• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अँध्यारोमा बसेर पार्टीमाथि ढुंगा हान्नेहरु होसियार !


  •   बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
  • सुवास जी.सी.

    Advertisement

    कथित राष्ट्रिय जागरण अभियानका नाममा पार्टीबाट निष्काशित केही व्यक्ति र पार्टी भित्रै लुकेका केही मुठ्ठीभर तत्वहरुले नेकपा (मसाल) विरुद्ध अँध्यारोमा बसेर ढुंगा प्रहार गर्ने चेष्टा गरिरहेका छन् । त्यसखाले प्रवृतिलाई नंग्याउनुपर्ने आवश्यकता बढेर गएको छ । यद्यपी नेपाल कम्युनिष्ट पार्टी (मसाल) को लामो राजनैतिक इतिहासमा मसालमाथि कैयौं प्रहार भएका छन् र ति सबै मिथ्या सावित भएका छन् । अहिले केही अराजक तत्वहरुले पार्टीमाथि गरिरहेको प्रहारले पनि खासै महत्व त राख्दैन । तर, तिनलाई समयमै चिनेर ठेगान लगाइएन भने कैयौं इमानदार साथीहरुलाई केही समयसम्म भ्रम छर्ने सम्भावना भने रहन्छ।

    कथित राष्ट्रिय जागरण अभियानका संयोजक भनिएका सन्तवहादुर नेपालीले जारी गरेको लेख र वक्तव्यमा उक्त अभियानलाई एउटा सानो सांस्कृतिक क्लव भनिएको छ । तर यो एउटा राजनैतिक उद्देश्यका आधारमा गठन गरिएको संस्था हो भन्ने सहजै बुझ्न सकिन्छ ।

    उहाँको वक्तव्यमा भनिएको छ, “अभियानको उद्देश्य अहिले देशमा देखिएको भ्रष्टाचार, कमिशनखोरी, सीमा अतिक्रमण, मानव अधिकारको हनन, वैदेशिक हस्तक्षेप, महंगी,कालोबजारी, कर छली लगायत समाजमा भइरहेको जातीय, वर्गीय, लैंगिक उत्पीडनकका विरुद्ध सांस्कृतिक जागरण ल्याउनका लागि यसप्रकारको अभियान आवश्यक हुन गएको हो ।”

    अगाडि भनिएको छ, “राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा निरन्तर आवाज उठाउने, दलित, जनजाति, महिला लगायत उत्पीडित वर्गका बीचमा सचेतनामूलक अभियान सञ्चालन गर्ने, समाजमा व्याप्त रहेको आर्थिक शोषण तथा सामाजिक उत्पीडनका विरुद्ध जनताबीच भण्डाफोर गर्दै जनतासित सुमधुर सम्बन्ध स्थापित गर्ने यस अभियानको उद्देश्य रहेको छ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा लगायत नौ दलले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको लागि संचालन गरेको संघर्षलाई सशक्त र दवाबमूलक बनाउनका लागि हरसम्भव प्रयत्न गर्ने अभियानको कार्यक्रम रहेको छ ।”

    उक्त संस्थाले जुन प्रकारका राजनीतिक कार्यक्रम सञ्चालन गर्ने भनेको छ, त्यसप्रति हाम्रो कुनै आपत्ति छैन । तर हाम्रो आलोचना यो कुरामा छ कि, त्यसप्रकारको कार्यक्रम सञ्चालन गर्ने संस्थालाई उहाँले खाली सामान्य क्लब मात्र बताउनु भएको छ ।

    स्पष्ट छ एउटा सानो सांस्कृतिक कलवले यी उल्लेखित कामहरु गर्न सक्ने कुरा भएन । निश्चित रुपले यो अभियानको चरित्र राजनैतिक प्रकृतिको छ । त्यसकारण उहाँले जतिसुकै ढाकछोप गरेपनि यो ‘फाटेको जालोले छेकेको छेकेपनी छर्लङ्ग देखेको हेर गाउँले हो’ भने जस्तै हो । नेकपा (मसाल)ले जारी गरेको वक्तव्यमा यो अभियानलाई पार्टीमा गम्भीर अनुशासनको उल्लंघन गरी पार्टीवाट अनिश्चित कालको लागि निष्काशनमा परेका व्यक्तिहरुको फुटपरस्त गतिविधि भनिएको छ । तथ्यहरुबाट सो कुराको पुष्टि भएको छ, हुँदै जानेछ । यो लेख सन्तवहादुर नेपालीद्वारा हाँक साप्ताहिकको मिति २०७६ फागुन २८ गते प्रकाशित वर्ष ३७, अंक १८ मा ‘चरित्रहत्याको राजनीति’ शीर्षकमा उहाँले प्रकट गरेका विचारहरुसँग सम्वन्धित छ ।

    सन्तवहादुरप्रति सम्मान
    व्यक्तिगत रुपमा सन्तवहादुर नेपालीप्रति मेरो सम्मान छ । त्यो किनभने उहाँ कुनैबेला मैले आस्था राख्ने पार्टी नेकपा(मसाल)को पि.बि.एम. हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चाको महासचिव हुनुहुन्थ्यो । तत्कालीन पार्टीले प्रकाशन गर्ने हाँक साप्ताहिकको अध्यक्ष हुनुहुन्थ्यो । त्यति मात्र होइन उहाँलाई पार्टीले २०६४ सालको संविधानसभामा सभासदको रुपमा निर्वाचित समेत गरेको थियो । यसरी दोस्रो पुस्ताको पार्टीको जिम्मेवार नेताप्रति हामी तेस्रो पुस्ताका युवाहरुको उहाँप्रति सम्मान र सद्भाव हुने नै भयो ।

    तर आश्चर्यको विषय यो छ कि उहाँ ती सबै जिम्मेवारीबाट बिस्तारै बिस्तारै अलग हुनुभयो र अहिले बेग्लै ‘अभियान’ (अघोषित पार्टी)को संयोजक र पार्टीबाट अपहरण गरिएको पत्रिकाको अध्यक्ष हुनुभएको छ । उहाँका यी क्रियाकलापहरुबाट पार्टी निर्णयको विरुद्ध, पार्टी हित विपरीत र गम्भीर अनुशासनको उल्लंघन भएको छ र त्यसले पार्टी विभाजन गर्ने, फुटाउने र पार्टी सिद्दाउने गतिविधिलाई नै प्रोत्साहित गर्छ र दुश्मन शक्तिलाई नै फाइदा पुग्छ । त्यति मात्र होइन यसले स्वयम् सन्तबहादुरजीको सम्पुर्ण राजनैतिक जीवन त समाप्त हुने नै छ पार्टीको सम्पूर्ण लगानी समेत बालुवामा पानी हाले सरह हुनेछ । हामी अझै पनि आशा राख्छौं उहाँको त्यो राजनैतिक बिचलनको सिलसिला रोकिने छ र आत्मालोचन गरेर उहाँ पुर्ववत अवस्थामा फर्कनुहुनेछ ।

    चरित्रको सन्त्रास
    उहाँले लेखेको उक्त लेखको आधार ने.क.पा. (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले पार्टीको नाममा जारी गरेको ‘थप स्पष्टिकरण’ नै हो । उक्त स्पष्टिकरणमा कहि कतै पनि सन्तवहादुरको चरित्रको विषयलाई उल्लेख गरिएको छैन । त्यसमा खाली चरित्रसम्बन्धीका कारणले कारवाही भएको कुराको मात्र उल्लेख गरिएको छ । त्यसको कुनै विवरण दिइएको छैन । अनि त्यति मात्र लेखेका कारणले त्यो चरित्र हत्याको राजनीति कसरी बन्न गयो ? त्यसकारण त्यो स्पष्टीकरणलाई चरित्रहत्याको राजनीति बताउनु तथ्यहरुको तोडमोड मात्र हो ।

    बरु प्रवक्ताको स्पष्टिकरणमा अरु थुप्रै विषयहरु छन् जसमा सन्तवहादुरले बोल्नुपर्दथ्यो । ती विषयमा उहाँले कुनै टिप्पणी गर्नु भएको छैन । स्पष्टिकरणमा सन्तवहादुरलाई पहिले कार्बाही गरिएको विषय ‘गम्भीर अनुशासनको उलंघन’ भनिएको छ । त्यो विषय के थियो ? हामीले जान्ने कुरा भएन । तर सन्तवहादुरले लेखेको लेख सम्पूर्ण रुपमा मोहनविक्रम सिंहले आफ्नो चरित्र हत्या गरेको भन्ने आरोप लगाउँदै सोही विषय स्पस्ट गर्न खोजेको देखिन्छ । उहाँले आफ्नो चरित्र हत्या कसरी भयो ? त्यो कतै प्रस्ट गर्नुभएको छैन । बरु उहाँले आफ्नो चरित्रलाई स्पस्ट गर्ने सन्दर्भमा केही रहस्यहरु उद्घाटन गर्नुभएको छ ।

    जस्तै उहाँले लेख्नुभएको छ, “…वास्तविक रुपमा कथित एसएमएस मा मेरो कसुर थियो वा षड्यन्त्र गरिएको थियो ? मैले कुन अवस्थामा “होला“ भनेको थिएँ र त्यसैलाई आधार बनाएर स्वीकार गरेको भनेर पीवी र त्यसपछि सीसीमा लगिएको थियो ? त्यो सबै कुरा त्यही निवेदनमा बोल्ने छ ।” वास्तवमा त्यो एसएमएस काण्ड के थियो ? त्यहाँ कस्तो षड्यन्त्र भएको थियो ? यस विषयमा उहाँले केही स्पस्ट गर्नुभएको छैन । हाँकमा प्रकाशित आफ्नो लेखमा लेख्नुभएको छ : “म शुरुदेखि के विश्वास राख्दछु भने एउटा कम्युनिस्ट पार्टीको सदस्य खुला किताव हुनैपर्छ ….पार्टीभित्र रहस्यमय बन्नुहुँदैन ।”

    पार्टीले उल्लेख नै नगरेको उहाँको चरित्रबारे आफैले चरित्र हत्या गरेको भनेर लेख्नु र यसप्रकारका रहस्यहरु समेत आफै खुलाउनु यो आफ्नै चरित्रको सन्त्रास त होइन ? उहाँले सार्वजनिक रुपमा काम गर्ने नेता वा कार्यकर्ताको जीवन खुला किताव हुनुपर्छ भनेर लेख्नुभएको छ । उहाँको आफ्नै त्यो भनाइ अनुसार उहाँले सबै कुरा खुला रुपले राख्न सक्नुपर्दथ्यो । तर उहाँले त्यसो गर्न सक्नु भएको छैन । तर मोहनविक्रम सिंहले जलजलासितको प्रेम वा दुर्गा पौडेलसित विवाहबारे गरिएको कारवाहीलाई सँधै खुला गर्नुभएको छ । खुला पुस्तकको कुरा गर्ने सन्तबहादुरले त्यो कुरा किन गर्नुभएको छैन ?

    मोहनविक्रमको उक्त विषयमा कारवाहीको कुरा गर्दा उहाँले कहिल्यै त्यसलाई उहाँको चरित्रको हत्या गरिएको भन्नुभएको छैन । तर उहाँको चरित्रसम्बन्धी कमजोरीबारे कारवाही गरिएको भन्दा त्यसलाई किन चरित्रहत्या गरिएको भन्दै हुनुहुन्छ ? व्यक्तिगत चरित्रलाई राजनीतिकरण गर्नु चरित्र हत्याको राजनीति हो । त्यो कुराको सामान्य प्रकारले उल्लेख गर्नुलाई नै चरित्र हत्याको राजनीति भन्न मिल्दैन ।

    मोहनविक्रमबारे आरोप
    सन्तवहादुर नेपालीले उक्त लेखमा मोहनविक्रम सिंहलाई कयौं आरोपहरु लगाउनुभएको छ । उहाँले लेख्नु भएको छ, “…यसप्रकारको चरित्रहत्याको राजनीति क. एमवीले गर्नुहोला भनेर मैले कमै आशा गरेको थिएँ । “त्यसैगरी अर्को ठाउँ उहाँले लेख्नुभएको छ, “…क. एमबी चरित्रहत्याको राजनीतिमा उत्रेपछि हामी पनि उहाँको चरित्र हत्या गर्न नैतिक वन्धनवाट फुकुवा भएका छौं …।”

    उहाँले वारम्बार यो कुरा उल्लेख गरिरहँदा मोहनविक्रमले कसरी उहाँको चरित्र हत्या गर्नुभएको हो ? त्यो कहिंकतै उल्लेख छैन । तर वारम्बार यो आरोप लगाइएको छ । वास्तवमा मोहनविक्रमले कसैको व्यक्तिगत विषयमा टिप्पणी गरेको पाइँदैन । मोहनविक्रमबारे उठ्ने गरेका निजी विषयहरु, जस्तै कि माथि पनि भनियो, सबै खुला किताब जस्तै छन् । जस्तो कि जलजलासँगको प्रेम । जलजलासँगको प्रेमका कारण सिंहलाई पार्टीवाट ३ वर्ष निष्कासन गरेको कुरा सार्वजनिक नै छ । त्यसबाहेक स्वयम् दुर्गा पौडेलसँगको विवाह र विवाहपछिको कार्वाही र त्यही कारणले पार्टीको महामन्त्री पदबाट राजीनामा दिएको कुरालाई पनि कहिंकतै लुकाइएको छैन । ती सबै सिंहले आफै स्पस्ट गर्दै आउनुभएको छ ।

    हाँक प्रकरणमा चुपचाप
    प्रवक्ताको स्पष्टिकरणमा हाँकको प्रसंग उठाइएको छ । तर सन्तवहादुर त्यसबारे मौन हुनुहुन्छ । उहाँले त्यो विषयमा प्रतिकृया दिन चाहानुहुन्न । केही वर्ष पहिले पार्टीले हाँक प्रकाशन गर्दा उहाँ त्यसको अध्यक्ष हुनुहुन्थ्यो । पछि छाडेर भाँैतारिनु भयो । पार्टीले हाँकलाई व्यवस्थित गर्ने योजना बनायो । व्यक्तिको नामवाट सामूहिकतामा लाने निर्णय भयो । त्यसको अध्यक्ष गोविन्दसिंह थापा नै हुने ठेगान भयो । तर थापाले त्यो निर्णय मान्नु भएन । त्यो निर्णय कुनै एक व्यक्तिको थिएन । पार्टीको केन्द्रीय कमिटीको निर्णय मान्दिन भन्ने अधिकार थापालाई थिएन । यदि गोविन्दसिंह थापाले जस्तै बुटवलको पार्टी कार्यालय चित्रबहादुर के.सी.ले पार्टीलाई नदिने, कपनको घर कसैले कब्जा गर्ने, प्यूठानको पार्टीको घडेरी अर्को कसैले नदिने, सुर्खेतको कार्यालय कसैले कब्जा गर्ने वा वुटुवलको पुस्तक पसल दुर्गा पौडेलले नदिने, यस्तै गर्न मिल्छ ?

    तर थापाले कानुनको त्यान्द्रो समात्नुभयो र पार्टीले ३७ वर्षदेखि चलाउँदै आएको पत्रिका कब्जा गर्नुभयो । त्यो पार्टीको सम्पतिमाथिको लुट थियो । सन्तवहादुरजी बुर्कुसी मारेर त्यही लुटिएको सम्पतिको अध्यक्ष भएर मतियार हुन आउनु भयो । उहाँले उक्त लेखमा लेख्नुभएको छ, “बरु गर्व यो कुरामा छ कि म निष्कासित भएपनि म आम जनता र साथीहरुकै विचमा पत्रिकासम्बन्धी काम गरिरहेको छु ।”

    उहाँलाई अलिकति त हिचकिचावट पनि हुनुपर्ने हो । पार्टीको सम्पति कब्जा गर्ने त्यसको प्रमुख मतियार हुने, खुल्लमखुल्ला पार्टीको निर्णय विरुद्द काम गर्ने अनि मलाई गर्व छ भन्ने ? मिल्छ त्यसो गर्न ? उहाँलाई सुहाउँछ त्यो कुरा ? के कम्युनिस्ट पार्टीको अनुशासन र नैतिकता यस्तै हुन्छ ? अरुलाई दक्षिणपन्थी ठोकेपछि आफूले मनपरी गर्न पाउने अधिकार हुन्छ ? आफू क्रान्तिकारी हुने काइदा यही हो ? अनुशासनसम्बन्धीको दृष्टिकोण यही हो त सन्तवहादुर जी ? होइन भने जवाफ चाहियो । किन चुपचाप त ?

    फरक विचार : हावादारी कुरा
    सन्तवहादुरजीले लेख्नुभएको छ, “… फरक विचार भएपछि बस्न र टिक्न नदिएपछि हामी के गर्ने ?” “…पार्टी लाइनका बारेमा हाम्रा फरक मतभेदहरु छन् । तैपनि महाधिवेशनको लाइनलाई मानेर जाने भन्दा भन्दै पनि क. एमबीले सफाया गर्दै हुनुहुन्छ ।” उहाँको फरक विचार के हो ? त्यो कहिँ कतै आएको छैन । पार्टीले फरक मत र विचारबारे वारम्बार स्पस्ट गरेको छ । पार्टीले सार्वजनिक गरेको छ कि विचारको आधारमा कहिँकसैलाई कार्वाही गरिएको छैन । विचारहरु धेरै हुनसक्छन् , छलफल र बहसले पार्टीलाई थप क्रान्तिकारी बनाउन मद्दत पुग्दछ ।

    पार्टीले भनेको छ, ‘महाधिवेशनसम्म हामीविच फरक मतहरु थिए । महाधिवेशनको प्रकृयाले सबै कुरा टुङ्ग्याइसकेको छ । अब महाधिवेशनले पास गरेका विषयलाई एकमतले कार्यान्वयन गर्नुपर्छ । कोही अल्पमतमा थियो भने अब अर्को महाधिवेशनमा छलफल गर्ने गरी अहिलेलाई महाधिवेशनने गरेको निर्णयको कार्यान्वयन गर्नुपर्दछ । संसारभरको माक्र्सवादीले अवलम्बन गर्ने नियम यही हो । हुनसक्छ महाधिवेशनमा अरु धेरैका फरक मतहरु थिए होलान् । तर त्यसको विधि र प्रकृया के हो ? सन्तवहादुरजीलाई हामीले सिकाउनुपर्ने हो ? के फरक मत राख्ने तपाईको कथित ‘अभियान’का सदस्य मात्र हुन् ? होइन भने अहिले पनि पार्टीभित्र धेरैका विचारहरु फरक फरक होलान् तर सन्तवहादुरले जस्तो उपद्रो मच्चाउँदै अनुशासनविहीन काम गर्दै हिडेका छैनन् । बरु पार्टीले गरेका निर्णयहरुको अनुशासनमा बसेर कार्यान्यन गरेका छन् । कयौं साथीहरूले आन्दोलनको नेतृत्व गरिरहेका छन्, मोर्चाहरु समालिरहेका छन्।

    तर सन्तवहादुरजीले आफै महाधिवेशनले गरेको निर्णय मान्छु भन्ने अनि उहाँहरु आफैले प्रकाशित गरेको हाँकको पहिलो अंकमा गएर पार्टीलाई दक्षिणपन्थी करार गर्ने काम गरेको हो कि होइन ? त्यसको जवाफ दिनुपर्दैन ? होइन भने फरक विचार भनेर अनुशासनको गम्भीर उल्लंघन गर्ने, पार्टीको सम्पति कब्जा गरेर त्यही सम्पतिबाट पार्टीलाई बदनाम गर्ने, महाधिवेशनले पारित गरेका नीति विरुद्द खुल्लमखुल्ला प्रहार गर्ने, अराजकता र अनुशासनविहीनतालाई संगठित गरेर गुटवन्दी गर्ने अनि कार्वाही परेपछि ‘फरक मत फरक मत’ भनेर भ्रम सृजना गर्ने ¤ यस्ता भ्रम कसैले पत्याउनेवाला छैन ।

    फरक मत राख्दैमा कोही कार्वाहीमा पर्दैन । सन्तवहादुरले पार्टीमा ५० वर्ष काम गरकोे भन्नुभएको छ । के ५० वर्षसम्म तपाईका फरक मत थिएनन ? के पार्टीमा रहनेहरु सबै सर्वसम्मत निर्णयले बसेका हुन्छन् ? हुदैनन् । विचार र मतहरु फरक हुन सक्छन् तर ती निश्चित माक्र्सवादी–लेलिनवादी पद्धतिमा हुन्छन् । निश्चित पद्धतिलाई अवलम्बन गरेर मात्र पार्टीले निर्णय गरेको हुन्छ र त्यही निर्णयको आधारमा पार्टी सदस्यले काम गरेका हुन्छन् । के हाम्रो पार्टीको इतिहास पनि त्यही होइन ? स्वयम् सन्तबहादुरजी जितगढी पोष्टमा हुनुहुन्थ्यो । के त्यो विषय उठाएर उहाँलाई कार्वाही भएको थियो ? अवश्य थिएन । हाँक प्रकरण पछि नै उहाँलाई कार्वाही भएको हो । फरक मत राखेकोले कार्वाही भयो, बस्न दिएन भन्नु हावादारी गफ बाहेक अरु केही होइन ।

    मोहनविक्रमको प्राधिकार कि पदको महत्वाकांक्षा
    सन्तवहादुरजीले उक्त लेखमा लेख्नुभएको छ, “म पीवीएम र राजमोको महासचिव जस्तो पदमा बसेको मान्छे म आफै २०७२ सालमा स्थानीय स्तरमा काम गर्ने भनेर केन्द्रीय जिम्मेवारीवाट हटेको हुँ । अहिले पनि क. एमबीको प्राधिकारवादी र स्वेच्छाचारी प्रवृत्ति कायम नै छ । यो अवस्थामा माथिल्लो पदमा लगिएन भनेर कुण्ठा पाल्नु भनेको मुर्खता हो।”

    यो भनाइबाट स्पष्ट बुझ्न सकिन्छ कि उहाँको अन्तर्य के हो भनेर ? उहाँ जतिन्जेल पार्टीको पीवीमा पुग्नु भो, सभासद हुनु भो, राजमोको महासचिव हुनु भो, त्यतिन्जेल मोहनविक्रममा प्राधिकार र स्वेच्छाचारी प्रवृति थिएन । पचास वर्षसम्म (उहाँले आफूलाई पार्टीमा लागेको पचास वर्ष भएको बताउनुभएको छ) मोहनविक्रमलाई ठीकै देख्ने सन्तबहादुरजीले पुनः के कारणले मोहनविक्रममा प्राधिकार देख्नुभयो ? किन वेकारमा कुराहरु रिङाइरहनु र मान्छेलाई उल्लु बनाइरहन ? कसैलाई सिध्याउँछु भनेर दूलोभित्र योजना बनाएर हुँदैन कमरेड ! हाम्रो राजनीति खुल्लमखुला छ, विधि र प्रकृयाले पार्टी चल्छ ।

    अराजक र अनुशासनबिहीनहरुको गुट बनाएर पार्टी चल्दैन । सही राजनीतिक लाइन र अनुशासनका आधारमा नै पार्टी चल्दछ र कायम रहन्छ । पदलोलुप भएर कम्युनिस्ट पार्टीमा रहन गाह्रो छ, त्यो त कमरेडलाई थाहा नै छ होला ?

    पार्टीलाई अँध्यारोमा बसेर ढुङ्गा नहानौँ
    उक्त लेखमा सन्तवहादुरले पार्टीको तर्फवाट प्रवक्ता रामप्रकाश पुरीले जारी गरेको स्पष्टिकरण पुरीले लेखेको नभई मोहनविक्रम सिंहले लेखेको भनेर ठूलो ‘इस्यु’ बनाउनुभएको छ । सायद सन्तवहादुरजीले भुल्नुभएको छैन होला प्रवक्ताले जारी गर्ने लेख, वक्तव्य वा अन्य कुनै सामग्री पार्टीले गरेका निर्णयहरु वा महाधिवेशनका निर्देशनहरु हुन्छन् । उहाँलाई थाहा होला पार्टीका निर्णय सार्वजनिक गर्ने माध्यम प्रवक्ता हो । त्यसकारण त्यो स्पष्टिकरण रामप्रकाश पुरीको व्यक्तिगत धारणा होइन । त्यो पार्टीको धारणा हो । त्यसरी त्यो स्पष्टिकरण तयार गर्दा प्रवक्ताले महामन्त्री, पीवी वा केन्द्रीय समिति आदिसँग समन्वय गर्नसक्नुहुन्छ र गर्नुपनि पर्दछ । त्यसो गर्दा त्यहाँ उल्लेख भएको विषय सही वा गलत हो भन्ने छलफल गर्ने कि कसले लेखेको हो भनेर उधुम मच्चाउने ? सन्तवहादुरजीले यो विषयलाई खालि अतिरन्जित गर्ने मात्र काम गर्नुभएको छ ।

    अर्को कुरा, यो नौलो होइन कि महामन्त्रीले कयौंपटक पार्टीका वक्तव्यहरु तयार गर्नुहुन्छ, लेखहरु सम्पादन गर्नुहुन्छ । सायद स्वयम् सन्तवहादुरका लेखहरु पनि मोहनविक्रमले कयौंपटक सम्पादन गर्नुभएन होला भन्न सकिँदैन । यो कुनै आश्चर्यको कुरा होइन । पार्टीको नीति, विचार र कार्यक्रमलाई जनतासमक्ष सही तरिकाले लैजान यसो गर्नु स्वभाविक पनि हो । त्यति मात्र होइन कुनै परिस्थितिमा महामन्त्रीका वक्तव्य प्रवक्ताले तयार गरेको पनि हुनसक्छ । यो अभ्यास हाम्रो पार्टीमा मात्र होइन बुर्जुवाहरुमा पनि हुन्छ । जस्तै अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेट के मन्त्रीले मात्रै स्वयम् तयार गर्छन त ? बरु अरुले तयार गरेको भएपनि त्यसको जिम्मा नेतृत्वले लिनुपर्छ । त्यसकारण सन्तवहादुरजीले जे विषयलाई प्राथमिकता दिएर उचाल्नु भएको छ त्यो निम्न प्रकारको सोचाइ हो ।

    ने.क.पा. (मसाल)को हैसियतवाट अहिले महामन्त्री वा प्रवक्ताले जे जति लेख, वक्तव्यहरु सार्वजनिक गर्नुभएको छ, ती खुला, स्पस्ट र सार्वजनिक छन् । बरु सन्तवहादुरले लेख्न र बोल्न सक्नुप-यो कि ‘महाधिवेशनको समीक्षा’ भनेर लेखिएको डकुमेन्ट कसले लेखेको हो ? ती गोप्य ‘कार्ययोजना’ र ‘सर्कुलर’ कस्ले तयार गर्छ ? जंगबहादुरको नामबाट पार्टी विरुद्द लेख प्रकाशन गर्ने को हो ? विभिन्न उपनाम राखेर मोहनविक्रम, चित्रबहादुर र दुर्गा पौडेल विरुद्द षड्यन्त्र गर्दै लेख, स्ट्याटस र मुद्दा तयार गर्ने को हो ? एउटा फेसबुकको वाक्य संयोजन गर्न नसक्नेले मोहनविक्रम गद्दार भन्दै लामा लामा लेख लेखेर छापिरहेको छ त्यो कसले तयार गरेको हो ?

    हाँकमा आजकल ने.क.पा. (मसाल) विरुद्ध उपनाम र लेखकको फोटो बिना आइरहेका लेख कसले लेखेको छ ? फेकआइडी बनाएर नेताहरुको कत्लेआम कसले गर्दै आइरहेको छ ? यी कुरा सन्तवहादुरजीले खोज्नुपर्छ कि पर्दैन ? बोल्नुपर्छ कि पर्दैन ? कहिल्यै बोल्नु भयो कि भएन ? तेस्रो पुस्ताले यी सबै कुरामाथि विचार गरिरहेको छ । हामीले उज्यालो मसाल बालिरहन्छौं, अँध्यारोमा बसेर ढुङ्गा हान्नेहरु होसियार !

