• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

लकडाउनमा नेपाली जनताको अनुशासन र संयमता


  •   शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    शीर्ष दश देशको मात्र प्रसङ्ग उठाउने हो भने अहिलेसम्म अमेरिका, इटली, स्पेन, बेलायत, फ्रान्स, बेल्जियम, जर्मनी, इरान, ब्राजिल र नेदरल्यान्ड्समा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रूप लिएको छ । यी ती देश हुन्, जहाँको चिकित्सा व्यवस्था सबैभन्दा आधुनिक, वैज्ञानिक र गुणस्तरीय मानिन्छ । त्यसका बाबजुद तिनै देशमा अहिले सङ्क्रमणको महामारीले भयावह रूप लिएको छ । यी देशको तुलनामा नेपालमा भने कोरोना सङ्क्रमणले महामारीको रूप लिइसकेको छैन । जबकि नेपालको चिकित्सा अवस्था अत्यन्तै पिछडिएको छ । फेरि पनि नेपालमा कोरोना महामारीले भयावह रूप लिन सकेन ?

    कोरोना सङ्क्रमणको मानव समाजप्रतिको असर विश्वयुद्धको जस्तै छ । विश्वयुद्धको जस्तै विकसित देशमा कोरोना फैलिएको छ । त्यसको असरले विश्व अर्थतन्त्र धरासायी भइरहेको छ । यो महामारीले विश्व अर्थतन्त्र अझै केही वर्षसम्म ऋणात्मक हुने निश्चित नै छ । यी केही तथ्यले मात्र पनि बताउँछन्, कोरोना महामारीको सामना सामान्य प्रकारले होइन, युद्धको बेलामा जस्तोगरी गर्नुपर्ने बाध्यता छ ।

    यस दृष्टिकोणबाट विचार गर्दा नेपाल सरकारले कोरोना सङ्क्रमणको विरुद्ध जेजति काम गरिरहेको छ, त्यो पर्याप्त वा सन्तोषजनक छ कि छैन ? लकडाउनको अवधि कायमै रहेका बेला सरकारले के कस्ता कदम उठाउनुपर्दछ ? यतिखेर यी विषयमाथि परिचर्चा गर्नु अन्यथा मानिने छैन ।

    लकडाउन आवश्यक थियो । कोरोना सङ्क्रमण फैलिन नदिने प्रभावशाली उपाय लकडाउन हो भन्ने तथ्य विश्वभरिको अनुभवबाट पुष्टि भइसकेको छ । तर त्यसका साथै लकडाउन कोरोना सङ्क्रमणको अन्तिम उपाय होइन भन्ने तथ्य पनि त्यत्तिकै प्रष्ट छ । लकडाउन अन्तरिम उपाय हो । यस धारणाका साथ लकडाउनको सन्दर्भमा सरकारले गर्नुपर्ने यी दुई काम अत्यधिक महŒवका हुन सक्छन् । ती हुन्– क. लकडाउनअन्तर्गत गरिनुपर्ने चिकित्सा सुदृढीकरणसित सम्बन्धित काम, ख. लकडाउनको समयमा सरकारले निर्वाह गर्नुपर्ने नागरिक कर्तव्य ।

    प्रथम प्रकारको कामअन्तर्गत चिकित्सा सुदृढीकरणका काम पर्दछन् । त्यस क्रममा सफल उपचारतर्फ अत्यधिक ध्यान दिइनुपर्दछ । स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा उपकरण र औषधिको पर्याप्त उपलब्धता तथा स्वास्थ्यकर्मीको सेवासुविधा सम्बोधन यस क्षेत्रमा गरिनुपर्ने काम हुन् अर्थात् उपचारको यस्तो अवस्थाको ग्यारेन्टी गर्नु, जसले गर्दा बिरामीमध्ये कसैको ज्यान नजाओस् । लकडाउनभित्रै सरकारले चिकित्सा क्षेत्रलाई यसरी सुदृढीकरण गर्नुपर्दछ ।

