काठमाडौं । नयाँ सत्ता गठबन्धनले सरकारमा सहभागी हुने १८ जना मन्त्रीको टुंगो लगाएको छ । जसमा जसमा एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ६ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ जना मन्त्रीले आजै शपथ लिँदैछन्।
नेकपा (एमाले) र माओवादी केन्द्रसमेतका दलहरूबीच बनेको नयाँ गठबन्धनले १७ जना मन्त्रीको टुंगो लगाएसँगै कार्यविभाजनसमेत गरेको छ ।
यस्तो छ, कार्यविभाजन
एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी
पुष्पकमल दाहाल प्रचण्ड ९ प्रधानमन्त्री
नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
रास्वपा
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा