काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपाली पुरुषसित विवाह गरेर आएकी महिला लगातार सात वर्ष नेपालमा बसोबास गरेपछि मात्रै नागरिकता दिन माग गरेको छ ।
संसदमा विचारधिन नागरिकता विधेयकमाथि लामो समयपछि पुनः छलफल भएको सन्दर्भमा मसालले अंगीकृत नागरिकता वितरण गर्दा संवेदनशील हुन आग्रह गरेको हो ।
बिहीबार नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जारी गर्नुभएको वक्तव्यमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको प्रस्तावलाई समर्थन गर्दै ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने स्पष्ट पार्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनताको पक्षलाई नागरिकताको प्रश्नले गम्भीर प्रभाव पार्ने भएकोले हाम्रो पार्टीले विगतदेखि नै नागरिकता सम्बन्धी सही र कडा नीति अपनाउनुपर्ने आवश्यकतामाथि जोड दिंदै आएको छ । यस सन्दर्भमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको नेपाली पुरुषसित विवाह गर्ने विदेशी महिलालाई निरन्तर ७ वर्ष नेपालमा बसोवास गरेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने भन्ने प्रस्तावलाई हामीले समर्थन गर्दछौँ । उक्त प्रस्तावमा सहमति गर्नका लागि हामीले संसदका सबै राजनीतिक संगठन र पक्षहरुलाई पनि अनुरोध गर्दछौँ ।’
कांग्रेसको आत्मघाती अडानः एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता