केशव जोशी
अखबार ठूलो अक्षरमा लेखिरहेछ
महासंकटमा पनि अर्बौको भ्रष्ट्राचार
तर सरकारका मन्त्रीहरु भन्छन–यो बसह पछि गरौंला
तर कमरेड, जनता शोक, भोक र रोगले थलिएको बेला
आफ्नै देशमा आउन महाकाली हाम फाल्नुपर्ने
मलाई देश आउन देउ भन्दै रुनुपर्ने
कठिन अवस्थामै हो, तिमी चाहिने सरकार
तर तिमी भन्छौं–यो बहस पछि गरौला
भ्रष्ट्राचार गलत भन्नेलाई विरोधी देख्ने
आलोचना गर्नेलाई दुश्मन सोच्ने
पेलेर ठिक गर्छु भन्ने
कस्तो तानाशाही नियत ।
बढ्दो छ निसाना, हिनता र कुण्ठा
तिमी जुन जनतालाई आज बोझ सम्झिँदैछौ
त्यही जनताको रगत र पसिना छ, तिमीले खाने प्रत्यके गासहरुमा
त्यसै आएको होइन लोकतन्त्र भन या गणतन्त्र तर
पात्र फेरिए, प्रवृती फेरिएन
वोतल फेरियो, रक्सी फेरिएन
गाता फेरियो, किताब फेरिएन
त्यसैले त स्वर गुञ्जीरहेछ, यस्तो विपत्तीमा सरकार खोई ?
तिमीले जति नै आगो ओकले पनि, हतकडी र कानुनको त्रास देखाएपनि
अखबारले लेखिरहनेछ, जनताको आवाज
यस्तै हो भने अर्को समाचार लेखिन के बेर
सरकार हराएको सूचना !

