काठमाडौं । काठमाडौंको कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवन खरिद गर्न सहयोग गर्ने सहयोगदाताको नाम शिलालेखमा राख्न सुरु गरिएको छ ।
भवन खरिद गर्न १० हजारभन्दा बढी सहयोग गर्ने १ हजार ७३ जनाको नाम शिलालेखमा राखिएको हो ।
सहयोगदाताहरूको नामको शिलालेख तयार भइसकेको छ । सो शिलालेख कार्यालय भवनको भित्तामा राख्न सुरु गरिएको र यो काम केही दिनभित्रै सम्पन्न हुने राजमो नेता आनन्द शर्माले जानकारी दिनुभयो ।

गत १ कार्तिकमा राजमो केन्द्रीय कार्यालयले १० हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने सहयोगदाताहरूको नाम युगदर्शनमार्फत सार्वजनिक गरेको थियो । जसमा छुटेका नाम सहयोग गरेको प्रमाणसहित एक हप्ताभित्र पठाउन आह्वान पनि गरिएको थियो ।
त्यसपछि कात्तिक ९ गते नयाँ नाम समावेश गर्दै संशोधित नामावली जारी गरेको थियो । प्रकाशित नामावली ३३ पृष्ठको छ भने त्यसमा ११ सय ४५ ओटा सहयोगदाताको नाम समावेश गरिएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १० ज्योतिनगर, कपनमा रहेको राजमोको साढे पाँच तले भवन खरिद गर्न पार्टी सदस्य र शुभेच्छुकहरुबाट रकम संकलन गरिएको हो ।
राजमोले भवन खरिद गर्न १० हजार बढी रकम सहयोग गर्ने सहयोगदाताको नामावली कार्यालय भवनमा शिलालेखमा राख्ने निर्णय गरेको थियो ।
राजमो केन्द्रीय कार्यालय भवन काठमाडौँको संशोधित नामावली जारी