• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

पोखरामा अर्को ठूलो सहकारी घोटाला, प्राइम सहकारीका ८ जना सञ्चालक पक्राउ

"डेढ अर्ब हिनामिनाको आशंका "

  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
  • पोखरा । पोखरा महानगरपालिका ४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । निक्षेपकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष पोखरा महानगरपालिका ४ गैह्रापाटनका ६६ वर्षीय निदेश प्रसाद कोइराला, अध्यक्ष पोखरा महानगरपालिका १४ चाउथेका ४३ वर्षीय शंकर कार्की, सहकारी व्यवस्थापक पोखरा ११ रानीपौवाकी ३६ वर्षीया निरु थापा केसी र कर्मचारी प्रमुख पोखरा २७ अर्चलेका ३७ वर्षीय सुरेन्द्र मणी पौडेल रहेका छन्।

    यस्तै, कानुनी सल्लाहकार पोखरा १३ आर्वा स्थायी ठेगाना भई हाल १२ ढिकालेथरका ५३ का ईन्द्र प्रसाद बराल, कोषाध्यक्ष पोखरा ३० शिशुवाका ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत शिशुवा कै ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा ८ नयाँबजारका ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वशन्तकुमार शर्माका अनुसार सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीको आधारमा कुल बिगो १ अर्ब ५४ करोड १५ लाख ८ हजार १४२ रुपैयाँ ८५ पैसा अपचलन तथा हिनामिना गरेको आरोप छ ।

    सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले २०८१ जेठ १ गते प्रहरीलाई पत्र पठाएको छ। पत्र प्राप्त भएलगतै उनीहरुलाई प्रहरीले कास्कीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

    पीडितलाई सम्पर्कमा आउन आग्रह
    यसैबीच प्रहरीले सो सहकारीका पीडितलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

    बचतकर्ताको उजुरीपछि सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्की गुहारेको थियो ।

    सहकारी रजिष्ट्रारको कार्यालयले सो सहकारीका संचालक समितिका पदाधिकारीले बचतकर्ताको रकम ठगी गरेको पुष्टि भइसकेको भन्दै प्रहरीलाई अनुसन्धानमा सघाउन मंगलबार नै पत्राचार गरेको हो ।

    सहकारी रजिष्ट्रारको कार्यालयको पत्रपछि कास्की प्रहरीले बचतकर्तालाई प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पीडितहरुलाई यही जेठ २० गतेभित्र उजुरी दिन भनेको छ ।

    मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.