• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साम्राज्यवादी युद्ध विरुद्ध नौ वामको अन्तरक्रिया


  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित
  • धनवीर पुन मगर/गोविन्दकुमार शर्मा, काठमाडौं ।

    Advertisement

    इरान र प्यालेस्टाइनमाथि इजरायल र अमेरिकाको आक्रमण विरुद्ध नौ वामपन्थी पार्टी तथा व्यक्तित्वहरूले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

    ‘इरान र प्यालेस्टाइनमाथिको अमेरिकी र इजरायली आक्रमण बन्द गर’ नाराका साथ २०८२ असार ११ गते बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको आयोजना नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एकीकृत समाजवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), नेकपा, वाम बुद्धिजीवी निनु चापागाईं र राजनीतिक संवाद थालनीले गरेका थिए ।

    इरानमाथि इजरायल र अमेरिकी साम्राज्यवादको आक्रमणका विरुद्ध मन्तव्य

    कार्यक्रममा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत मन्तव्य केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले वाचन गर्नुभएको थियो ।

    इजरायल अमेरिकाको एसिया छिर्ने आधारक्षेत्र बनेको छ : केसी

    त्यस्तै, राजमो अध्यक्ष चित्रबहादुर केसीले पनि लिखित मन्तव्य राख्नुभएको थियो ।

    अमेरिकी साम्राज्यवादले इरानको सार्वभौमिकतामाथि हमला गरेको छ : सापकोटा

    कार्यक्रममा मन्तव्य राख्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अमेरिकाले गरेको इरानमाथिको आक्रमण केवल आक्रमण नभएर सार्वभौमिकतामाथिको हमला भएको बताउनुभयो ।

    अमेरिकी मन्त्री जोसेफको भनाइलाई उद्धृत गर्दै सापकोटाले साम्राज्यवादी युद्धको प्रभाव पश्चिमदेखि पूर्वतर्फ सर्दै गएको बताउनुभयो ।

    ‘अन्तर्राष्ट्रिय नियम, पद्धति, कानुन तथा वडापत्रको आचारसंहितालाई उल्लङ्घन गरेर इरानमाथि हमाला गरेको छ’ उहाँले भन्नुभयो– ‘अमेरिकाले दादागिरी गरिरहेको छ । उसले जति बेला पनि आक्रमण गरिरहेको छ ।’

    विश्वका जनता मुक्ति चाहने भएकाले कम्युनिस्टले पहल गर्नुपर्ने सापकोटाको भनाइ थियो ।

    ‘नेपालमा कम्युनिस्ट पार्टीको एकता सम्भव छ’ सापकोटाको भनाइ थियो– ‘यो देशको अस्तित्व बृहत वामपन्थी एकताबाट मात्र सम्भव छ ।’

    ठुला मिडिया अन्याय र अत्याचारको बारेमा बोलेनन् : भुसाल

    नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ठुला मिडियाले अन्याय, अत्याचार छुट्याउनेभन्दा पनि कुन देशको आणविक हतियारको महिमामण्डन गरेर उनीहरूलाई खुसी पार्न सकिन्छ भन्नेमा नै केन्द्रित भएको बताउनुभयो ।

    ‘कति धेरै मानिस अनाहकमै मरे । उनीहरूमाथि भएको अन्याय, अत्याचारको बारेमा बोलेनन्’ भुसालको भनाइ थियो ।

    ‘आफ्नो सन्तानको माया गर्दछौँ र देशलाई माया गर्दछौँ एवम् देशभक्त हौँ भने अमेरिकी साम्राज्यवादी युद्धको विरोध गर्नुपर्दछ’ भुसालले भने– ‘प्यालेस्टाइनमा निहत्था ५८ हजार मानिसलाई अमेरिकाले बमले उडाएको छ ।’

    अहिले अमेरिकाले युद्धविरामको कुरा गरिरहेकोमा त्यसलाई नाटकीय भएको भुसालको थप भनाइ थियो ।

    अमेरिकी साम्राज्यवादको विरोध अमेरिकामै भइरहेको छ : गजुरेल

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले अमेरिकी साम्राज्यवादको विरोध अमेरिकामै भइरहेको बताउनुभयो ।

