• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

तस्करको साम्राज्य


  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित
  • छविलाल बस्नेत ##

    Advertisement

    दूरदराजका गरिबका छोराछोरीलाई
    रङ्गीन सपना देखाइयो
    आकाश छुन सकिन्छ भनियो
    विदेशमा सुन बर्सिन्छ भनियो
    आफ्नो जन्मभूमिलाई
    अभाव, अन्धकार र असफलताको कथाजस्तो
    चित्रण गरियो

    आशाका किरण बेच्नेहरू
    वास्तवमा अँध्यारोका व्यापारी रहेछन्,
    मानवताको मुखौटा लगाएका
    नरपिशाच
    मानव तस्कर,
    मान्छेलाई माल बनाएर किनबेच गर्ने
    दिल्लीका गल्लीदेखि
    अरबका तातो बालुवासम्म
    कति सपना भत्किए
    कति जीवन रित्तिए
    कति आँखा अझै पर्खाइमै छन्
    एउटा उज्यालो भोलिको
    एउटा सुरक्षित घरको
    तर यथार्थ कस्तो छ ?
    झिनो सपना बोकेर हिँड्नेहरू
    बिच बाटोमै लुटिए
    कुटिए, बेचिए,
    आफ्नै पसिनाको मूल्यसमेत नपाई
    दासजस्तै बाँचे

    न घरका रहे,
    न परका बने
    बिच आकाशमा झुन्डिएको जीवन
    पहिचान हराएको अस्तित्व
    आमाको आँखाको नुनिलो पानी
    अझै सुक्न पाएको छैन
    बुबाको आशा
    अझै फर्किएन घरको आँगनमा
    तर दलालहरू
    अझै मुस्कुराइरहेका छन्
    नयाँ सिकारको खोजीमा

    राज्यसत्ता मौन छ
    कानुन निदाएको छ
    न्यायको तराजु
    कसैको पैसामा झुकेको छ
    कारबाही हुनुपर्नेहरू
    सत्तानजिकै बसेका छन्, पीडित
    अझै आवाज खोज्दैछन्
    सुन्ने कानको
    किन यस्तो ?
    किनकि मेरो देश
    दलालको कब्जामा परेको छ
    जहाँ सपना बेचिन्छ
    रगत साटिन्छ,
    भविष्य बन्दगी राखिन्छ

    अब समय आएको छ
    मौनता तोड्ने
    आवाज उठाउने,
    अन्यायसँग जुध्ने
    अब डराएर बस्ने होइन
    सत्य बोल्ने समय हो
    मानव बेच्ने हात
    कानुनले मात्र होइन
    जनताको आवाजले पनि बाँधिनेछ

    हामी चुप लागेर बस्ने छैनौँ
    आँखा बन्द गर्ने छैनौँ
    किनकि हरेक आँसुको हिसाब हुनेछ
    हरेक अन्यायको जवाफ हुनेछ
    एक दिन
    यी अँध्यारा गल्लीमा
    उज्यालो पस्नेछ
    मानवताको जित हुनेछ
    तस्करको साम्राज्य ढल्नेछ

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.