    हामीकहाँ कोरोनाबाट अहिलेसम्म कसैको पनि ज्यान गएको छैन । त्यसका पछाडिको एउटा कारण बिरामीको सङ्ख्या न्यून हुनु पनि हो । अहिलेसम्म बिरामीको सङ्ख्या सय पुगिसकेको छैन । यदि अन्य देशमा जस्तो लाखौँ त परै जाओस्, बिरामीको सङ्ख्या हजारौँमा हुने हो भने पनि देशको स्वास्थ्यक्षेत्र उपचार दिन सक्ने अवस्थामा छैन । हामीसित परीक्षण गर्ने उपकरण, स्वास्थ्यकर्मी, औषधि र भौतिक संरचनाको अत्यन्तै अभाव छ ।

    कोरोना सङ्क्रमित बिरामीमा जुन फोक्सो, मुटु र मृगौलामा तीव्र सङ्क्रमण हुने गरेको छ, त्यसमाथि ध्यान दिएर ती अङ्गको तीव्र गतिमा परीक्षण आवश्यक पर्दछ । तर हामी उपकरण र औषधिमा परनिर्भर छौँ । चिकित्साकर्मी पर्याप्त सङ्ख्यामा छैनन् । लकडाउनको डेढ महिना पुगिसक्न लाग्दा पनि सरकारले यी आवश्यकताको परिपूर्ति गर्न सकिरहेको छैन । यो साँच्चै देश र जनताका लागि दुःखको कुरा हो ।

    लकडाउनसँगसँगै हाम्रो सम्पूर्ण चिकित्सा क्षेत्र धर्मराएको छ । गम्भीर रोगका बिरामीले उपचार पाउन सकेका छैनन् ।ओपिडी बन्द हुँदा बहिरङ्ग उपचार सेवा प्रभावित भएको छ । दीर्घ र जटिल रोगीको नियमित परीक्षण प्रभावित भएको छ । यतिसम्म कि कोरोना सङ्क्रमणसित मिल्दोजुल्दो लक्षण देखिँदा बुटवलमा त एक जना युवकको ज्यान नै गइसकेको छ । यसले मात्र पनि बताउँछ, सम्भावित ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमितको उपचारभन्दा अगावै हामीले सामान्य रूपले अन्य रोगको समेत उपचार गर्न सकिरहेका छैनौँ ।

    लकडाउनअन्तर्गतको कर्तव्य निर्वाह वा त्यसद्वारा सृजित समस्याको सम्बोधन दोस्रो प्रकारको काम हो । लकडाउनका कारण हजारौँ नेपाली जनता देशभित्र र बाहिर अलपत्र छन् । देशभित्र पेशा–व्यवसाय वा मजदुरी गरिरहेको स्थानबाट घर जान नपाएर वा रोजगारीको अवसर गुमेर अलपत्र परेको एउटा ठुलो तप्का एकातिर छ भने अर्कातिर, देशबाहिरका नेपाली नागरिकको बिचल्ली अर्को समस्या बनेको छ ।

    नेपाल–भारत सिमानामा हजारौँ नेपाली अलपत्र छन् । विश्वव्यापी लकडाउनका कारण प्रभावित तेस्रो मुलुकका नेपालीको तथ्याङ्क स्वयम् सरकारसित छैन । हालसम्म सयौँ नेपाली सङ्क्रमित छन् भने दर्जनौँ नेपालीको मृत्यु भइसकेको छ । नेपाल फर्कन नसकेका ती अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउने वा उनीहरूको गास, बास र उपचारको व्यवस्था गम्भीर बनेको छ ।

