• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोभिड-१९ संक्रमणको विश्वव्यापी सन्त्रास


  •   शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
  • चेतनाथ आचार्य

    Advertisement

    सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आजसम्म संसारका दुई सय नौ देशमा फैलिइसकेको छ । अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मन, बेल्जियमलगायत युरोपका देशमा यसको फैलिने गति अत्यन्तै तीव्र र आक्रामक छ ।

    आजको दिनसम्म विश्वमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या करिब १५ लाख २० हजार पुगिसकेको छ भने मृत्यु हुनेको संख्या करिब ८९ हजार पुगिसकेको छ । हालसम्म अमेरिकामा ४ लाखभन्दा माथि, स्पेन, इटली, जर्मनी, फ्रान्समा एक लाखभन्दा माथि र चीन र बेलायतमा एक लाखभन्दा कम संक्रमित भइसकेका छन । त्यसै गरेर कोरोनाबाट मृत्यु हुनेहरूको संख्या एक लाख पुग्न थालेको छ ।

    अहिलेसम्म कोरोना भाइरसको औषधिसमेत पत्ता लागिनसकेको र तीव्रतर गतिमा फैलिएको हुँदा विश्वमा मानवीय क्षति अकल्पनीय हुने अनुमान गर्नु अन्यथा हुनेछैन । कथित मानव स्वतन्त्रताको नाममा लकडाउनको उल्लंघन गर्ने देशको अवस्था झनै दयनीय बनेको छ ।

    यो आलेख तयार गर्दा सबैभन्दा बढी संक्रमित हुनेको संख्या अमेरिका र मृत्यु हुनेमा इटली पर्दछन् । यसको उद्गम स्थल चीन भएता पनि अहिले कोरोना भाइरसको इपिसेन्टर युरोप हुन पुगेको छ । संक्रमणको यही अवस्था अरू केही दिन रह्यो भने विश्व खण्डहर त हुँदैछैन ? सवाल टडकारो छ ।

    विश्व इतिहासको अध्ययन गर्दा संसारमा करोडौँ मानिसको ज्यान जाने गरी महामारी फैलिएका छन् । विश्व जनसमुदायले आजसम्म कोरोना महामारीबाहेक बिसवटा महामारी भोगिसकेका छन् । अनुसन्धानकर्ताका अनुसार पहिलो महामारीलाई प्रिहिस्टोरिक पेन्डेमिक नाम दिइएको थियो भने त्यसपछिका महामारीलाई प्लेग अफ एथेन्स, एन्टोनिन प्लेग, साइप्रइन प्लेग, जस्टिनियन प्लेग, कालो मृत्यु, अमेरिकन प्लेग, कोकोलिज्लिक महामारी, ग्रेट प्लेग अफ लन्डन, ग्रेट प्लेग अफ मार्सेल, रसियन प्लेग, फिलाडिल्फिया एल्लो फिभर, फ्लू पेन्डेमिक, अमेरिकन प्लेग, स्पेनिस फ्लू, एसियन फ्लू, एचआइभि एड्स, अफ्रिकन इबोला र जिका नाम दिइएको थियो । अहिलेसम्म फैलिएका सबै महामारीको संक्रमणको मुख्य स्रोत जनावर नै हुन्, जसमध्ये बाँदर, सुँगुर, कुखुरा, चिम्पान्जी, मच्छर आदि पर्दछन् ।

    बिसौँ महामारीसम्म आइपुग्दा विश्वमा मानवीय क्षति प्रिहिस्टारिक पेण्डेमिकको यथार्थ डेटा आजसम्म जानाकारीमा आउन नसकेको बताइएको छ भने प्लेग अफ एथेन्सबाट एक लाख, एन्टोनिन प्लेगबाट ५० लाख, साइप्रइन प्लेगबाट पाँच हजार, जस्टिनियन प्लेगबाट तीनदेखि पाँच करोड (तत्कालीन जनसंख्यामा दश प्रतिशत कम), ब्ल्याक डेथबाट २० करोड (करिब आधा युरोपियन), अमेरिकन प्लेगबाट एक करोड असी लाख, कोकालिज्जिक महामारीबाट एक करोड ५० लाख, ग्रेट प्लेग अफ लन्डन, ग्रेट प्लेग अफ मार्सेल र फिलाडेल्फिया एल्लो फिभरबाट एक/एक लाख, रसियन प्लेगबाट पाँच हजार, फ्लू पेण्डेमिकबाट पाँच लाख, अमेरिका प्लेगबाट छ हजार, स्पेनिस फ्लूबाट पाँच करोड, एसियन फ्लूबाट एचआइभी एड्सबाट तीन करोड ५० लाख, स्वाइन फ्लूबाट एक लाख ५२ हजारदेखि पाँच लाख ५५ हजारसम्म, इबोलाबाट ११ हजार तीन सय २५ र अन्तिम जिकाबाट पचासी हजार विश्व मानव समुदायको ज्यान गएको थियो । कोभिड–१९ को संक्रमण विश्वमा अहिलेसम्म फैलिएका महामारीभन्दा भयावह हुने सङ्केत देखिएको छ ।

