• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

स्वाधिनताको हुङ्कार र दलालीको सूर्यास्त: एक रणनीतिक विमर्श


  •   आइतबार, चैत २२, २०८२ मा प्रकाशित
  • डिल्ली अम्माई

    Advertisement

    इतिहासको गति कहिलेकाहीँ शान्त नदी झैँ बग्छ भने कहिलेकाहीँ ज्वालामुखी झैँ विष्फोट हुन्छ। सन् २०२६ को अप्रिल महिनामा मध्यपूर्वको आकाशमा खसिरहेका अमेरिकी विमानहरू केवल धातुका टुक्राहरू होइनन्, ती आधुनिक साम्राज्यवादको ‘अपराजित’ हुने दम्भका अवशेषहरू हुन् । जब एउटा ‘A-10 वारथोग’ वा ‘F-15’ फाइटर जेट पर्सियन गल्फको छालमा विलीन हुन्छ, त्यसले एउटा नयाँ युगको सन्देश दिन्छ—जहाँ ‘शक्ति’ अब केवल डलर र विशाल सेनामा सीमित छैन। यो दृश्यले नेपाल जस्ता साना तर स्वाभिमानी राष्ट्रहरूका लागि एउटा कठोर सत्य ओकलेको छ: “यदि तिमीसँग स्वाभिमान र स्व-प्रविधि छ भने, तिमी अजेय छौ।”

    युद्धको मनोविज्ञान र ‘स्व’ को शक्ति

    विख्यात युद्ध-विद् सन जु (Sun Tzu) ले आफ्नो अमर कृति ‘द आर्ट अफ वार’ मा भनेका छन्— “उत्कृष्ट योद्धा त्यो हो, जसले शत्रुको योजनालाई युद्धको मैदानमा पुग्नुअगावै ध्वस्त पारिदिन्छ।” इरानले आज त्यही गरिरहेको छ। उसले अपनाएको ‘उच्च प्रविधियुक्त छापामार शैली’ वास्तवमा हतियारको लडाइँ मात्र होइन, यो त ‘मनोविज्ञान’ को महासंग्राम हो।

    प्रसिद्ध मनोविज्ञ सिग्मन्ड फ्रायड (Sigmund Freud) ले युद्धलाई मानिसको ‘विनाशकारी प्रवृत्ति’ सँग जोडेका थिए, तर जब कुनै राष्ट्रको अस्तित्वमाथि संकट आउँछ, त्यहाँ ‘जीवनको इच्छा’ (Eros) सामूहिक आत्मबलमा रूपान्तरण हुन्छ। इरान, भियतनाम र अफगानिस्तानका जनतामा देखिएको त्यो ‘स्व’ को अनुभूति नै सबैभन्दा शक्तिशाली परमाणु बम हो । पैसाले भाडाका सैनिक किन्न सकिन्छ, तर मर्न तयार हुने ‘शहादतको जज्बा’ किन्न सकिँदैन। साम्राज्यवादीहरूले सधैँ भौतिक साधनलाई पुजे, तर उनीहरूले बिर्सिए कि मानिसको ‘आत्मा’ लाई कुनै पनि मिसाइलले छेदन गर्न सक्दैन।

    समाजशास्त्रीय ऐना र ‘दलाल’ को नियति

    समाजशास्त्री म्याक्स वेबर (Max Weber) ले राज्यलाई ‘वैध हिंसाको एकाधिकार’ भएको संस्था मानेका थिए। तर, जब राज्यका शासकहरू “ढाडिएका जुका” जस्ता ‘दलाल’ बन्छन्, तब त्यो एकाधिकार विदेशी शक्तिको पाउमा चढाइन्छ। नेपालको सन्दर्भमा ४ हजारभन्दा बढी पश्चिमा एनजीओ/आईएनजीओको सन्जालले एउटा यस्तो ‘समानान्तर सत्ता’ चलाइरहेको छ, जसले देशभक्तिको भावनालाई विष पिलाइरहेको छ।

