• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोनाः रोकथाम मै जोड गरौँ


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • हिमलाल पुरी

    Advertisement

    चीनको वुहान शहरमा पुष महिनामा उत्पत्ति भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर फैलिएको छ । विश्वभर आज अप्रिल २२ (वैशाख १० गते)सम्म २५,५८,९५१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । १,७७,७०४ जनाको मृत्यु भएको छ । ६,९५,८६६ जना निको भएका छन् । अझै ५७,२९१ जना गम्भीर स्थितिमा छन् । कोरोना भाइसरबाट अमेरिका सबैभन्दा पीडित भएको छ ।

    त्यहाँ आजसम्म ८,१९,१७५ जना सङ्क्रमित भएका छन् भने ४५,३४३ जनाको मृत्यु भएको छ । १४,०१६ जना अरू गम्भीर स्थितिमा छन् । अमेरिकापछि स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायतमा बढी फैलिएको छ र यी देशहरूमा मृत्युको सङ्ख्या पनि बढी छ । चीनमा भने यतिबेला स्थिति नियन्त्रणमा छ । नेपालमा बढी प्रभाव भारतको पर्छ । अहिलेसम्म भारतमा २०,१७८ जना सङ्क्रमित भएको छन् भने ६४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा ४२ जना सङ्क्रमित भएका छन् भने पाँच जनालाई निको भएको छ । अहिलेसम्म कोरोनाको कारणबाट मृत्यु भएको भने छैन ।

    उपर्युक्त तथ्याङ्क वास्तविकताभन्दा कम हुन सक्दछ । किनकि अन्य रोगका कारणले अस्पताल भर्ना भएका, तर कोरोनाबाट पनि सङ्क्रमित भएकाहरूलाई मृत्युको कारण पुरानो रोगलाई बताइएको छ । कैयन् कोरोनाको कारणले मृत्यु भए पनि कारोना डाइग्नोसिस नभएका कारणले अर्थात् परीक्षण नभएका कारणले त्यो सङ्ख्या जोडिएको छैन ।

    चीनले मृत्यु हुनेको सङ्ख्या लुकाएको भनी अमेरिकाले आरोप लगाएको छ । जे होस्, कोरोना सङ्क्रमण विश्व महामारीको रूपमा फैलिएको छ । यसले विश्वलाई आक्रान्त पारेको छ । यो फैलिरहेको छ, धमाधम मानिसको मृत्यु भइरहेको छ । औषधि वा भ्याक्सिन पत्ता लागेको छैन । यो कति समयसम्म फैलिरहन्छ ? यसको चपेटामा कति पर्ने हुन् ? अहिले अनुमान गर्न सकिँदैन ।

    कोरोनाबाट सबैभन्दा बढी उत्पीडित अमेरिका भएको छ । अमेरिकाले कोरोनाबाट आफ्नो देश यतिविघ्न मारमा पर्ने छ भन्ने अनुमान गर्नै सकेन । अहिले पनि अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो देशका जनताको मृत्युभन्दा अमेरिकी अर्थतन्त्र वा आफ्नो अतिमहाशक्तिको स्थितिमा पर्ने प्रभावलाई ध्यानमा राखेर लकडाउन वा कोरोना रोकथामको पक्षलाई उपेक्षा गरिरहेका छन् ।

    उनले राज्यले लगाएको लकडाउनप्रति असन्तोष प्रकट गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई अमेरिकाले दिने आर्थिक सहयोग (कोटा) कटाइदिएका छन् । उनको यो निर्णयले विश्व स्वास्थ्य सङ्गठनको काममा बाधा पर्ने छ । त्यसको प्रतिकूल असर कोरोना रोकथामको लागि पर्ने छ ।

    अमेरिकी राष्ट्रपतिले कोभिड–१९ चीनको जैविक हतियार हो भनी आशङ्का गरिरहेका छन् भने चीनले अमेरिकी सैनिक चीन आउँदा त्यो भाइरस छाडेको हुन सक्ने आशङ्का गरेको छ । कोभिड–१९ जैविक हतियारको रूपमा उत्पादन गरेको हो वा प्राकृतिक रूपमै उत्पन्न भएको हो भन्नेबारे अनुसन्धान गर्नु राम्रो कुरा हो ।

