• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

जन्मदर्ता, मृत्युदर्ता र दाहसंस्कारबापत् पाँच/पाँच हजार सहयोग गरिँदै


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • इलामबजार । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ ।
    घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएबापत सो सहयोग उपलब्ध गराउँदै आएको हो ।

    Advertisement

    सुत्केरी शिशु पोषण कार्यक्रम

    देउमाईले नगरपालिकाको तर्फबाट “सुत्केरी शिशु पोषण कार्यक्रम” अन्तर्गत नगरभित्र स्थायी रूपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए रु पाँच हजार पोषण भत्ता उपलब्ध गराउँदै आएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका दुई सय २७ सुत्केरीले देउमाई नगरपालिकाबाट रु ११ लाख ३५ हजार हजार पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरू सबैले समयमै जन्मदर्ता गराएका कारण पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिनुभयो ।

    देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्र स्थायी रूपमा बसोबास गरेका तीन सय १२ सुत्केरीलाई रु १५ लाख ६० हजार पोषण भत्ता उपलब्ध गराएको थियो । देउमाई नगरभित्र स्थायी रूपमा बसोबासी गरी कुनै पनि स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

    गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न “सुत्केरी शिशु पोषण कार्यक्रम” लागु गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताउनुभयो । सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकारात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागु गरिएको उहाँको भनाइ छ ।

    दाहसंस्कारबापत् पाँच हजार

    त्यसैगरी, देउमाई नगरपालिकाले कुनै पनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा देउमाईका दुई सय चार जना मृतकका परिवारले रु १० लाख २० हजार दाहसंस्कार खर्च प्राप्त गरेका थिए ।

    घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेस गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताउनुभयो । देउमाइले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका एक सय ९० मृतकका परिवारलाई रु नौ लाख ५० हजार दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।

    ज्येष्ठ नागरिकलाई पोशाक भत्ता

    त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा देउमाईका एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले नगरको तर्फबाट रु ३५ लाख चार हजार पोसाक भत्ता पाएका छन् । देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराइएको हो । उनीहरूलाई नगरपालिकाले वार्षिक रूपमा एकमुष्ठ रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिनुभयो ।

    देउमाईले आव २०७९/८० मा एक हजार पाँच सय ७६ ज्येष्ठ नागरिकलाई रु ३१ लाख ५२ हजार पोसाक भत्ता उपलब्ध गराएको थियो ।

    दीर्घरोगीलाई पनि पाँच हजार

    त्यसैगरी नगरपालिकाले आव २०८१/८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ । देउमाईले दीर्घ रोगीलाई औषधि खर्चवापत रु पाँच हजारका दरले रु एक लाख २५ हजार उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिनुभयो । देउमाईले नगरभित्र स्थायीरूपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिक रूपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।

    देउमाइले आव २०७९/८० मा दीर्घ रोगी ४० जनालाई रु दुई लाख उपचार खर्च उपलब्ध गराएको थियो । (रासस)

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.