    सबैभन्दा पहिलो महामारी ईसापूर्व तीन हजार वर्षपहिले चीनबाट फैलिएको मानिन्छ । मानवीय क्षतिको यथार्थ तथ्यांक हालसम्म प्राप्त हुन सकेको छैन । सबैभन्दा पहिलो संक्रमण भएको कारण यसलाई पहिलो ऐतिहासिक पेन्डेमिक नामकरण गरिएको हुनुपर्छ । दोस्रो महामारी ईसापूर्व ४३० ताका एथेन्स शहरमा फैलिएको थियो, जसलाई एथेन्सको हैजा नामले पनि चिनिन्छ । तेस्रो महामारी युरोपको रोम शहरमा केन्द्रित थियो, जो ईसापूर्व १६५ देखि १८० सम्म चलेको थियो ।

    २५० देखि २७१ सम्म युरोप र एसियामा फैलिएको चौथो महामारीले मानवीय क्षति न्यूनतम गरेको देखिन्छ । सबैभन्दा बढी विध्वंशकारी महामारीमा कालो मृत्यु, स्पेनिस फ्लू, हैजा, एचआइभी एड्स आदि हुन् । कालो डेथको प्रकोपको जम्मा अवधि १३४७ देखि १३५३ सम्म रहेको थियो भने बढी प्रकोप १३४८ देखि १३५० सम्म थियो ।

    त्यस्तै, स्पेनिस फ्लू १९१८ देखि १९२० मा संक्रमण भएको देखिन्छ । १८५२ देखि १८६० सम्म ताण्डव मच्चाउने अर्को महामारी हैजा हो । हैजाका कारण १० लाख मानिसले ज्यान गुमाएका थिए । इतिहासकै महामारीको सबभन्दा बढी भयावह रूप तेह्राँै शताब्दीमा प्लेगका कारण देखिएको थियो । त्यो महामारीमा सरदर सातामा बिस करोड मानिसको मृत्यु भएको थियो । अठारौ शताब्दीमा जब प्लेगको भ्याक्सिन पत्तालाग्यो, तब मात्र विश्वमा प्लेग नियन्त्रणमा आयो ।

    विश्वमा खालि सरुवा रोगका कारणले मात्र ज्यान जाने गरेको छैन, सरुवा रोग बाहेक विभिन्न प्राकृतिक विपत्तिबाट पनि करोडौँ मानवीय क्षति भएको छ । ती प्राकृतिक विपत्तिमध्य बाढीपहिरो, सुनामी, आगलागी, सडक दुघटना, भूकम्र्प, अनिकाल आदि हुन् । भूकम्पका कारण १९०८ मा इटली र १९१० मा हैटीमा एक लाख २३ हजार र तीन लाख १६ हजार मानिसको मृत्यु भएको थियो ।

    त्यसैगरी २००५ मा भारत र पाकिस्तानमा ८७ हजार भूकम्पको कारण मृत्यु भएको थियो । कैयौँ पटक सुनामीका कारण पनि कैयौँ मानिसको ज्यान गएका छन् । म्यानमारमा २००८ मा एक लाख ३५ हजार, १७६९ देखि १९७३ सम्ममा भोकमरीका कारण भारतमा १० लाख मानिसको मृत्यु भएको थियो । १९०१ मा अमेरिकामा नौ हजार र २०१० मा रुसमा ५६ हजार मानिस लुका कारण मरेका थिए ।

    विश्व इतिहासमा जतिसुकै पटक जस्तोसुकै महाविपत्ति आए पनि मानिस त्यसका विरुद्ध जुधेर अगाडि बढेका छन् । मानिस जन्मनु र मर्नु स्वाभाविक प्रकृया हुन् । तर महामारी वा महाविपत्ति मानव सृजित वा प्रकृतिले सृजना गरेका समस्या भएकाले तिनीहरू अकल्पनीय र भयावह हुन्छन् । तर पनि ती समस्यामाथि विजय प्राप्त गर्नु अनिवार्य हुन्छ, मात्र ढिलो वा चाडोको सवाल हो ।

