• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

संगठनको आवश्यकता, उद्देश्य र महत्व


  •   शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    एकभन्दा बढी संख्याका मानिसले आपसमा छलफल गरेर संयुक्त रूपमा निश्चित काम गर्ने निकाय संगठन हो । संगठनमा आबद्ध भएका व्यक्तिले पूरा गर्ने जिम्मेवारी सामूहिक हुन्छ । एकजना व्यक्तिको प्रयत्न, परिश्रम र जिम्मेवारीबाट काम पूरा हुन नसक्ने हुनाले जिम्मेवारी बाँडफाँड गरेर काम पूरा गर्न संगठनको आवश्यकता पर्दछ । संगठन औपचारिक रूपमा गठन नगरेको अवस्थामा समेत व्यक्ति संगठनको मातहतमा रहेको हुन्छ ।

    धेरैजना व्यक्तिले म संगठनको मातहतमा छु र संगठनले दिएको जिम्मेवारी पूरा गरिरहेको छु भन्नेसमेत थाहा नपाउनेगरी समय कटाइरहेका हुन्छन् । काम गर्छन्, गरिरहेका हुन्छन् तर यो काममा संलग्न हामीहरूले कुनै संस्थाको मातहतमा रहेर कसैको स्वार्थ पूरा गरिरहेका छौँ भन्नेसम्म थाहा पाउन्नन् । आफ्नो कामले आफ्नो स्वार्थ, आफन्तको स्वार्थ वा विरोधी व्यक्ति, समूह र संस्थाको स्वार्थ पूरा भएकोसमेत थाहा नपाउने व्यक्ति छन् । विश्लेषण नगर्ने र गलत विश्लेषण गर्ने, लामो समयसम्म आफू शोषणको चपेटामा परेको थाहा नपाउनेको संख्या धेरै भएको हुनाले वर्तमान व्यवस्था टिकेको छ । समाजमा परस्पर विरोधी वर्गका व्यक्तिको अस्तित्व कायम छ । विरोधी वर्गमध्ये एउटा वर्गको सदस्यको हैसियतमा व्यक्ति रहन्छ ।

    आफ्नो हैसियतअनुसार आफू एउटा वर्गको प्रतिनिधि हुनुपर्नेमा थाहा नपाएर विरोधी वर्गको प्रतिनिधिले पूरा गर्ने जिम्मेवारी लिन्छ र पूरा गर्न आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गर्छ । आफ्नो योग्यता, अनुभव, लगनशीलता सबै प्रयोग गरेर गरेको श्रमले आफैलाई आफ्नो सन्तानलाई र आफूजस्तै हजारौँको संख्यामा रहेका श्रमजीवीलाई शासन गरेको वास्तविकता वर्तमान समाजका थोरै व्यक्तिलाई मात्र थाहा छ । थाहा भएकामध्ये पनि थोरैले मुक्तिको बाटो समातेका छन् र जीवनको सदुपयोग गरेका छन् ।

    संगठित प्रयत्न नभइकन काम पूरा नहुने भएकाले सबै मान्छेले गर्नुपर्ने आवश्यकता संगठन हो । संगठन गर्नका लागि सबैभन्दा पहिले उद्देश्य निश्चित गर्नुपर्छ । किन संगठन बनाउने र त्यो जिम्मेवारी सामूहिक प्रयत्नबाट कसरी पूरा गर्ने ? त्यो निश्चित गर्नुपर्छ । धेरै व्यक्तिले सामूहिक हितको मातहतमा रहेर आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने मात्र संगठनको औचित्य हुन्छ । भन्दा संगठन भन्ने, काम गर्दा त्यसमा रहेका केही सीमित व्यक्तिका स्वार्थ पूरा हुने र अरू धेरैले तिनै केही व्यक्तिको पक्षमा काम गर्नुपर्ने भयो भने त्यो सङ्गठनको दुरूपयोग हो । त्यसैले संगठनको दुरूपयोग होइन, सदुपयोग गर्नु पर्छ ।

    संगठनमा आबद्ध हुने उद्देश्य निश्चित गर्ने र जिम्मेवार बाँडफाँड गर्ने बेलामा ध्यान दिनुपर्ने प्रमुख पक्ष आर्थिक पक्ष संगठन सञ्चालन गर्ने रकम कहाँबाट कसरी जुटाउने र खर्च कुन कुन शीर्षकमा कहीँ कहीँ खर्च गर्ने भन्ने विषयले अहम् महत्व राख्छ । त्यति मात्र होइन, त्यो संगठनका पदाधिकारी र सदस्यको व्यक्तिगत खर्च कसरी पूरा गर्ने भन्ने प्रश्न समाधान नगरिकन अरू सतही कुरा मात्र गरेर संगठनको औचित्य पुष्टि गर्न सकिन्न । समाजमा व्यक्तिगत सम्पत्ति र वर्गीय हैसियत फरक फरक भएको अवस्थासम्म संगठनले पनि तिनै परस्पर विरोधी स्वार्थ भएको वर्गका व्यक्तिमध्ये एउटा वर्ग उपयोग हुने र अर्को विरोधी वर्गका व्यक्तिको स्वार्थ पूरा हुने काम नभई छाड्दैन ।

    त्यसैले अवसरको खोजी गर्ने सिलसिलामा संगठन निर्माण गर्न र वर्गीय स्वार्थ पूरा गर्न आफ्नै संगठनमा भएका विरोधी वर्गका व्यक्तिलाई उपयोग गर्ने परम्परा धेरै लामो छ । त्यो तरिका उपयोग गर्नेहरूले भन्दा उपयोग हुनेले राम्ररी बुझ्नुपर्ने आवश्यकता पर्छ । उपयोग गर्नेको काम गर्ने तरिका र उपयोग हुनेको काम गर्ने तरिका एउटै भयो भने जोसँग जति मात्रामा धेरै व्यक्तिगत सम्पत्ति छ, ऊसँग त्यति मात्रमा सम्पत्ति जम्मा हुँदै जाने र जोसँग जति मात्रामा थोरै सम्पत्ति छ, त्यो त्यति मात्रामा उपयोग हुँदै जाने नतिजा नआई छोड्दैन ।

    संगठन निर्माण अति आवश्यक काम हो । संगठन निर्माण त गर्नुपर्छ । तर संगठित व्यक्तिको आर्थिक हैसियत र आवश्यकता पूरा गर्ने तरिका ख्याल गरेर मात्र संगठनमा आफू समावेश हुनुपर्दछ । सर्वसाधारण व्यक्ति संगठनमा सामेल हुँदा संगठनको उद्देश्य र संगठित व्यक्तिको आर्थिक हैसियतका साथै आवश्यकता पूरा गर्नका लागि गर्ने श्रमको प्रकृति तीनै पक्षमा ध्यान पु-याउनुपर्छ । एउटै आर्थिक हैसियतका व्यक्ति सङ्गठित भई समाजमा अरू व्यक्तिलाई शोषण वा उपयोग गरेर आफूहरूको आर्थिक हैसियत उच्च बनाउन लागियो भने आफ्नो जीवनको उद्देश्य सही तरिकाले पूरा हुन सक्दैन ।

    आफूहरू शोषकको स्थानमा रहेको र मान्छेले मान्छेलाई शोषण गर्ने व्यक्तिको अन्त्य गर्नुको सट्टा झन् बढाउने काममा आफ्नो जीवन दुरूपयोग भएको हुन्छ । सदुपयोग गर्नलाई आफू सर्वहारा भई काम गरेर आफ्नो खर्च टार्ने र सम्पूर्ण श्रमजीवी वर्गको नेतृत्व गरेर सामूहिक स्वामित्वमा सम्पत्ति दर्ता गराउन र व्यक्तिगत स्वामित्व समाप्त पार्न प्रयत्न गर्नुपर्छ । समस्या सम्पत्तिको होइन, समस्या स्वामित्वको हो । त्यसैले भएको सम्पत्तिलाई सामूहिकताको आधारमा उपयोग गर्दै जाने सामूहिक सम्पत्ति थप्ने जाने व्यक्तिगत स्वामित्व घटाउँदै जाने गर्नुपर्छ । त्यसो नगर्दासम्म हाम्रो अमूल्य जीवनको सदुपयोग हुनुको सट्टा दुरूपयोग हुन्छ । सदुपयोग गर्नलाई संगठित प्रयत्न हुनुपर्दछ ।

    एउटा व्यक्तिको भूमिका उद्देश्य पूर्तिमा महत्वपूर्ण हुन सक्ने भए पनि एकल प्रयासबाट काम पूरा नहुने हुनाले सामूहिक प्रयत्न आवश्यक पर्दछ । त्यो भनेको संगठन बनाएर परिचालन गर्ने र जिम्मेवारी बाँडफाँड गरे आफ्नो जिम्मा पूरा गर्नुपर्छ । व्यक्तिगत आवश्यकता पूरा गर्ने कुरा पनि योग्यता, क्षमतानुसारको काम गरेर ज्याला लिई खर्च गर्ने नै उत्तम तरिका हो । सामान्य व्यक्तिगत आवश्यकता हरेक जीवले पूरा गरेकै छन् । मानव सबैभन्दा उच्च प्रकारको जीव भएकाले अरू मान्छेलाई शोषण गर्नु हुन्न । सामूहिक प्रयत्नबाट प्रकृतिका अरू जीव र भौतिक वस्तुलाई उपयोग गरेर मात्र मुक्तिका लागि आफ्नो योगदान थप्नुपर्छ ।

    व्यक्तिगत सम्पत्ति प्रथा सुरु भएको करिब दश हजार वर्षसम्म मानव समाजमा विभिन्न किसिमका संगठन निर्माण गरिएको भए पनि व्यक्तिगत सम्पत्तिलाई आधार बनाएर गठन भएका संगठनले प्रमुखता पाएका छन् । सुरुमा मान्छेले मान्छेलाई किनबेच गर्न सक्नेगरी सम्पत्तिको मालिक तथा सम्पत्ति र अरू अधिकार केही नभएका दास गरी परस्पर विरोधी संगठनका दास परस्पर विरोधी संगठनका व्यक्ति थिए । त्यस्तो वर्गीय सङ्गठनमा शोषणमा परेका दासको चेतना र सङ्गठनबाट विरोधको सामना गर्न नसकेर व्यवस्थामा आमूल परिवर्तन भएको थियो । मान्छेलाई किन्न र बेच्न नपाइने र उत्पादनको मुख्य साधन जमिनको मालिक बनेर त्यसमा उत्पादन गर्ने किसानलाई शोषण गर्ने व्यवस्था सुरु भए पनि मुख्य शोषण मान्छेले मान्छेलाई गर्नेमा नै संगठनको मुख्य काम हुन गयो ।

    औद्योगिक उत्पादन सुरु भएपछि मान्छेलाई होइन, उसको श्रम शोषण गर्ने चलन सुरु भएको हो । नाफा कमाउने चलन सुरु भएपछि सस्तो श्रम किनेर वस्तु उत्पादन गर्ने र त्यो वस्तु बढी मूल्यमा बेचेर नाफा कमाउने गर्दा श्रम सस्तोमा किन्ने र श्रमबाट उत्पादित वस्तु महङ्गोमा बेच्ने गरेर श्रमजीवी र पुँजीजीवी गरी परस्पर दुई विरोधी संगठन अहिलेका समाजमा प्रचलित छन् ।

    विभिन्न किसिमका धार्मिक, जातीय वा जस्तासुकै संगठन भए पनि त्यसको निचोड पुँजीले श्रमको शोषण गर्ने अन्तिम निष्कर्षसहित संगठन परिचालन गर्ने गरिन्छ । वर्तमान समाजका सङ्गठन जति सर्वहाराको नेतृत्वमा संगठन निर्माण गरेर सामूहिकताको पाठ सिकाउने अथवा पुँजीपतिको नेतृत्वलाई स्वीकार गरेर नाफा कमाउने पाठ सिकाउने गरी दुई परस्पर विरोधी किसिमका सङ्गठन परिचालित छन् । अरू सबै संगठन ती दुईमध्ये एउटाको पक्षपोषण गरेर अर्कोमाथि शासन गर्ने उद्देश्य राखेर नै संगठन परिचालन भएका हुन्छन् ।

    राजनीति गर्ने भनेको समाजमा भएका दुई परस्पर विरोधी वर्गमध्ये एउटाले राज्यसत्तामार्फत् आफ्नो शासन चलाउन गरिने संघर्ष हो । व्यक्तिगत सम्पत्ति प्रथा सुरु भएपछि अहिलेसम्म सम्पत्तिका मालिक वर्गले शासनसत्तामा रहेर श्रमजीवीमाथि शासन गरिरहेका छन् । श्रमजीवीले आफूलाई वर्गको रूपमा सचेत, संगठित र अनुशासित भई संघर्ष सञ्चालन गर्न गरेका प्रयत्न पनि महत्वपूर्ण छन् । पेरिसमा ७२ दिन, रुसमा ४० वर्ष र चीनमा २७ वर्ष राज्यसत्तामा रहेर शासन गर्ने अवसर पनि प्राप्त भयो । तर त्यो प्रयत्न १० हजार वर्षको अभ्यास, साधन सम्पन्नताको अवस्था आदिको तुलनामा सानो अंश मात्र भयो ।

    अहिले संसारमा कतै पनि मजदुर–किसान र अन्य श्रमजीवीका प्रतिनिधि राज्यसत्तामा रहेर सामूहिक स्वामित्व विकास गरिरहेको अवस्था छैन । तर संसारमा हजारौँहजार श्रमजीवी सचेत, सङ्गठित र अनुशासित भई सत्तामा रहेको अवस्था नभए पनि सत्ताका लागि सङ्घर्ष गरिरहेका छन् । समाजवादी व्यवस्थाको इतिहास र भविष्य पनि छ । लाखौँको संख्यामा सर्वहारा त्यसैका लागि सङ्घर्ष गरिरहेका छन् । सर्वहारा वर्गले सत्ताकब्जा गर्ने रणनीतिले साम्राज्यवादीलाई रातदिन साटो काढिरहेको छ ।

    उनीहरू आतंकित छन् र आफ्नो शोषणलाई बढाइरहेका छन् । अहिले सत्तामा नभए पनि सचेत, सङ्गठित र अनुशासित भएर सत्ताका लागि संघर्ष गर्ने सर्वहारा वर्गको संख्या दिन दुईगुणा रात चौगुनाको दरले बढिरहेको छ । शोषकले जतिसुकै ठुला गरे पनि शोषण अन्त्य गर्ने क्षमता उनीहरूसँग छैन । शोषणलाई बढाउन र क्रान्तिकारी संघर्षलाई मलजल पु¥याउने काम मात्र गर्न सक्छन् । राज्यसत्ताजस्तो श्रमजीवी वर्गलाई शासन गर्ने शक्तिशाली औजार सधैँ जनता विरुद्ध प्रयोग भइरहन सक्दैन । जनता सचेत नहुँदासम्म मात्र त्यो टिक्न सक्छ । जनताले राज्यसत्तालाई नै समाप्त पार्नेगरी सर्वहारा वर्गको शासन सुरु भएर सधैँका लागि शोषणको अन्त्य गर्ने अवस्था ल्याउनमा सङ्गठित प्रयत्न बढिरहेको छ ।

    महत्वका हिसाबले सङ्गठन तेस्रो स्थानमा पर्दछ । सबैभन्दा पहिलो स्थानमा सिद्धान्त पर्दछ । त्यसमा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष र ज्ञानको सिद्धान्तजस्ता कुरा पर्दछन् । दोस्रो स्थान राजनीतिले ग्रहण गर्दछ । त्यसमा समाजवाद, साम्यवाद, रणनीति, कार्यनीति आदि पर्दछन् । तेस्रो स्थानमा मात्र सङ्गठन पर्दछ । तर पनि संगठनले सम्पूर्ण अन्य पक्षसहितको फैसला आफूमा दुईवटा पक्षको ख्याल नराखिकन बनाइएको संगठनले उद्देश्य नभएको अवसरको खोजी गर्ने मात्र काम गर्दछ । निश्चित जिम्मेवारी नभएपछि त्यो संगठनले शोषणलाई बढाउने र आफूहरूले अवसरको उपयोग गर्नेबाहेक अरू रचनात्मक काम गर्द सक्दैन ।

    समाजवाद व्यक्तिगत स्वामित्वमा भएका साधनलाई निषेध गरेर सामूहिक स्वामित्व बढाउँदै लैजाने अवस्था हो । त्यो काम सर्वहारा वर्गको अधिनायकत्वमा सञ्चालन हुने वर्गसंघर्षबाट मात्र सम्भव हुने व्यवस्था हो । निम्न पुँजीपति वर्गले व्यक्तिगत स्वामित्व बढाउने उद्देश्यसहित अवसरको उपयोग गर्नका लागि कम्युनिस्ट पार्टीमा सामेल हुने हुनाले उनीहरूलाई चेतनागत रूपमा र भौतिक रूपमा समेत सर्वहाराकरण नगरेसम्म समाजवादको पक्षमा काम अघि बढ्न सक्दैन ।

    समाजवादी व्यवस्था पुँजीवादी व्यवस्थालाई निषेध गरेर मात्र स्थापना गर्न सकिने भएको हुनाले निम्न पुँजीवादी विश्व दृष्टिकोण र निम्न पुँजीपति वर्गलाई सर्वहारा विश्व दृष्टिकोणले र सर्वहारा वर्गको डण्डाले लगातार हिर्काइरहनुपर्छ । आफू सर्वहाराकरण नभइकन समाजवाद स्थापना र सञ्चालन गर्न नसकिने हुनाले निम्न पुँजीपति वर्गले खोज्ने अवसरलाई पूरै निस्तेज पारेर अनुशासनको मातहतमा बस्न बाध्य पारेपछि मात्र समाजवादको काम अगाडि बढ्छ ।

    वर्गसंघर्ष सञ्चालन गर्नका लागि वर्गीय मुक्तिका लागि वर्ग कस्सिनुपर्दछ भने राष्ट्रिय मुक्तिका लागि त्यो देशका जनता कस्सिनुपर्छ । त्यसकारण क्रान्ति सम्पन्न गर्न र समाजवाद स्थापना गर्न सर्वहारा वर्ग आफै कस्सिनुपर्छ । उद्योगको विकाससँगै सर्वहारा वर्गबाहेकका व्यक्तिले सर्वहारा वर्गलाई धोका दिन्छन् र अवसरको खोजी गर्दै वर्गसंघर्षको क्षेत्र छाड्छन् । त्यसकारणले समाजवादी व्यवस्था स्थापना गर्नका लागि सर्वहारा वर्ग सचेत, सङ्गठित र अनुशासित हुनु पहिलो आवश्यकता हो ।