    विदेशबाट आउने वा देशभित्रै एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्ने नेपाली जनतालाई क्वारेन्टाइनमा राखिने गरिएको छ । तर क्वारेन्टाइन सुरक्षित छैनन् । शारीरिक दुरी कायम राख्नुपर्ने भए पनि केही वर्गमिटरको क्वारेन्टाइनभित्र सयौँ मानिस बस्नुपर्ने, सुत्नुपर्ने, एउटै चर्पी प्रयोग गर्नुपर्ने बाध्यता छ । ती असुरक्षित क्वारेन्टाइनमा प्राथमिक चिकित्सा र सरसफाइको व्यवस्था छैन । फलस्वरूप लामखुट्टेको प्रकोपले अन्य सङ्क्रामक रोग देखिन थालेका छन् । यदि ती क्वारेन्टाइनमा तत्कालै शारीरिक दुरी, सरसफाइ र चिकित्साको उचित व्यवस्था नगर्ने हो भने डेङ्गु, मलेरिया, हैजालगायत अन्य रोग फैलिँने सम्भावना त्यत्तिकै प्रबल छ ।

    आइसोलेसनको व्यवस्था त भयावह नै छ । कोरोना सङ्क्रमितलाई आइसियूमा राख्नुपर्नेमा सरकारी अस्पतालमा पर्याप्त सङ्ख्यामा आइसियू छैनन् । निजी अस्पतालमा त कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था नै छैन । स्वास्थ्यकर्मीले अनिवार्य प्रयोग गर्नुपर्ने पिपिई, मास्क, ग्लोब्स, स्यानिटाइजरजस्ता सामग्री पर्याप्त मात्रामा छैनन् । दुःखको कुरा, यी स्वास्थ्य सामग्रीको खरिदमा भ्रष्टाचारको गन्ध आएपछि त्यसको आयात प्रभावित भएको छ । स्थिति यस्तो बनेको छ, दुईतिहाइ बहुमतको सरकारले जी.टू.जी. प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने भने पनि त्यसको जिम्मा नेपाली सेनालाई दिइएको छ । त्यसले गर्दा कतै नागरिक स्वतन्त्रता प्रभावित हुने हो कि भन्ने आशङ्का व्यक्त गर्न थालिएको छ ।

    यसरी एकातिर, चिकित्साक्षेत्रको सुदृढीकरणका लागि तदारुकताका साथ काम सम्पन्न गर्नुपर्नेमा त्यो कछुवा गतिमा चलिरहेको छ भने अर्कातिर, लकडाउनले आम जनताको जनजीवन कष्टकर बन्न पुगेको छ । धन्य हो, नेपाली जनता संयमित, अनुशासित छन्, सतर्क छन् । २०७२ सालको शक्तिशाली भूकम्प र भारतीय नाकाबन्दी कालमा जस्तै नेपाली जनताको धैर्यता अझै कायम छ ।

    यदि अन्य देशमा झैँ जनता लकडाउन तोड्ने स्थिति भएको भए वा हजारौँ कोरोना सङ्क्रमित हुने हो भने स्पष्टै छ, नेपालमा भयावह स्थिति पैदा हुन सक्दथ्यो । उदाहरणका लागि स्वयम् नेपाली जनताले आफ्नो परिवारको सदस्यलाई जबर्जस्ती क्वारेन्टाइनमा पठाउने गरेकाले पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिन नसकेको मान्दा अन्यथा हुने छैन । त्यस्तै, सुरक्षाकर्मीले बिना सुरक्षा सामग्री नै लकडाउनको परिपालनमा खटेकाले पनि परिस्थिति त्यति बिग्रन पाएको छैन । त्यसका विपरीत कुनै कारणले सङ्क्रमण तिव्रताका साथ बढ्यो भने हामीलाई “पशुपतिनाथ” ले पनि बचाउन सक्ने छैनन् ।

