• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कोरोनाः रोकथाम मै जोड गरौँ


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • हिमलाल पुरी

    Advertisement

    चीनको वुहान शहरमा पुष महिनामा उत्पत्ति भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर फैलिएको छ । विश्वभर आज अप्रिल २२ (वैशाख १० गते)सम्म २५,५८,९५१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । १,७७,७०४ जनाको मृत्यु भएको छ । ६,९५,८६६ जना निको भएका छन् । अझै ५७,२९१ जना गम्भीर स्थितिमा छन् । कोरोना भाइसरबाट अमेरिका सबैभन्दा पीडित भएको छ ।

    त्यहाँ आजसम्म ८,१९,१७५ जना सङ्क्रमित भएका छन् भने ४५,३४३ जनाको मृत्यु भएको छ । १४,०१६ जना अरू गम्भीर स्थितिमा छन् । अमेरिकापछि स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायतमा बढी फैलिएको छ र यी देशहरूमा मृत्युको सङ्ख्या पनि बढी छ । चीनमा भने यतिबेला स्थिति नियन्त्रणमा छ । नेपालमा बढी प्रभाव भारतको पर्छ । अहिलेसम्म भारतमा २०,१७८ जना सङ्क्रमित भएको छन् भने ६४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा ४२ जना सङ्क्रमित भएका छन् भने पाँच जनालाई निको भएको छ । अहिलेसम्म कोरोनाको कारणबाट मृत्यु भएको भने छैन ।

    उपर्युक्त तथ्याङ्क वास्तविकताभन्दा कम हुन सक्दछ । किनकि अन्य रोगका कारणले अस्पताल भर्ना भएका, तर कोरोनाबाट पनि सङ्क्रमित भएकाहरूलाई मृत्युको कारण पुरानो रोगलाई बताइएको छ । कैयन् कोरोनाको कारणले मृत्यु भए पनि कारोना डाइग्नोसिस नभएका कारणले अर्थात् परीक्षण नभएका कारणले त्यो सङ्ख्या जोडिएको छैन ।

    चीनले मृत्यु हुनेको सङ्ख्या लुकाएको भनी अमेरिकाले आरोप लगाएको छ । जे होस्, कोरोना सङ्क्रमण विश्व महामारीको रूपमा फैलिएको छ । यसले विश्वलाई आक्रान्त पारेको छ । यो फैलिरहेको छ, धमाधम मानिसको मृत्यु भइरहेको छ । औषधि वा भ्याक्सिन पत्ता लागेको छैन । यो कति समयसम्म फैलिरहन्छ ? यसको चपेटामा कति पर्ने हुन् ? अहिले अनुमान गर्न सकिँदैन ।

    कोरोनाबाट सबैभन्दा बढी उत्पीडित अमेरिका भएको छ । अमेरिकाले कोरोनाबाट आफ्नो देश यतिविघ्न मारमा पर्ने छ भन्ने अनुमान गर्नै सकेन । अहिले पनि अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो देशका जनताको मृत्युभन्दा अमेरिकी अर्थतन्त्र वा आफ्नो अतिमहाशक्तिको स्थितिमा पर्ने प्रभावलाई ध्यानमा राखेर लकडाउन वा कोरोना रोकथामको पक्षलाई उपेक्षा गरिरहेका छन् ।

    उनले राज्यले लगाएको लकडाउनप्रति असन्तोष प्रकट गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई अमेरिकाले दिने आर्थिक सहयोग (कोटा) कटाइदिएका छन् । उनको यो निर्णयले विश्व स्वास्थ्य सङ्गठनको काममा बाधा पर्ने छ । त्यसको प्रतिकूल असर कोरोना रोकथामको लागि पर्ने छ ।

    अमेरिकी राष्ट्रपतिले कोभिड–१९ चीनको जैविक हतियार हो भनी आशङ्का गरिरहेका छन् भने चीनले अमेरिकी सैनिक चीन आउँदा त्यो भाइरस छाडेको हुन सक्ने आशङ्का गरेको छ । कोभिड–१९ जैविक हतियारको रूपमा उत्पादन गरेको हो वा प्राकृतिक रूपमै उत्पन्न भएको हो भन्नेबारे अनुसन्धान गर्नु राम्रो कुरा हो ।