    त्यो अनुसन्धान गर्नुपर्ने गम्भीर आवश्यकता छ । अहिले विश्वमा विशेषगरी ठुला साम्राज्यवादी देशहरूले युद्ध र हतियारको उत्पत्तिमा जोड दिइरहेका छन् । त्यस क्रममा परमाणु बम, विष, जैविक हतियार, शक्तिशाली क्षेप्यास्त्र आदि उत्पादनमा प्रतिस्पर्धा गरिरहेका छन् । यो विश्व मानव समुदायका लागि गम्भीर खतराको कुरा हो । तर अहिले विश्वको ध्यान त्यसतर्फ भन्दा कोभिड–१९ फैलन नदिन, त्यसबाट सङ्क्रमितलाई बचाउन र त्यसको असरले समस्यामा परेका व्यक्ति र समुदायलाई सहयोग गर्नु मुख्य कुरा हो ।

    कोभिड–१९ चीनमा उत्पत्ति भएर युरोप र अमेरिकाका विकसित देश हुँदै विश्वमा फैलिएको छ । त्यहाँको शिक्षा र स्वास्थ्यको विकसित स्थितिका बाबजुद कोरोनाले महामारीको रूप लिएको छ । त्यहाँ लाखौँका सङ्ख्यामा सङ्क्रमित छन् र दैनिक हजारौँको सङ्ख्यामा मृत्यु भएको छ । यदि त्यही प्रकारले गरिब तथा विकासोन्मुख देशमा सङ्क्रमित हुने हो भने त्यसले भयावह स्थितिको सृजना हुने छ । त्यो स्थितिको सामना गर्न सक्ने छैनन् । यो महामारीपछि पनि ती देशमा आर्थिक वा जनजीवन सामान्य हुन धेरै नै कठिन हुने छ ।

    कोरोनाको प्रकृति र त्यो विकसित देशबाट हुँदै फैलिँदा गरिब तथा विकासोन्मुख देशलाई दुई वटा सुविधा प्राप्त भएका छन् । पहिलो, कोरोनाबाट लक्षण र रोकथाम (सुरक्षा) का उपायको जानकारी प्राप्त भयो । दोस्रो, ती देशका जनताको प्रकृतिसँग नजिकको सम्बन्ध छ । किसानहरू अझै माटो, पानी, हावासँग नजिक छन् । त्यहाँको आकाश विकसित देशको तुलनामा कम प्रदुषित छ । विकसित देशको झैँ आधुनिक सुविधासम्पन्न छैनन् । प्रकृतिसँग नजिकको सम्बन्ध र जीवनशैलीका कारण रोग प्रतिरोधात्मक क्षमता बढी छ । यी देशले उपर्युक्त सुविधाको फाइदा लिनुपर्छ, तिनको उपयोग गर्नुपर्छ ।

    कोरोना महामारीको रोकथामका दुई वटा उपाय देखिएका छन् : पहिलो– कोरोना भाइरस सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने रहेछ । त्यसकारण सामाजिक दुरी कायम गर्ने । सङ्क्रिमत व्यक्तिका लागि आइसोलेसन, सङ्क्रमणको आशङ्का भएका व्यक्तिका लागि क्वारेन्टाइन र आम जनताका लागि लकडाउनलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने । दोस्रो– सङ्क्रमित भइसकेका व्यक्तिको तत्काल मृत्यु हुन नदिन कोरोनाको छिटो असर गर्ने अङ्ग फोक्सो, स्वासनली र मुटुलाई बचाउने । अन्य व्यक्तिको हकमा सङ्क्रमणबाट बच्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना, व्यायाम र मानसिक तनाबको व्यवस्थापन गर्ने ।