    यता, वामपन्थी नेतृत्वको ‘शक्तिशाली’ सरकार भने लकडाउनको अवधिमा पनि सत्ता राजनीति गरिरहेको छ । यही अवधिमा तत्कालीन एउटा मधेशवादी दलको ४० प्रतिशत सांसदको समर्थन प्राप्त गर्न अध्यादेश नै जारी गरियो । उक्त अध्यादेश फिर्ता भएपछि सत्तारूढ नेकपा सरकार परिवर्तनको बेमौसमी बहसमा व्यस्त छ । देश कोरोना भाइरसको महामारीसित जुधिरहेका बेला सत्तालोलुपता रिहर्सल भइरहेको छ । प्रष्टै छ, जब सरकार नै “कामकुरो एकातिर, कुम्लो बोकी थिमीतिर” गरिरहेको छ भने स्वास्थ्यक्षेत्रको सुदृढीकरण कसरी हुन सकोस् ?

    हुन त सरकारको यस्तो सत्तालोलुप चरित्र नयाँ विषय पटक्कै होइन । प्रतिगमनको उत्कर्षकालमा नारायणहिटीमा निवेदन हाल्नेहरूकै पार्टी त हो नेकपा । मेडिकल माफियाको आधिकारिक प्रतिनिधि सत्तारूढ नेकपा हो भन्ने प्रष्टै छ । अहिले ती मेडिकल कलेजबाट कोरोना सङ्क्रमितको उपचारको आशा त गर्नै सकिन्न, अब फेरि ओम्नीजस्ता माफियाका नयाँ अवतार प्रकट हुन थालेका छन् ।

    क्रान्तिकारी वाम विकल्प नभएकाले नै देशमा नेकपा, काङ्ग्रेस, राप्रपा, मधेशवादीजस्ता बारम्बार जनविरोधी भूमिकामा देखा पर्ने राजनीतिक दलको हालीमुहाली छ । यही कारणले गर्दा राजनीतिक स्थीरता हेतु दुईतिहाइ बहुमतयुक्त जनमत दिएर पनि जनता यतिखेर “रामभरोसे” हुन पुगेका छन् । लकडाउनअघिदेखि नै नेपाली जनता महङ्गी, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, करवृद्धिजस्ता विकृतिद्वारा पीडित थिए† राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आक्रमण भइरहेको थियो । लकडाउनपछि कोरोना सङ्क्रमणको त्रास त छँदै छ, त्यसमाथि कालोबजारी, बेरोजगारीजस्ता बेथितिले घाउमा नुनचुक छर्किएको छ ।

    यता, सरकार भने सत्तालोलुप चरित्रमा चुर्लुम्म डुबेको छ । यस्तो अवस्थामा सरकारलाई दुईतिहाइ बहुमत दियौँ भनेर नेपाली जनता ढुक्क हुने स्थिति छैन । उनीहरूले एकातिर, लकडाउनको स्वयम्स्फूर्त पालना, स्वास्थ्य सतर्कता र सरसफाइप्रति उच्च प्राथमिकता दिँदै कोरोना सङ्क्रमणबाट बच्ने प्रयास गर्नुपर्दछ । कारण– कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको अवस्थामा प्रभावशाली उपचारको व्यवस्था गर्न सरकार असक्षम सावित भएको छ । अर्कातिर, कालोबजारी, बेथिति, बेरोजगारीको विरुद्ध आफ्नैस्तरबाट विरोधको आवाज घन्काउन पछि पर्नु हुँदैन ।

    कारण– दुईतिहाइ बहुमत पाएको सत्तारूढ नेकपा यतिखेर प्रधानमन्त्री÷मन्त्रीको लुँछाचुँडीमा व्यस्त छ । “कसलाई केको रन्को, ……लाई खानाको रन्को” भने झैँ यस्तो बेलामा आम जनताका समस्या बहालवाला सरकार र सत्तारूढ पार्टीको प्राथमिकतामा पर्ने छैनन् । जनता आफैले अनुशासन र संयमता कायम राख्दै लकडाउनद्वारा उत्पन्न परिस्थितिको सामना गर्नुपर्ने भएको छ ।
    २०७७ वैशाख २० गते

    शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.