जगतप्रसाद रेग्मी
ए मानव तँ कति निस्ठुरी
दया भन्ने त रत्ती नि छैन
कति रुपमा प्रकट हुन्छस्
ए मानव
तेरो निएतीमा किन
खोटैखोट छ ?
कहिले तेरो रुप
बिभेदकारी जातीयतामा
कहिले तेरो रुप रंग भेदमा
त कहिले गलत संस्कार
अनि कहिले बदलाको भावमा
कति निर्दयी तेरो रुप
त्यो सती प्रथा होस् या दास
तेरो क्रूरता रुप बदल्दै आउँछ
चाहे त्यो निर्मला पन्त मामि होस्
दैलेखको सेते दमाई
कालिकोटको गोबिन्द
जाजरकोटका नवराज विक माथी किन नहोस्
किन बर्बरता मच्चाई रहेको छस् ?
मानव भएर बाच्न नपाउनु
एउटै माटो एउटै रगत
कस्तो विभेद जातीयताको नाममा
त्यो रङ्ग नमिलेकै कारण त होला है
जर्ज फ्लोयोडले मानवता भएर
बाच्न पाएनन्
अब फेरि नेसनल मन्डेला
जन्मिनु पर्ने भयो
या त वर्ग संघर्षको तुफान
तेरो मानवताको उचो सिरमा
कति क्रुरता छ है
मानव तेरो साम्राज्य
मानव भएर बाच्न
मुस्किल छ यहाँ
बिभेदै मात्र हो र अपराध पनि उत्तिकै
रौतहटको सम्झना दास
नवलपुरकी बसन्ती परियार
वा सिमा र संगिता किन नहुन्
त्यो बर्बरताको सिकार भै नै छाडे ।
अछामका रोसनी तिरुवा हुन्
दैलेखाका लालसरा विक हुन् वा
तुलसी शाही गुमाए छाउपडीको नाममा
महिनावारी हुनु के दोष थियोे ए मानव ?
त्यो त प्रकृतिको नियम हो त्यसलाई पनि बाँधिस
के दोस थियो र छाउपडीमा मर्नु पर्यो ?
ए मानव तँ कति निस्ठुरी
विज्ञानलाई चुनौती दिँदै
कुरीति कुसंस्कार
बद्लाभ र बिकृत
तेरो कस्तो मानवता
अब उठौं जुटौं अनि अघि बढौं
शोषणमा परेका
दासत्वमा पिल्सिएका
गरिबी रोग भोकमा
अन्यायलाई भाग्य मान्नेहरु
भाग्य होइन यो अन्यायपुर्ण
ब्यबस्था हो अनि त्यो गलत संस्कृती हो
सबैलाई तोडनु छ यहाँ मुक्तिको लागि
वर्ग हुन्जेल विभेद हुन्छ
स्वरुप अबस्था घटना
फरक फरक हुँदा होला अनुभुति
कानुनी जित जस्तो लाग्ला
तर होइन त्यो त शोषणको रुप बदलिएको
हो मानव भएर बाच्नु छ अब
शोषन का जन्जिर तोडनु छ अब
बर्गबिहिन समाजको निर्माण गर्नु छ अब
सुनौलो सपनाको आशामा
बाचेकालाई बिहानी संगै
सुन्दर सान्त अनि खुशी
सबैलाई बाच्न पाउने
अधिकार पाउने छौं मानव
त्यसैले उठ जुट
यो कालो रात्री पछिको विहानी ल्याउन
यो कालो रात्री पछिको विहानी ल्याउन।