    त्यो अनुसन्धान गर्नुपर्ने गम्भीर आवश्यकता छ । अहिले विश्वमा विशेषगरी ठुला साम्राज्यवादी देशहरूले युद्ध र हतियारको उत्पत्तिमा जोड दिइरहेका छन् । त्यस क्रममा परमाणु बम, विष, जैविक हतियार, शक्तिशाली क्षेप्यास्त्र आदि उत्पादनमा प्रतिस्पर्धा गरिरहेका छन् । यो विश्व मानव समुदायका लागि गम्भीर खतराको कुरा हो । तर अहिले विश्वको ध्यान त्यसतर्फ भन्दा कोभिड–१९ फैलन नदिन, त्यसबाट सङ्क्रमितलाई बचाउन र त्यसको असरले समस्यामा परेका व्यक्ति र समुदायलाई सहयोग गर्नु मुख्य कुरा हो ।

    कोभिड–१९ चीनमा उत्पत्ति भएर युरोप र अमेरिकाका विकसित देश हुँदै विश्वमा फैलिएको छ । त्यहाँको शिक्षा र स्वास्थ्यको विकसित स्थितिका बाबजुद कोरोनाले महामारीको रूप लिएको छ । त्यहाँ लाखौँका सङ्ख्यामा सङ्क्रमित छन् र दैनिक हजारौँको सङ्ख्यामा मृत्यु भएको छ । यदि त्यही प्रकारले गरिब तथा विकासोन्मुख देशमा सङ्क्रमित हुने हो भने त्यसले भयावह स्थितिको सृजना हुने छ । त्यो स्थितिको सामना गर्न सक्ने छैनन् । यो महामारीपछि पनि ती देशमा आर्थिक वा जनजीवन सामान्य हुन धेरै नै कठिन हुने छ ।

    कोरोनाको प्रकृति र त्यो विकसित देशबाट हुँदै फैलिँदा गरिब तथा विकासोन्मुख देशलाई दुई वटा सुविधा प्राप्त भएका छन् । पहिलो, कोरोनाबाट लक्षण र रोकथाम (सुरक्षा) का उपायको जानकारी प्राप्त भयो । दोस्रो, ती देशका जनताको प्रकृतिसँग नजिकको सम्बन्ध छ । किसानहरू अझै माटो, पानी, हावासँग नजिक छन् । त्यहाँको आकाश विकसित देशको तुलनामा कम प्रदुषित छ । विकसित देशको झैँ आधुनिक सुविधासम्पन्न छैनन् । प्रकृतिसँग नजिकको सम्बन्ध र जीवनशैलीका कारण रोग प्रतिरोधात्मक क्षमता बढी छ । यी देशले उपर्युक्त सुविधाको फाइदा लिनुपर्छ, तिनको उपयोग गर्नुपर्छ ।

    कोरोना महामारीको रोकथामका दुई वटा उपाय देखिएका छन् : पहिलो– कोरोना भाइरस सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने रहेछ । त्यसकारण सामाजिक दुरी कायम गर्ने । सङ्क्रिमत व्यक्तिका लागि आइसोलेसन, सङ्क्रमणको आशङ्का भएका व्यक्तिका लागि क्वारेन्टाइन र आम जनताका लागि लकडाउनलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने । दोस्रो– सङ्क्रमित भइसकेका व्यक्तिको तत्काल मृत्यु हुन नदिन कोरोनाको छिटो असर गर्ने अङ्ग फोक्सो, स्वासनली र मुटुलाई बचाउने । अन्य व्यक्तिको हकमा सङ्क्रमणबाट बच्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना, व्यायाम र मानसिक तनाबको व्यवस्थापन गर्ने ।