    समाजशास्त्री इमाइल दुर्खिम (Emile Durkheim) का अनुसार जब समाजमा ‘एनोमी’ (Anomie) वा मूल्यहीनता बढ्छ, तब राष्ट्र खोक्रो हुन्छ। नेपालमा विकासका नाममा छिरेका यी ‘बौद्धिक घुसपैठिया’ हरूले नीतिगत भ्रष्टाचार र मानसिक दासतालाई संस्थागत गरेका छन् । विदेशी डलरमा रमाउनेहरूले हो चि मिन्हको वीरता र खामेनीको दृढतालाई कहिल्यै बुझ्न सक्दैनन् । दलालीको नियति सधैँ एउटै हुन्छ— मालिकको स्वार्थ सिद्ध भएपछि ‘युज एण्ड थ्रो’ को सिकार हुनु।

    हो चि मिन्हदेखि खामेनीसम्मको युद्धलाई अबलोकन गर्नेहो भने,विश्वकै शक्तिशाली अमेरिकी सेनासँग भियतनामीहरूसँग न आधुनिक ट्याङ्क थिए, न त अर्बौँ डलर। उनीहरूसँग केवल “हो चि मिन्ह” को एउटा अदम्य साहस र आफ्नो माटोप्रतिको अगाध प्रेम थियो। डोकोमा राखेर हतियार ओसार्ने ती ‘गुरिल्ला’हरूले अमेरिकालाई घुँडा टेकाइदिए । त्यो पैसा विरुद्ध स्व-अस्तित्वको जित थियो ।

    भियतनामका जङ्गलमा हो चि मिन्हले सिकाएको पाठ र मध्यपूर्वको मरुभूमिमा खामेनीले देखाएको ‘बिरालाकोटी’ रणनीति (Cat-like precision) आधुनिक साम्राज्यवादका लागि काल साबित भएको छ। उनीहरूले देखाए कि:

    १. असिमेट्रिक वारफेयर: सस्तो ड्रोनले करोडौँको जहाज खसाल्न सक्छ। यो पाठ अब दुनियाका कमजोर राष्ट्रहरुले सिक्ने छन्। धेरै अरब देशहरूले आफ्नो सुरक्षाको जिम्मा अमेरिकालाई सुम्पे। जब कुनै राष्ट्रले आफ्नो रक्षाका लागि अर्काको सैन्य प्रविधि र “सुरक्षा छाता” (Security Umbrella) मा भर पर्छ, उसले बिस्तारै आफ्नो स्वतन्त्र निर्णय गर्ने क्षमता गुमाउँछ। निकोलस माकियावेली (Niccolò Machiavelli) ले भनेका थिए— “अर्काको हतियारले जितेको युद्धले कहिल्यै पनि वास्तविक शक्ति दिँदैन।” आज कतिपय अरब देशहरू त्यही अवस्थामा छन्, जहाँ उनीहरूसँग अर्बौँका हतियार त छन्, तर ती चलाउने ‘साँचो’ वा ‘अनुमति’ अर्कैको हातमा छ। जसको कारण उनीहरूले निर्णायक क्षमता गुमाई सकेका छन्। यो राष्ट्रिय सार्वभौमिकताको लागि खतरा हो।

    २. रणनीतिक स्वायत्तता: कसैको पिछलग्गु नबनी आफ्नै खुट्टामा उभिनु नै जीवन हो।

    ३. आत्मनिर्भरता: जबसम्म देशले आफ्नै नुन र गुन चिन्न सक्दैन, ऊ सधैँ विदेशीको प्रयोगशाला मात्र बन्छ।

    खामेनी मरेर गए पनि उनको ‘प्रतिरोधको नीति’ (Doctrine of Resistance) अमर छ। यो नीतिले सिकाउँछ कि— “युद्ध केवल मैदानमा लडिँदैन, यो त जनताको चेतना र राष्ट्रिय स्वाधिनताको जगमा लडिन्छ।”साम्राज्यवादी शक्तिहरू प्रत्यक्ष युद्ध (Symmetrical War) मा माहिर हुन्छन्, जहाँ उनीहरूका ठूला जहाज र ट्याङ्कले काम गर्छन्। तर इरानले ‘बिरालोको चाल’ जस्तै लुकेर वार गर्ने प्रविधि अपनायो। जब अमेरिकाले एउटा ठाउँमा प्रहार गर्छ, इरानका सहयोगीहरू (हिजबुल्लाह, हुथी, आदि) ले अर्कोतिरबाट अचानक हमला गर्छन्। यो ‘मल्टि-फ्रन्ट’ वारफेयरले शक्तिशाली सेनालाई थकाउने र गलाउने काम गर्छ। त्यस्तै,पहिले प्रविधि केवल धनी र साम्राज्यवादी देशको पेवा थियो। तर इरानले सस्तो ड्रोन र मिसाइल बनाएर प्रविधिलाई ‘लोकतान्त्रिक’ बनाइदियो। अब एउटा सानो देश वा समूहले पनि केही हजार डलरको ड्रोन प्रयोग गरेर अर्बौँ डलरको विमानवाहक जहाज (Aircraft Carrier) लाई जोखिममा पार्न सक्छ। यो नै साम्राज्यवादीहरूको ‘दम्भ’ तोड्ने सबैभन्दा ठूलो हतियार बनेको छ।

    अर्को तथ्य,साम्राज्यवादी सैनिकहरू प्रायः ‘तलब’ र ‘स्वार्थ’ का लागि लड्छन्, तर इरान र उसका समर्थकहरू ‘स्वाधिनता’ र ‘आस्था’ का लागि लड्छन्। जब मानिस मृत्युसँग डराउन छोड्छ र आफ्नो माटोका लागि ‘शहीद’ हुन तयार हुन्छ, तब संसारको कुनै पनि महँगो हतियारले उसलाई हराउन सक्दैन। हो चि मिन्हदेखि खामेनीसम्मको सफलताको रहस्य यही हो।

    यो युद्धले अमेरिकाको अर्थतन्त्रलाई पनि ‘धुलो’ चटाइरहेको छ। एउटा सस्तो इरानी ड्रोन खसाल्न अमेरिकाले लाखौँ डलरको मिसाइल खर्च गर्नुपर्छ। यो ‘आर्थिक रक्तस्राव’ ले गर्दा अन्ततः साम्राज्यवादी शक्तिहरू आफैँ भित्रबाट खोक्रो हुँदै जान्छन् र कागजी कौवा सावित हुन्छन्।

    नेपालको रुपान्तरण: सक्रिय र रणनीतिक स्वायत्तता

    अब नेपालले आफ्नो “पुरानो र रक्षात्मक” परराष्ट्र नीतिलाई चितामा जलाउनुपर्छ। “दुई ढुङ्गाबीचको तरुल” बनेर थिचिने दिन गए। अब हामी दुई उदीयमान विश्व शक्ति (चीन र भारत) बीचको “रणनीतिक पुल” र “स्वायत्त शक्ति” बन्नुपर्छ।

    नेपालले अब पश्चिमा एनजीओहरूको ‘दबाव र प्रभाव’ बाट मुक्त भएर उदीयमान पूर्विया शक्तिहरूसँग बराबरीको साझेदारी गर्नुपर्छ। हाम्रो पहाडका कन्दराहरू हाम्रा प्राकृतिक किल्ला हुन् र हाम्रा युवाहरूको हातमा भएको प्रविधि हाम्रो आधुनिक ‘खुकुरी’ हो। दलाल मानसिकताको अन्त्य नै हाम्रो राष्ट्रिय पुनर्जागरणको पहिलो पाइला हो।

    निष्कर्ष: नयाँ बिहानीको संकल्प

    इतिहास साक्षी छ, जसले आफ्नो स्वाभिमान विदेशीको पाउमा चढाउँछ, उसको अन्त्य निश्चित छ। तर जसले “स्व” को अनुभूति गर्छ र आफ्नो माटोका लागि ‘सक्रिय र रणनीतिक स्वायत्तता’ अपनाउँछ, उसले संसारकै ठूलो साम्राज्यलाई पनि धुलो चटाउन सक्छ। नेपालले अब ‘दलाल जुका’ हरूलाई फालेर हो चि मिन्हको साहस र खामेनीको अडानबाट सिक्दै आफ्नै गौरवशाली इतिहास लेख्नुपर्छ। कार्ल मार्क्स (Karl Marx) ले भनेझैँ ‘साधनमाथिको नियन्त्रण’ को नयाँ स्वरूप हो। त्यसैले साम्राज्यबादी लुटलाई बैलैमा नरोक्ने होभने बिश्व अझ लामो समयसम्म उनीहरुको शिकार भैरहने खतरा रहन्छ। त्यसैले स्वाधिनताको प्रश्न नै अहिलेको विश्वको प्रधान प्रश्न हो। किनकि, स्वाधिनता त्यो आकाश हो जहाँ केवल स्वतन्त्र पन्छीहरू मात्र उड्न सक्छन्, भाडाका कागहरू होइन।

    आइतबार, चैत २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.