– क्षितिजा राहादी
Advertisement
सरकार तिमिले
चलायौ मेरो छातीमा डोजर
ढाल्यौ मेरो पसिनाको महल
श्रमको सगरमाथा
र आस्थाको मन्दिर
तिम्रो डोजरले
मेरो घरको छाना मात्र पुरेनौ
पुर्यौ त सर्वस्व
र बनायौ खण्डहर
तिम्रो डोजरले
मेरो घर मात्र भत्काएनौ
भत्कायौ विश्वासको पर्खाल
ढाल्यौ गर्ल्याम्म
मेरो आस्थाको छहारी
कसरी सहुँला म
कसरी बुझाउँला मन ?
छोरोले रूदैँ–रूदैँ
तिमीलाई सरापेको बेला
छोरीले तिमिलाई
धारेहात लगाएको बेला
सरकार, तिमिले भनेजस्तो
चुपचाप होइन,
खण्डहरमा उभिएर चिच्याउँदै
तिमिलाई धिक्कारेको छु ।