    विश्वमा विगतमा फैलिएका महामारी वा महाविपत्तिका बारेमा सङ्क्षिप्त चर्चा गरिसके पछि पुनः लागौँ कोभिड–१९ को कुरातर्फ । कोभिड–१९ महामारीको संक्रमण गर्ने तरिका र यसको गति अत्यन्तै आक्रामक र तीव्र छ । सुरुका दिनमा यति छोटो समयमा विश्वलाई आफ्नो कब्जामा पार्ला भन्ने कमै मानिसले सोचेका थिए । कतिपय पश्चिमा देशले त यो चीनको मात्र समस्या हो भनी सोचेका थिए ।

    नौलो खालको निमोनियाको लक्षणसहित सुरु भएको संक्रमण सार्स भाइरसको नयाँ रूप हो भनी छुट्याउन नै केही समय लाग्यो । जब यो कोभिड–१९ हो भन्ने यकिन भयो, त्यति बेलासम्म धैरै ढिला भइसकेको थियो । सुरुमा त विश्व स्वास्थ्य संगठनले पनि वास्ता गरेन । चीनको सीमा नाघेर इटलीमा संक्रमण फैलिँदासमेत युरोपियन युनियनका देश मस्त निद्रामा सुतिरहे ।

    कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सुरुवाती अवस्थाबाटै कदम चालेका चीन, कोरिया आदि देशलाई अमेरिका तथा ट्रम्प प्रशासनले व्यक्तिगत स्वतन्त्रताको हनन् भन्दै गिल्ला ग-यो, जसले व्यक्तिगत स्वतन्त्रताको हवाला दिँदै कोभिड–१९ को संक्रमण रोक्न ध्यान दिएनन् , आज तिनै देश कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी पीडित छन । ती देशमा दैनिक रूपमा फेला पर्ने सबैभन्दा धेरै कोरोना संक्रमितको डेटाले बताइरहेको छ कि कोभिड–१९ डढेलोको गतिमा फैलिएको छ ।

    कथित विकसित राष्ट्रले अझै चीनलगायत कतिपय देशले संक्रमण रोक्न अवलम्बन गरेको तरिकाबाट शिक्षा लिएनन् भने कति ठुलो मानवीय क्षति बेहोर्नुपर्ने हो ? अनुमान लगाउन सकिँदैन । विश्व महामारी सबैको साझा शत्रु हो भन्ने भावनाका साथ अगाडि बढनु नै विश्व जनसमुदाय र त्यस देशका सरकारको दायित्व हो भन्ने कर्तव्यबोध गरेर मात्र कोभिड–१९ विरुद्धको लडाइले विजय पाउने छ ।

    मानव सभ्यतालाई नै चुनौती दिने गरी फैलिएको कोराना संक्रमण विरुद्ध सारा विश्व लड्नुको विकल्प छैन । चीनलगायत कतिपय देशमा कोरोना संक्रमण नियन्त्रणमा आइसकेकाले हालको मानव विपत्तिबाट छुटकारा पाउन सकिन्छ भन्ने आशाको किरण पलाएका छन् । संसारमा फैलिएका विगतका महामारी वा महाविपत्तिलाई हेर्दा पनि समय बित्दै जाँदा ती नियन्त्रणमा आई जनजीवन सामान्य बनेका कैयौँ उदाहरण छन् । त्यसकारण अहिलेको यो समस्याबाट पनि केही समयपछि पार पाइने छ नै ।

    चीनको चारदिवार नाघेर सारा विश्वलाई आक्रान्त पारिरहेको बेलामा नेपालमा यसको संक्रमणको जोखिम उच्च रहेका कुरामा कसैको पनि दुई मत हुन सक्दैन । संसारका विकसित र साधनश्रोतसम्पन्न देशसमेत हायलकायल भएको अवस्थामा नेपालमा कोरोना संक्रमणले तीव्रता पायो भने कस्तो स्थिति होला सोच्न पनि सकिन्न । खुशीको कुरा यो छ कि हालसम्म नेपालमा कोरोना संक्रमण नियन्न्त्रणबाहिर गएको छैन ।

    आशा गरौँ, भोलिको दिनमा पनि यही स्थिति रहिरहोस् । भारतमा पनि कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । नेपालका खुल्ला सिमानका कारण तथा नाका सिल गरिसकेपछि पनि लाखाँैको संख्यामा मानिसको आवतजावतको क्रम रोकिएको छैन । लकडाउनकै अवस्थामा नेपाल भित्रिएका मानिसलाई सावधानीपूर्वक निगरानी गरी क्वारेन्टाइनमा राख्न नसक्नुको परिणाम देशले ठुलो मूल्य चुकाउनुपर्ने अस्वथा सृजना भएको छ ।

