• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

चुनावले हामीलाई निराश बनाएको छैन


  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • सम्झना पौडेल

    Advertisement

    राष्ट्रिय जनमोर्चा मात्र त्यस्तो एउटा पार्टी हो, जो निरन्तर सडक र सदनमार्फत् जनताका पक्षमा आवाज उठाउने गरेको छ । जब जब राष्ट्र, राष्ट्रियता र जनतामाथि खतरा उत्पन्न हुन्छ, तब राष्ट्रिय जनमोर्चा जनतालाई सचेत बनाउँदै दुस्मनबैरीलाई खबरदारी गर्छ ।

    २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव पनि त्यस्तै एउटा सङ्घर्षको पाटो थियो । चुनावले साम्राज्यवाद विरुद्ध खबरदारी गर्दै आम नेपाली जनतालाई सचेत बनाउने माध्यमको रूपमा काम गरेको छ । त्यस क्रममा नेपालभरिबाट राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ४२ जिल्लाबाट ७० क्षेत्रमा उम्मेदवार उठाएको थियो । त्यसमध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको क्षेत्र नं. २ बाट म उम्मेदवार रहेकी थिएँ ।

    मेरो अनुभवमा यो चुनाव जनतासँग जाने एउटा सङ्घर्षको माध्यम रहेको थियो । यो क्षेत्रमा ४० ओटा वडा रहेका छन् । चुनावको समयमा प्रत्येक वडामा हामी प्रचार अभियायन सञ्चालन गर्न सफल भएका थियौ ।

    अहिले देशमा विषम परिस्थिति रहेका छ । जब राष्ट्र र राष्ट्रियता खतरामा पर्छ, हामी जनताको घरघरमा मात्रै होइन, सडकदेखि सदनसम्म जनतालाई सचेत बनाउँदै आएका छौँ । चाहे त्यो सङ्घीयता खारेजीको माग गर्दै होस् वा महँगी र भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्दै, कहिले प्रतिगमनको खतरा विरुद्धमा त कहिले एमसिसी विरुद्धमा हामी आन्दोलनमा छौँ । महिला बेचविखन, बलात्कार तथा हत्याको बारेमा दोषीमाथि कारबाही गर्नुपर्छ भन्दै त कहिले सहकारीपीडितका हकको पक्षमा हामी सडक र सदनमा निरन्तर आवाज बुलन्द गरिरहेका छौँ । त्यस्तै अहिले पनि साम्राज्यवादले नेपाललाई आफ्नो पक्षमा पार्न खोजेको छ ।

    २०७८ सालतिर सत्तामा रहेका ठुला दलहरूले एमसिसी पास गरे । एसपिपी पास नगरेका कारण भदौ २३ र भदौ ४ गतेको घटना घटाइएको हो । त्यसैले फागुन २४ गते चुनावको मिति घोषणा भएको थियो ।

    चुनावमा प्रचारप्रसार गर्दै हिँड्दा ‘हजुरहरूले जानेरबुझेर आफ्नो विवेक प्रयोग गरेर भोट दिनुहोला भन्दा’ जनताले हामीसित राजनीतिक बहस गरेनन् । ‘अहिले भोट फेर्ने हो, हुन्छ तपाईंलाई नै दिन्छौँ’ भन्थे तर जनतालाई सचेत गराउँदा गराउँदै पनि हाम्रो मत कम आयो । जनताले राम्रो पार्टी छान्नुको साटो झन् ठग र अमेरिकी साम्राज्यवाद तथा भ्रष्टाचारीलाई छाने । नयाँको नाममा जनता चुके । देश बचाउनेलाई नभई देश बेच्नेलाई भोट दिए ।

    अमेरिकी साम्राज्यवाद सफल हुनुमा विभिन्न कारण जिम्मेवार छन् । एउटा त ठुला राजनीतिक दलको कुशासन हो । अर्को कुरा हरेक घरका छोराछोरी विदेशमा छन् । दिनको २० पटक फोन गेर बाबाआमालाई टर्चर दिएका भेटियो । ‘भोट घन्टीमा हाल्नू, नत्र पैसा पनि पठाउन्न’—यति मात्र नभएर मिडिया प्रचार, एल्गोरिदम, सुशीला कार्कीको सरकारलगायत चुनावको मुखमा नै बिबिसले सार्वजनिक गरेको रिपोर्ट आदि सबै कुराले पनि आम नेपाली जनताको दिमागमा घर गरेको पाइन्छ ।

    यी सम्पूर्ण कुराले गर्दा साम्राज्यवादले जनतालाई यसरी आफ्नो पासोमा पार्‍यो कि उनीहरूले उम्मेदवार पनि चिनेनन्; घोषणापत्र पनि हेरेनन्; सही र गलत छुट्याउने कुरै भएन, एकछाप लगाइदिए । जनताले यसरी मत दिँदै गर्दा राष्ट्र र राष्ट्रियतामाथि गम्भीर प्रकारले खतरा आइपर्ने देखिएको छ ।

    यस्तो परिस्थितिमा राष्ट्रिय जनमोर्चा अब नयाँ शिराबाट जनतालाई सचेत बनाउन सडकमा जानुपर्ने देखिन्छ । एउटा क्रान्तिकारी पार्टी र त्यसका सिपाही हामी निरन्तर जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्दे वैरीलाई खबरदारी गर्दै निरन्तर सङ्घर्षको बाटो आगाडि बढ्नेछौँ । फागुन २१ गतेको निर्वाचन परिणामले हामीले फरक पार्दैन† हामीलाई निराश बनाएको छैन किनकि हामीले विगतदेखि हालसम्म सबै प्रकारका गलत नीति र कार्यक्रमको विरुद्ध आवाज उठाउँदै आएका छौँ ।

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.