• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नेपालमा ‘क्रिप्टो कम्युनिस्ट’ ले ल्याएको समस्या


  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
  • दीप गोले तामाङ ##

    Advertisement

    नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएसँगै राजनीतिक इतिहासमा सङ्घर्ष, बलिदान र परिवर्तनको सिलसिला अगाडि बढ्यो । यहाँ जनताले निरङ्कुश राणा शासनको विरुद्ध आवाज उठाए । त्यस क्रममा सामन्तवादको जरा हल्लाए र समानता तथा मुक्तिको सपना बोकेर अनेक प्रकारको आन्दोलनमा होमिए तर आज विडम्बना के छ भने क्रान्तिका नाममा खोलिएका धेरै पार्टी र पात्र क्रान्तिको लागि होइन, त्यसको आवरण मात्रै बोकेर हिँडिरहेका छन् । यही आवरणधारी पार्टी मुखले कम्युनिस्ट बोल्ने तर व्यवहारमा पुँजी र स्वार्थ बोकेर सेवा गर्ने तत्त्वलाई आज जनताले क्रिप्टोकम्युनिस्ट भनेर चिन्ने अवस्था बनेको छ ।

    नेकपा (एमाले) पार्टी दक्षिणपन्थी अवसरवादले चुनावी माध्यमबाट सत्ता परिवर्तन हुन्छ भनेर जनतामा भ्रम सिर्जना गरिरहेका छन् भने माओवादी पार्टीले १० वर्षे कथित जनयुद्धको नाममा उग्रवामपन्थी भड्काव विचार बोकेर हत्याहिंसा गर्दै शान्तिप्रक्रियाबाट संसदीय व्यवस्थामा डुबेर पार्टीको अस्तित्वसमेत मेटाउन सफल भएको छ । यस्ता कैयन् शक्तिहरू अझै छन् ।

    क्रिप्टो भन्नासाथ त्यस्ता व्यक्ति, समूह वा नेतालाई बुझिन्छ, जसले सार्वजनिक रूपमा आफूलाई माक्र्सवादको अनुयायी जनवादी, समाजवादी वा कम्युनिस्टको रूपमा प्रस्तुत गरेका छन् तर भित्री रूपमा उनीहरूको राजनीति साम्राज्यवादसँग मिलेर अवसरवाद, निजी स्वार्थ सत्तासिन र वर्गसम्झौतामा आधारित हुन्छ । उनीहरूको भाषणमा क्रान्तिकारी किसान, मजदुर उत्पीडित वर्गको आवाज गुञ्जिन्छ तर वर्गसङ्घर्ष उनीहरूको व्यवहारमा शून्य अझ त्यही वर्गमाथि बारम्बार धोका र शोषण दोहोरिएको हुन्छ ।

    नेपालमा यस्ता खराब प्रवृत्ति दिनप्रतिदिन दिन दुई गुना रात चौगुना बढ्दो छ । कृषिप्रधान देश भन्छ । गाउँका गरिब किसानलाई अझै मल, बिउबिजन, सिँचाइ, बजारको समस्याले सधैँ थिचिएका छन् । श्रमिक वर्ग न्यून ज्यालादारीमा पसिना बगाउन बाध्यता छन् । बेरोजगारले युवा विदेशिने क्रम जारी छ । नेपालमा भने कम्युनिस्ट नामको राजनीति गर्ने सत्तामा प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति बनेर भ्रष्टाचार गर्ने अनि महँगा गाडी चढ्ने, महल बनाउने, बैङ्क ब्यालेन्स, जम्मा गरी लुकाउने, विलासी जीवनशैली कमिसनमा व्यस्त देखियो । एनजिओ, आइएनजिओ चलाउने यही क्रिप्टो कम्युनिस्टको असली अनुहार बोकी उनीहरू जनताको भावनासँग खेल्न सिपालु भइसकेका छन् । सोहीअनुसार चुनावको बेला क्रान्ति, परिवर्तन, समानता, न्याय, विकास र राष्ट्रियताका कुरा उठाएर मख्ख पार्छन् । ठेकेदार, व्यापारी, उद्योगपतिलाई चुनाव जिताउँछन् । त्यस्ता सस्ता लोकप्रिय नारा, बाचा मुद्दा ओझेलमा पार्छन् । कृषिप्रधान देश भन्ने किसानका खेतमा होइन, आफ्नो किसानलाई मारेर आयातमा निर्भर हुन्छ कमिसनको लागि । यो केवल वैचारिक विचलन मात्र होइन, यो पूरै जनआन्दोलनका सहिदको सपनालाई अपमान गरिएको छ । विश्वासघात हो ।

    सबैभन्दा खतरनाक पक्ष के हो भने यस्ता तत्त्वले जनतालाई भ्रमित बनाइरहेका छन् । सामाजिक सञ्जाल, भाषण कार्यक्रम र नारामा क्रान्तिको रगत उमाल्ने सुन्दर चम्किलो शब्दको प्रयोग गरेर उनीहरूले वास्तविक वर्गसङ्घर्षलाई कमजोर बनाइरहेका छन् । उनीहरू क्रान्तिकारी भाषा बोल्छन् तर परिवर्तनको बाटो बन्द गर्छन् । उनीहरू जनताको पक्षधरजस्तो देखाउछ तर अन्तत: साम्राज्यवाद र शाषकवर्गसँग सम्झौता आफूलाई गर्छन् । आत्मसमर्पण गर्छन् । वर्गसङ्घर्ष बाटो छोड्छन् ।

    नेपालमा राजनीतिक संस्कृतिमा यो रोग २०४६ सालपछि गहिरिएर गएको छ । विचार, सिद्धान्तको नाममा सङ्गठन निर्माण गर्ने तर भित्रबाट व्यक्तिवाद र परिवारवादलाई अति बढावा दिने प्रवृत्ति हावाको बेगजति नै तीव्र बनेको छ । पार्टीभित्र लोकतन्त्रको जनवादको कुरा गर्ने आफै फेरि आलोचना सहन सक्दैनन् । समानताको नारा दिने व्यक्ति नै आफ्नै वरिपरि शक्तिकेन्द्र निर्माण गर्छन् । यसरी क्रान्तिको मर्मलाई खोसेर निकम्मा बनाइरहेका छन् ।

    आज यिनीहरूकै रवैयाले अति भएपछि जेनजीले भ्रष्टाचारको अन्त्य सामाजिक सञ्जालको विषयलाई लिएर भदौ २३– २४ गतेको आन्दोलनले विध्वंस गरी फागुन २१ को निर्वाचनमा १८२ सिट प्राप्त गरेको छ । उनीहरूले नारामा विश्वास गरेनन्, आफै मैदानमा उत्रिएका छन् ।
    क्रान्तिको शब्दले मात्रै पेट भरिएन । आज किसान र मजदुरको हातमा कुनै अधिकार छैन । खेतीयोग्य जमिन बाँझै छ । युवाका हातमा रोजगार छैन । पीडितको हातमा न्याय छैन । यो देखिनुपर्ने हुन्छ तर यो देखिदैन भने यस्तो राजनीति खोक्रो मात्र हुन्छ ।

    आजका क्रान्तिको नाममा फैलिएको ढोगको हामीले पर्दाफास गर्नुपर्नेछ । जनताको बलिदानलाई आफ्नो निजी लाभको सिँढी बनाउने क्रिप्टो कम्युनिस्टधारीलाई जनताले चिन्ने बेला आएको छ । माक्र्सवादी विचारको नाममा व्यापार गर्ने, सिद्धान्तको नाममा सत्तामा लिप्त हुने र जनताको मुक्तिको नाममा आफू तानाशाह, अधिनायकवादी, फासीवादी बनाउँदै व्यक्तिगत साम्राज्य खडा गर्नेहरू विरुद्ध अब जनताको वैचारिक सङ्घर्षको अपरिहार्य छ ।

    नेपालको अहिलेको तात्कालिक अवस्थामा वास्तविक जनपक्षीय राजनीति, पारदर्शिता, इमानदार नेतृत्व र वर्गसङ्घर्षको माध्यमबाट वर्गीय न्यायमा निर्भर हुनैपर्छ । क्रान्ति अब नारामा मात्र होइन, व्यवहारमा देखिनुपर्छ अन्यथा फेरि इतिहासले उहीँ अवसरवादी शक्तिलाई कठोर रूपमा स्वीकार्नैपर्ने हुन्छ ।

    क्रान्ति शब्द पवित्र छ । असमानताको अन्त्य हो । त्यसैले यसलाई स्वार्थी मान्छेको हातमा बन्धक बनाउन दिनुहुँदैन । जनताको मुक्तिको नाममा जनतालाई नै धोका दिने क्रिप्टो कम्युनिस्ट प्रवृत्ति विरुद्ध जनतामा चेतना जगाउने, सङ्गठन निर्माण गर्ने र वैचारिक स्पष्टता बनाउने अब हाम्रो काँधमा छ र आज आवश्यकता पनि हो ।

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.