    सरकारको गैरजिम्मेवार कार्यशैलीका कारण उत्पन्न हुन सक्ने भयावह स्थितिको सामना गर्न विश्व स्वास्थ्य संगठनले दिएको निर्देशन सबैले जिम्मेवारीपूर्वक पालना गरौँ । समाजिक दुरी कायम गरौँ । आफू पनि बचाऔँ, अरूलाई पनि बचाऔँ ।

    मुलुक गत २०७६ चैत्र ११ गतेदेखि लकडाउनमा छ । लकडाउनको अवस्थामा जनताले सरकारलाई पूर्ण सर्मथन दिएका छन् । यति हुँदाहुँदै पनि सरकारले कोरोना नियन्त्रणका लागि अन्य प्रभावकारी कदम चाल्न सकेको छैन । कोरोना भाइरसले खालि स्वास्थ्यमा मात्र असर गर्ने नभई जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्या पनि निम्तिन्छन् ।

    यो बेला काला व्यापारी संकटबाट नाजायज फाइदा लिन सल्बलाएका घटना पनि सार्वजनिक भएका छन् । ती क्रियाकलाप रोक्न हस्तक्षेपकारी कार्य गर्नुपर्नेमा स्वयम् मन्त्रीको संलग्नता रहेको समाचार आउनु लज्जास्पद विषय हो । कालाबजारी, कृतिम अभाव र भ्रष्टाचारजस्ता मानवताविरोधी क्रियाकलाप वर्तमान राज्यव्यवस्थाको प्राण हो । पुँजीवादीहरू वर्तमान राज्यव्यवस्था टिकाउन संकटको अवस्थाबाट फाइदा उठाउन प्रयत्न गर्छन् ।

    राज्यले स्वास्थ्य सेवालाई पर्याप्त साधनश्रोत र मजबुत बनाउन ध्यान नदिँदा बेहोर्नुपरेको कठिनाइँबाट सरकारलाई सबक सिकाएको हुनुपर्छ । स्वास्थ्य सेवालाई निजीकरण गर्दाको परिणाम कस्तो हुन्छ भन्ने पनि महाविपत्तिको बेला उनीहरूले खेलेको भूमिकाबाट शिक्षा लिएर सम्पूर्ण निजी स्वास्थ्य प्रदायक संस्थालाई ढिला नगरी सरकारीकरण गर्ने समय आएको छ ।

    त्यसका साथै देशको स्वास्थ्य प्रणाली थप प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानीको वातावरण निर्माण गरी भौतिक साधनश्रोतले सम्पन्न गराउन, निःशुल्क स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच पु-याउन, सामाजिक सुरक्षाको प्रबन्ध गर्न र किसान प्रोत्साहन भत्ताको व्यवस्था गर्न ध्यान दिएर मात्रै महासंकटबाट पर्ने दीर्घकालीन असरबाट देश र जनतालाई जोगाउन सम्भव हुने छ ।

    त्यस दिशामा कदम चाल्न सरकारलाई दबाब दिनु आवश्यक छ । समग्रमा कोरोना संक्रमणले विश्व महामारीको रूप लिनुमा पूँजीवादी अर्थव्यवस्थाको हात छ । महामारीकै कारण विश्व शक्तिराष्ट्रको समेत घमण्ड चकनाचुर भएको छ । त्यसको असर विश्व अर्थतन्त्रमा समेत पर्नु स्वाभाविक हो ।

    विश्व अर्थतन्त्रमा आउने असन्तुलनले पुँजीवादको अन्त्यको बाटो खन्ने काम गर्ने छ । पुँजीवादीले संकटबाट मुक्तिका लागि अनेक उपाय अपनाउन प्रयास गर्ने छन् । उनीहरूले अपनाउने जुनसुकै कदम पुँजीवादी एकाधिकारवादलाई मजबुत गर्नका लागि हुने हुँदा त्यो संकट झन् गहिरिएर जाने छ । त्यस क्रममा उनीहरूले कतिपय कार्यक्रम श्रमिकको पक्षमा पनि ल्याइने छन् ।

    पूँजीवादी संकटबाट फाइदा उठाउँदै र श्रमिकवर्गको पक्षमा आउने जुनसुकै कार्यक्रमलाई श्रमिकको हितमा उपयोग गर्ने अधिकतम प्रयत्न गर्दै जनवादी व्यवस्था ल्याउन तयारी गर्नु अहिलेको आवश्यकता हो ।

    (लेखक कम्युनिष्ट संग्राहलय नेपालका अध्यक्ष हुनुहुन्छ)

    शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.