• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल


  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
  • बैङ्कक । अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ । विशेष गरी दक्षिणपूर्व एसियामा आधारित आपराधिक सञ्जालहरूले विश्वभरका पीडितहरूबाट हरेक वर्ष अर्बौं डलर ठगी गरिरहेको पृष्ठभूमिमा यो कदमलाई महत्त्वपूर्ण मानिएको छ ।

    Advertisement

    थाइल्यान्डको विदेश मामिला मन्त्रालय र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडिसी) को संयुक्त आयोजनामा बुधबार र बिहीबार बैङ्ककमा सम्पन्न दुई दिने सम्मेलनको अन्त्यमा ‘अनलाइन घोटालाविरुद्ध ग्लोबल पार्टनरसिप’ नामक नयाँ पहल घोषणा गरिएको हो । सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, नेपाल, पेरु र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरू सहभागी थिए ।

    थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उद्घाटन सम्बोधनमा अनलाइन घोटालाले ‘गहिरो र साझा कमजोरी उजागर गरेको’ उल्लेख गर्दै भन्नुभयो, “यो यस्तो समस्या हो, जुन कुनै पनि देशले एक्लै समाधान गर्न सक्दैन ।” उहाँका अनुसार यसविरुद्ध सामूहिक प्रतिबद्धता र सीमापार सहकार्य अपरिहार्य छ ।

    सम्मेलनका क्रममा सहभागी राष्ट्रहरूले राजनीतिक प्रतिबद्धता, कानून प्रवर्तन संयन्त्र सुदृढीकरण, पीडितको संरक्षण, जनचेतना अभिवृद्धि तथा सीमापार सहयोगलाई समेट्ने साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस पहलमा निजी क्षेत्रको पनि उल्लेखनीय सहभागिता देखिएको छ । इन्टरनेट कम्पनीहरू मेटा र टिकटकले सम्मेलनलाई सहयोग गरेका थिए ।

    फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले अनलाइन घोटाला रोक्न प्रयोग भइरहेका स्क्याम नेटवर्क पहिचान प्रणाली र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोटोकलहरूको विवरण समेटिएको धम्की मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरेको थियो । यसले सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रणमा प्रविधिको बढ्दो प्रयोगलाई देखाएको छ ।

    छोटो भिडियोमा केन्द्रित विश्वका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक टिकटकले सम्मेलनको समापन वक्तव्यमा हस्ताक्षर गर्दै साझेदारीको पहिलो निजी क्षेत्रका सदस्यहरूमध्ये एक बनेको छ । टिकटकले यही साता अमेरिकामा नयाँ संयुक्त उद्यम गठन गर्न प्रमुख लगानीकर्ताहरूसँग सम्झौतामा हस्ताक्षर गरेको जानकारी पनि दिएको छ । यद्यपि, चिनियाँ स्वामित्वका कारण टिकटकले अमेरिका, युरोपेली सङ्घ (इयु) र क्यानाडाजस्ता देशहरूमा पारदर्शिता, डाटा सुरक्षा र बाल संरक्षणसम्बन्धी चुनौतीहरू भोग्दै आएको छ ।

    नक्कली लगानी योजना र झुटा प्रेम सम्बन्धको प्रयोग गरी पैसा ठग्ने स्क्याम सेन्टरहरू दक्षिणपूर्व एसियाका विभिन्न देशमा फैलिएका छन् । युएनओडिसीको अनुमानअनुसार सन् २०२३ मा मात्र अनलाइन घोटालाका पीडितहरूले १८ अर्बदेखि ३७ अर्ब अमेरिकी डलरसम्म गुमाएका थिए ।

    बैङ्कक सम्मेलनमा करिब ६० देशका ३०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए । छलफलका क्रममा सरकारी संयन्त्रसँगै निजी क्षेत्रको साझेदारी अत्यन्तै महत्त्वपूर्ण रहेकोमा जोड दिइयो । हालै टिकटकमा आबद्ध भएका ग्लोबल एन्टी–स्क्याम एलायन्सका एसिया–प्यासिफिक निर्देशक ब्रायन हान्लीले भन्नुभयो, “सबै प्रमुख सरोकारवाला एउटै टेबलमा नआएसम्म आपराधिक सञ्जालसँग प्रभावकारी रूपमा लड्न सकिँदैन ।”

    उहाँका अनुसार घोटालाहरूले अन्तर्राष्ट्रिय सीमामात्र नभई, बैंक, दूरसञ्चार कम्पनी र सामाजिक सञ्जालजस्ता विभिन्न प्लेटफर्मबीचका कमजोरी पनि दुरुपयोग गरिरहेका छन् । उहाँले आशा व्यक्त गर्दै भन्नुभयो, “आज टिकटक सहभागी भएको छ, भोलि अरू सबै पनि सामेल हुनेछन् भन्ने अपेक्षा छ, किनकि यसले उपभोक्ताको विश्वास र व्यवसाय दुवैलाई असर गरिरहेको छ ।”

    हालै म्यान्मामा घोटाला केन्द्रहरूमा गरिएको छापा, थाइल्यान्डमा पीडितहरूको उद्धार तथा कम्बोडियामा जबर्जस्ती घोटाला काममा लगाइएका एक दक्षिण कोरियाली विद्यार्थीको मृत्युजस्ता घटनाले क्षेत्रीय स्तरमा कडा कदम चाल्नुपर्ने दबाब बढाएको छ । कम्बोडिया घोटाला कम्पाउन्डको केन्द्र मानिए पनि हाल दुई देशबीचको तनावका कारण सो देश सम्मेलनमा सहभागी थिएन ।

    यसअघि पनि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) का सदस्यहरूले अनलाइन घोटालाविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाइसकेका छन् । साथै, साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा अक्टोबरमा भियतनाममा ७० भन्दा बढी देशले हस्ताक्षर गरेका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उक्त महासन्धिलाई ‘कुनै पनि देश साइबर अपराधविरुद्ध असहाय नहुने प्रतिबद्धता’ का रूपमा वर्णन गर्नुभएको छ ।

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.