    फुटपरस्त, अनुशासनविहीनता र अराजकताको राजनीति
    केही समय पहिले एउटा फेसबुकबाट बाहिरिएको एउटा गोप्य दस्तावेजमा महाधिवेशनको समीक्षा गरिएको छ । त्यो दस्तावेज अल्पमत पक्षको तर्फवाट तयार भएको भनिएको छ । त्यसमा निश्चित रुपले सबै अल्पमत भनिएका साथीहरूको सहभागिता छ भन्नका लागि कुनै आधार छैन । त्यो केही फुटपरस्त, खुफिया एजेन्सी र एजेन्टहरु मार्फत परिचालित अराजकहरुको कर्म बाहेक केही होइन । त्यो दस्तावेजमा अल्पमतले पार्टी नफुटाउने तर पार्टीभित्र गोप्य संयन्त्र बनाएर काम गर्ने भनिएको छ । त्यसप्रकारको गोप्य संयन्त्र भनेको पार्टी केन्द्रका विरुद्ध समानन्तर केन्द्र नै हो ।

    त्यसरी पार्टीभित्र बहुकेन्द्र बनाउने विचारले लेनिनवादी सिद्धान्तसित मेल खान्छ कि खाँदैन ? त्यो गोप्य दस्तावेजमा क्लब, मन्च र संस्था गठन गरेर पार्टी कब्जा गर्ने कुरा उल्लेख छ । व्यवहारमा कथित “राष्ट्रिय जागरुण अभियान“ पनि त्यसको एउटा रुप भएको कुरा बुझ्न गार्हो पर्दैन । यस अवस्थामा यो ‘अभियान’ फुटपरस्त गतिविधि बाहेक केही होइन । पार्टीलाई विभाजन गरेर तहसनहस पार्न खोज्ने नियतवाट यी कर्महरु भएका छन् । यस्ता कर्महरु सिलसिलेवार भएका छन् ।

    पार्टीलाई एकोहोरो दक्षिणपन्थी ठोकेर आफुलाई संसारकै क्रान्तिकारी देखाउने चलन नयाँ होइन । मोहनविक्रमको विरोध गरेर महान क्रान्तिकारी भइन्छ भन्ने भ्रमवाट पनि साफ भए हुन्छ । इतिहासले ने.क.पा. (मसाल)लाई दक्षिणपन्थी भन्ने र आफू क्रान्तिकारी देखिनेको हालत स्पस्ट गरेको छ । हिजो पार्टीलाई लात हानेर जानेहरुको मुखमा आज इतिहासले लात हानेको छ । पार्टीको सम्पति कब्जा गरेर, अराजक र अनुशासनविहीनहरुको क्लब खोलेर कसैले चेतावनी नदिए हुन्छ । मसाल ती सबैलाई खारेज गर्दछ । कसैको श्राप, दया र कृपाले पार्टी चल्ने होइन, ने.क.पा. (मसाल) ज्युँदो छ किन कि पार्टी आफ्नो विचार,नीति, सिद्धान्तप्रति सँधै प्रतिवद्ध छ, रहिरहने छ ।

    अन्तमा सन्तबहादुरजीले उक्त लेखमा लेख्नुभएको छ, “पार्टी बाहिर ढाँट्न पनि सकिन्छ ।” यसरी ढाँट्ने काम बन्द गर्नुस् । आफै रहस्यमयी बन्नु हुदैन भन्ने र आफै गम्भीर रहस्यमय हुने कुरा त्याग्नुहोस् । स्पष्ट कुरा ल्याउनुहोस् । क्लबका नाममा पार्टीभित्र पार्टी, अराजकहरुको गुट, पार्टी सम्पतिको कब्जा यी सबै कुरा के हुन् ? पार्टीलाई ‘दक्षिणपन्थी’ भनेर मात्र तपाईको ‘क्रान्तिकारीता’ प्रदर्शन हुने होइन । आगामी दिनमा तपाईको बाँकी यात्रा कस्तो हुनेछ ? त्यो भविष्यले नै देखाउला ।

    बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.