    भारत र नेपालका बिच भूगोल र अन्य कुरामा नजिकको सम्बन्ध छ । दुवै देशमा अझै कोरोना व्यापक फैलिएको छैन । यी दुवै देशले अझै लकडाउन, प्रतिरोधात्मक क्षमता बढाउने र सुरक्षाका उपाय अपनाउन ध्यान दिनुपर्छ । लकडाउन कार्यान्वयन गर्ने कुरा त्यति सजिलो विषय छैन । भारतको मुम्बइमा लाखौँ मजदुरले लकडाउन उल्लङ्घन गर्दै जुलुसको रूपमा निस्किए । गरिब तथा मजदुर रोगब्याधीको रोग र भोकको रोगसँग समदुरीमा हुन्छन् ।

    त्यसकारण एउटा रोगका लागि लकडाउन गर्दा अर्को रोग, भोक र बासको व्यवस्था गर्नुपर्छ । नेपालमा दैनिक ज्यालादारी गरेर खाने मजदुर र भारतबाट नेपाल, घर आउन सीमामा रहेका नेपालीको तत्काल ठुलो समस्या देखिएको छ । यी ठुला समस्या होइनन् । दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई खाना तथा उपयुक्त ठाउँमा जान चाहने त्यही वर्गका वा बिचमा अड्किएका व्यक्तिलाई त्यसको व्यवस्था गर्नुपर्छ । सीमामा रोकिएका नेपालीलाई क्वारेन्टाइनमा राखेर घर पठाउने व्यवस्था गर्नुपर्छ ।

    यसो गर्न कुनै गाह्रो कुरा छैन । श्रोत र सुरक्षा सरकारसँग छ, बरु यसलाई समयमा समाधान नगर्दा झन् समस्या भएको छ । केही समयअघि पश्चिममा महाकाली नदीमा खतरा मोलेर पौडी खेलेर पनि मानिस भित्र पसे । उनीहरू सोझै गाउँमा प्रवेश गरे । त्यहाँ कोरोना सङ्क्रमणको जोखिम बढेर गयो । केही दिन अघि २ नं. प्रदेशका सीमाबाट लुकिछिपी भित्र पसेर उदयपुर पुगे । उदयपुरका १२ जना सङ्क्रमित त्यसरी लुकिछिपी पसेका हुन् ।

    त्यहाँ अहिले सङ्क्रमितको सख्या बढेर १ नं. प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । यी देखिएका घटना हुन्, थाहा नपाएका कैयन् घटना हुन सक्दछन् । यसरी भारतीय सीमामा कमजोर सुरक्षा व्यवस्था र सीमामा रहेका नेपालीको व्यवस्था नगर्नाले झन बढी खतरा बढेको छ । यसको चाँडो समाधान गर्नुपर्छ ।

    तेस्रो देशबाट आउन हवाइमार्ग बन्द छ । भारतमा रहेका नेपालीको व्यवस्थापन भारत सरकारले गर्ने हो । भारतले गरेन । भारतलाई त्यो व्यवस्था गर्न लगाउन हाम्रो सरकारले सकेन, त्यसको व्यवस्था नेपाल सरकारले गर्नुपर्छ । उदयपुरमा पुगेका भारतीय सीमा सिल भएकै अवस्थामा नेपाल पसेका हुन् ।

    यस प्रकारको घटना दैनिक भएको छ कि ? यदि त्यसो भयो भने देशभित्र जनजीवन कष्टप्रद बनाउनु मात्र हुन सक्छ । भारतमा सङ्क्रमण बढ्यो भने पनि भारतीय नेपाल पस्न सक्छन् । त्यसकारण, सीमा सिल गर्ने कार्य कडाइपूर्वक लागु गर्नुपर्छ । देशभित्रका साना समस्यालाई जड बनेर होइन, सृजनात्मक भएर समाधान गर्नुपर्छ । औषधि, उपकरण, डाक्टर, नर्स तथा स्वास्थ्यक्षेत्रका कर्मचारी, सुरक्षाकर्मीको पनि यथोचित सुविधा र सुरक्षामा ध्यान पु-याउनुपर्छ, तब कोरोना रोकथामलाई प्रभावकारी बनाउन सकिन्छ ।

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.