• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मे दिवसबारे केही कुरा


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    विश्व मजदुर आन्दोलनले एक सय ३६ वर्ष पूरा गरेको छ र एक सय सैतिसौँ वर्षमा प्रवेश गरेको छ । हामीले मे १ लाई मजदुर दिवसको रूपमा मनाउँदै आएका छौँ । यस वर्ष पनि एक सय सैतिसौँ मजदुर दिवस भब्य रुपमा मनाउने तयारीमा छौँ । यस सन्दर्भमा मजदुर आन्दोलनसँग जोडिएका केही तथ्य खोजौँ ।

    सन १८८६ मा अमेरिकाको सिकागो सहरका मजदुरले आठ घण्टा कामको माग राखेर आन्दोलन गरे । आमहड्ताल भयो । सबै कम्पनी र कारखाना बन्द भए । यो आन्दोलनमा बम प्रहार भयो । बम कसले हान्यो ? कुनै जानकारी हुन सकेन तर यही निहुँ पारी प्रहरीले मजदुरमाथि लाठीचार्जसँगै गोली बर्साउन सुरु गरे । आधा दर्जनभन्दा बढीको ज्यान गयो । सयौँको सङ्ख्यामा घाइते भए । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्रामको माग गर्दै यो आन्दोलनले सफलता हासिल गरेको थियो ।

    सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स मिलेर कम्युनिस्ट घोषणापत्र तयार पारे । त्यो घोषणापत्रमा मजदुरका हकहित र उनीहरूको शक्ति तथा वर्गदुस्मनका विरुद्ध मजदुर एकता गर्न जोड दिने कुरा सशक्त रूपमा अघि सारियो र त्यस विषयलाई प्रमुखता दिइयो ।

    सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठनका नेताहरूको बैठकले मजदुर दिवस विश्वभरि मनाउने निर्णय गरे । त्यसपछि मात्र सन् १८९० देखि हरेक वर्ष मे १ लाई श्रमदिवसको रूपमा मनाउन थालिएको हो । आफ्ना हकअधिकार सुनिश्चितताका लागि मजदुरले यो दिनलाई पर्वका रूपमा लिने गरेका छन् ।

    मजदुरको आन्दोलनलाई एकत्रित गर्न कार्ल माक्र्स र एङ्गेल्सले सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रिय गठन गरे, जसमा कैयन् देशका मजदुर सङगठनको प्रतिनिधित्व थियो ।

    १८६६ सेप्टेम्बरमा नेसनल लेबर युनियनद्वारा प्रस्ताविक आठ घण्टा कामको मागलाई पास गर्ने काम भयो । सन् १८९० पछि मात्रै सम्भव भयो । सन् १८७१ मा पेरिसमा विद्रोह भयो । पेरिस विद्रोहले पेरिस कम्युनको स्थापना समेत हुन पुग्यो । मजदुर एकता र वीरताका प्रदर्शन गर्दै मजदुर विश्व सर्वहारा वर्ग र श्रमजीवीमा रक्तसञ्चार थपियो । सन् १८८० को दशकदेखि मजदुर आन्दोलनको विकासमा तीव्रता आएको थियो । आठ घण्टा कामको मागलाई लिएर मुख्य केन्द्रबिन्दु अमेरिकाको सिकागो सहर बन्यो ।

    न्युयोर्क, वासिङटन, मिलवाकी, सिमासिनारी, डिट्राइड र सेन्टलुई आदि स्थानमा साथै अन्तर्राष्ट्रिय स्तरमा पनि मजदुर आन्दोलन चल्यो । ती आन्दोलनमा वामपन्थीको उपस्थिति र प्रभावका कारण ती आन्दोलन सफल भएका थिए । न्युयोर्कमा भएको मजदुर आन्दोलनमा २५ हजार मानिसको उपस्थिति थियो । सहर ठप्प थिए । कारखाना बन्द थिए । मजदुरको सङ्गठित शक्तिको अघि पुँजीपति वर्ग थर्कमान् भयो । यो आन्दोलनले पुँजीपतिको राज्यसत्ता हल्लियो ।

    यसरी सन् १८६४ मा आठ घण्टा कामको मागको समर्थन, १८८६ मे १ को आन्दोलनमा मजदुरको हत्या, सन् १८९० देखि १ मे लाई अन्तर्राष्ट्रिय प्रदर्शन दिवस र सङ्गठित गर्दै आएको वीरतापूर्ण आन्दोलन, प्रदर्शन र सङ्घर्षका कारणले पुँजीपति वर्गलाई २४ घण्टा, २० घण्टा, १८ घण्टा र १६ घण्टा कामको समयलाई आठ घण्टाको समय निर्धारण गर्न बाध्य हुनुपरेको थियो । त्यसकारण एकत्रित आन्दोलनले नै पुँजीपति वर्गलाई घुँडा टेकाउन सक्छ भन्ने प्रमाण हो मे १ गते ।

    नेपालमा २००७ सालमा विराटनगरका मजदुरले यो दिवस मनाउन सुरु गरे । २०४६ सालदेखि मे १ गतेलाई सार्वजनिक बिदा दिने सरकार दिन थालेको छ तर नेपालमा मजदुरको स्थिति निकै कमजोर छ । एक त काम नै पाइदैन । पायो भने पनि कम ज्याला । त्यसकारण लाखौँ युवा विदेशी भूमिमा कष्टकर जीवन बिताउनुपरेको छ । २००७ सालदेखि समय समयमा सरकार परिवर्तन, ठुला आन्दोलन नभएका भने होइनन् तर औद्योगिक मजदुर र खेतमजदुरको पक्षमा देशको कुनै पनि सरकारले उपलब्धिमूलक कार्यक्रम ल्याउन सकेन । ल्याओस पनि कसरी ? समयसमयमा सरकार सत्ताको खिँचातानी, राजनीतिक भागबन्डा आफ्नो प्रवृत्तिले गर्दा साना किसान, घरेलुु किसानको लागि न्यायोचित सामग्रीको वितरण हुन सकेको छैन ।

    हाम्रोजस्तो कृषिप्रधान देशमा उत्पादनको अवस्था निकै कमजोर भएर गएको छ । युवाहरू विदेशिनु र बसाइँसराइको कारणले पनि लाखौँ बिघा जमिन बाझो बनेको छ । सरकारले कुनै पनि समयमा कृषकका माग पूरा गर्ने, मलबिउको समयमा वितरण गर्ने हो भने पनि उत्पादनमा केही सजिलो हुने थियो । त्यो पनि हुन सकिरहेको छैन ।

    समग्रमा मजदुर आन्दोलन र मे दिवस र त्योसँग जोडिएका थुप्रै महत्त्वपूर्ण दिन छन् । अधिकार मागेर पाइँदैन । अधिकारको लागि लडाइँ लड्नुपर्दछ । सरकार, सत्ता र सत्ताधारी सबै प्रकारले तिगडम गर्ने, अत्याचार गर्ने, दमन गर्ने हुनाले मजदुर वर्गले आफ्नो जित हासिल गर्न र समानताको अधिकार प्राप्त गर्न नौलो जनवादी व्यवस्थासम्मको प्रतीक्षा गर्नुपर्छ तर त्यो व्यवस्था छिट्टै र त्यसै आउँदैन । यसको लागि मजदुर वर्ग स्वयम् एक भएर अघि बढ्नुपर्छ । मजदुरको शक्तिशाली आन्दोलनले मात्रै मजदुरको राज्यसत्ता ल्याउन सक्छ । त्यसकारण सबै मजदुर एकजुट होऔँ ।

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.