचार गर्छन् । मध्यस्तता गर्ने र गर्न सक्ने अवस्थामा हुन्नन् । पुँजीपति वर्गको स्वार्थमा अलिकति बाधाअडचन आउँदासाथ राज्यसत्ताको रोजगारयुक्त पदबाट बर्खास्तीमा पर्छन् ।

    जनतालाई पनि मुख्य समस्या रोजगारीको नै हुन्छ । रोजगारीमा पुँजीपति वर्गको अधिनायकत्व हुने भएको हुनाले राज्यसत्ता र समाजमा सबै ठाउँमा पुँजीपति वर्गका साँचोमा ढालिनुपर्ने बाध्यता हुन्छ । कहिँ कतैबाट पुँजीपतिको स्वार्थमा धक्का पर्ने काम गर्न दिन्न । जहाँसम्म सर्वहारा वर्गको राजनीति अघि बढाउने काम हो, त्यो पुँजीवादी व्यवस्था र पुँजीपति वर्गको गर्भभित्रै रहेर सम्भव बनाउनुपर्छ ।

    राजनीति खुला गरे पनि सङ्गठनात्मक संरचना भूमिगत रूपले सञ्चालन गर्नुपर्छ । आफ्नो श्रम बेच्ने योग्यतामा सुधार गर्ने, निश्चित स्तरको सङ्गठनात्मक अनुशासनको पालना गर्ने, आफ्ना भूमिगत आधार निर्माण गर्दै जाने हो । त्यसरी आफ्नो शक्तिको भरमा राज्यसत्ता स्थापना र सञ्चालन गर्ने योग्यता विकास गर्ने हो ।

    सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.