    भारत र नेपालका बिच भूगोल र अन्य कुरामा नजिकको सम्बन्ध छ । दुवै देशमा अझै कोरोना व्यापक फैलिएको छैन । यी दुवै देशले अझै लकडाउन, प्रतिरोधात्मक क्षमता बढाउने र सुरक्षाका उपाय अपनाउन ध्यान दिनुपर्छ । लकडाउन कार्यान्वयन गर्ने कुरा त्यति सजिलो विषय छैन । भारतको मुम्बइमा लाखौँ मजदुरले लकडाउन उल्लङ्घन गर्दै जुलुसको रूपमा निस्किए । गरिब तथा मजदुर रोगब्याधीको रोग र भोकको रोगसँग समदुरीमा हुन्छन् ।

    त्यसकारण एउटा रोगका लागि लकडाउन गर्दा अर्को रोग, भोक र बासको व्यवस्था गर्नुपर्छ । नेपालमा दैनिक ज्यालादारी गरेर खाने मजदुर र भारतबाट नेपाल, घर आउन सीमामा रहेका नेपालीको तत्काल ठुलो समस्या देखिएको छ । यी ठुला समस्या होइनन् । दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई खाना तथा उपयुक्त ठाउँमा जान चाहने त्यही वर्गका वा बिचमा अड्किएका व्यक्तिलाई त्यसको व्यवस्था गर्नुपर्छ । सीमामा रोकिएका नेपालीलाई क्वारेन्टाइनमा राखेर घर पठाउने व्यवस्था गर्नुपर्छ ।

    यसो गर्न कुनै गाह्रो कुरा छैन । श्रोत र सुरक्षा सरकारसँग छ, बरु यसलाई समयमा समाधान नगर्दा झन् समस्या भएको छ । केही समयअघि पश्चिममा महाकाली नदीमा खतरा मोलेर पौडी खेलेर पनि मानिस भित्र पसे । उनीहरू सोझै गाउँमा प्रवेश गरे । त्यहाँ कोरोना सङ्क्रमणको जोखिम बढेर गयो । केही दिन अघि २ नं. प्रदेशका सीमाबाट लुकिछिपी भित्र पसेर उदयपुर पुगे । उदयपुरका १२ जना सङ्क्रमित त्यसरी लुकिछिपी पसेका हुन् ।

    त्यहाँ अहिले सङ्क्रमितको सख्या बढेर १ नं. प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । यी देखिएका घटना हुन्, थाहा नपाएका कैयन् घटना हुन सक्दछन् । यसरी भारतीय सीमामा कमजोर सुरक्षा व्यवस्था र सीमामा रहेका नेपालीको व्यवस्था नगर्नाले झन बढी खतरा बढेको छ । यसको चाँडो समाधान गर्नुपर्छ ।

    तेस्रो देशबाट आउन हवाइमार्ग बन्द छ । भारतमा रहेका नेपालीको व्यवस्थापन भारत सरकारले गर्ने हो । भारतले गरेन । भारतलाई त्यो व्यवस्था गर्न लगाउन हाम्रो सरकारले सकेन, त्यसको व्यवस्था नेपाल सरकारले गर्नुपर्छ । उदयपुरमा पुगेका भारतीय सीमा सिल भएकै अवस्थामा नेपाल पसेका हुन् ।

    यस प्रकारको घटना दैनिक भएको छ कि ? यदि त्यसो भयो भने देशभित्र जनजीवन कष्टप्रद बनाउनु मात्र हुन सक्छ । भारतमा सङ्क्रमण बढ्यो भने पनि भारतीय नेपाल पस्न सक्छन् । त्यसकारण, सीमा सिल गर्ने कार्य कडाइपूर्वक लागु गर्नुपर्छ । देशभित्रका साना समस्यालाई जड बनेर होइन, सृजनात्मक भएर समाधान गर्नुपर्छ । औषधि, उपकरण, डाक्टर, नर्स तथा स्वास्थ्यक्षेत्रका कर्मचारी, सुरक्षाकर्मीको पनि यथोचित सुविधा र सुरक्षामा ध्यान पु-याउनुपर्छ, तब कोरोना रोकथामलाई प्रभावकारी बनाउन सकिन्छ ।

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.