    ‘अमेरिकी साम्राज्यवादले कुनै पनि देशमाथि आक्रमण गर्नु उसले आफ्नो अधिकार मान्दछ’ गजुरेलले अगाडि भन्नुभयो– ‘साम्राज्यवाद कागजी बाघ हो तर कहिले कहीँ साँच्चिकै बाघ पनि हो । ऊ जति बेलासम्म रहन्छ, त्यति बेलासम्म युद्ध रहिरहन्छ ।’

    साम्राज्यवाद युद्ध मात्र नभएर शोषणको पनि केन्द्र हो : पुन

    नेपाल कम्युनिस्ट पार्टीका चिरन पुन सीले साम्राज्यवाद युद्ध मात्र नभएर शोषण, अर्थतन्त्र र हथियारको पनि केन्द्र भएको बताए ।

    ‘अमेरिकी साम्राज्यवादको गतिविधिले गर्दा यति बेला विश्व नै तरङ्गित भएको छ’ चिरनले भने– ‘प्रथम र दोस्रो विश्वयुद्धमा पनि अमेरिकाले विभिन्न देशलाई हतियार बेच्ने र लडाइँका लागि उक्साउने गर्दथ्यो । अहिले पनि त्यही गरिरहेको छ ।’

    नेपालमा बृहत् वाम एकताको आवश्यकता भएको र त्यसबाट मात्रै नेपालमा अमेरिकी साम्राज्यवादका विरुद्ध जुट्न सकिने उहाँको थप भनाइ थियो ।

    अमेरिकी साम्राज्यवादले कैयौँ देशमाथि हमला गर्दै आएको छ : बास्तोला

    नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले अमेरिकी साम्राज्यवादले गत सय वर्षमा कैयौँ देशमाथि हमला गर्दै आएको बताउनुभयो ।

    अमेरिकाले विभिन्न बहानामा हमला गरेर मानवीय क्षतिको साथसाथै विभिन्न देशलाई विखण्डन र सरकारको समेत च्यूत गर्ने गरेको उनको भनाइ थियो ।

    ‘संसारभरि आतङ्कवादी गतिविधि अमेरिकी साम्राज्यवादले नै चलाइरहेको छ’ बास्तोलाले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादले भ्रष्ट र अवसरवादी चरित्र देखाउँदै आएको छ ।’

    साम्राज्यवादको विरोध गरिरहँदा देशबाट पनि साम्राज्यवादी दलाललाई हटाउनुपर्ने उहाँको थप भनाइ थियो ।

    संयुक्त राष्ट्र सङ्घ मूकदर्शक बनिरहेको छ : राजेश्वरी

    वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी राजेश्वरीले इरानमाथि अमेरिकी साम्राज्यवादले अनाहकमै आणविक हमला गर्दै गर्दा संयुक्त राष्ट्र सङ्घ मूकदर्शक भएर हेरिरहेको बताए ।

    ‘इजरायलमा अहिले पनि कैयौँ नेपाली फसेका छन् तर उनीहरूलाई स्वदेश ल्याउने सवालमा नेपाल सरकार असमर्थ रहेको छ’ उहाँले भन्नुभयो ।

    फरक सन्दर्भमा राजेश्वरीले भारतमा माओवादी नेता मारिँदा त्यसका विरुद्धमा नेपालका कम्युनिस्ट पार्टीहरू एक हुन सकेनन् ।’

    साम्राज्यवादद्वारा मानवीय सभ्यता नै खतरामा रहेको राजेश्वरीको थप भनाइ थियो ।

    धेरै टाढा भएको घटना भनेर बस्ने अवस्था छैन : सङ्गीतश्रोता

    राजनीतिक संवाद थालनीका सङ्गीत स्रोताले इरानमाथि अमेरिकी साम्राज्यवादको आक्रमण धेरै टाढा हो भने टुलुटुलु हेरेर बस्ने अवस्था नभएको बताउनुभयो ।

    साम्राज्यवाद विरुद्धको आन्दोलन केवल सभा, गोष्ठी, अन्तर्क्रियामा मात्र सीमित नरहेर सडकसम्म पुऱ्याउनुपर्नेमा सङ्गीतले जोड दिए ।

    कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोख्रेल, सञ्चालन नेकपा (एकीकृत समाजवादी) का बलराम बासकोटाले तथा स्वागत मन्तव्य नेकपाका चिरञ्जीवी सीले गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमले साङ्गीतिक कोसेली प्रस्तुत गरेका थिए ।

    बुधबार, असार ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.