    पुँजीवादको विकास भएको देशमा पुँजीपति वर्ग र सर्वहारा वर्गको विकास भएको हुन्छ तर पुँजीवादको विकास भइनसकेको देशमा निम्न पुँजीपति वर्गको बाहुल्यता बढी हुन्छ । त्यस्तो अवस्थामा संगठनमा तिनै निम्न पुँजीपति वर्गबाट कम्युनिस्ट पार्टीमा आएका हुन्छन् । ती निम्न पुँजीपति वर्गका व्यक्तिलाई सर्वहाराकरण गर्ने काम उच्च महङ्खवको काम हुन्छ । उनीहरू अवसरको खोजी गरिरहने हुनाले सर्वहारा नेतृत्व र सर्वहारा अधिनायकत्व बढी महत्व हुन्छ । मजदुर वर्ग र सर्वहारा वर्ग उदाउँदो शक्ति हो ।

    दिनदिनै जनताको कित्ताबाट धेरै सर्वहारा वर्गका व्यक्ति उत्पादन भइरहेका हुन्छन् । निम्न पुँजीपति वर्गको कित्ताबाट पनि सचेत, सङ्गठित र अनुशासित हुने क्रममा सर्वहारा वर्गको दृष्टिबिन्दु ग्रहण गरेर आफ्नो भविष्यको विचार गरेर सर्वहाराको कित्तामा सामेल भई काम गर्नेको संख्या पनि बढ्दै जान्छ । क्रान्तिकारी परिस्थिति निर्माण हुँदै जाँदा अवसरको खोजी गर्ने क्रममा उग्रवामपन्थी र दक्षिणपन्थीका साथै मध्यपन्थीको समेत ठुलो सङ्ख्या कम्युनिस्ट पार्टीमा सामेल भएका हुन्छन् । ती सबै अवसरवादी विरुद्ध लगातार सङ्घर्ष गरेर मात्र कम्युनिस्ट पार्टीलाई मजदुर वर्गको पार्टीका रूपमा विकास गर्न सकिन्छ ।

    पार्टीबाहिरका अवसरवादीसँग भन्दा पार्टीभित्रका अवसरवादी विरुद्ध सङ्घर्ष गर्न कठिन हुने भए पनि सङ्घर्ष नगरिकन क्रान्तिकारीकरण गर्ने सजिलो र छोटो बाटो छैन । संगठित शक्तिको ठुलो महत्व हुन्छ । संगठित भएर अनुशासित बनाउने काम फलामलाई चुम्बकले रगडेर फलामलाई चुम्बक बनाउने कामजस्तै हो । बिना उद्देश्यका विभिन्न फरक फरक स्वार्थ र उद्देश्यबाट प्रेरित भएर रहेका समाजका व्यक्तिलाई निश्चित उद्देश्यसहित अनुशासित बनाउने काम पनि अति महत्वपूर्ण काम हो । त्यसका लागि वर्गीय नेतृत्व हुन आवश्यक पर्छ ।

    संगठनमा प्रवेश गर्दा सिद्धान्त, राजनीति र व्यावहारिक क्रियाकलाप तीनवटै पक्षमाथि विचार पु-याउनुपर्छ । सङ्गठित हुनेका नाममा गलतलाई सही मानियो भने हाम्रो जीवनको अमूल्य समयको सदुपयोग हुन पाउन्न । अहिलेसम्मका व्यवस्थामध्ये सबैभन्दा उच्च व्यवस्था समाजवाद र संगठनमध्ये उच्चस्तरीय संगठन कम्युनिस्ट पार्टी हो । धनबहादुर नाम राखेर धनी हुन नसकिने, बलबहादुर नाम राखेर बलियो हुन नसकिनेजस्तै कम्युनिस्ट पार्टीको नाम राखेर मात्रै कम्युनिस्ट हुन नसकिने हुन्छ । कम्युनिस्ट पार्टी उच्च प्रकारको वर्गीय सङ्गठन हो ।

    सर्वहारा वर्गको नेतृत्वमा गठन हुने उक्त पार्टीमा मजदुर वर्गीय अनुशासनको आवश्यकता र महत्व हुन्छ । आफू मजदुर नभइकन अरू मजदुरको पनि मुक्ति गर्न सकिन्न । आफू मजदुर हुने भनेको श्रम बेचेर खर्च टार्ने व्यक्ति हो । शोषक वर्गीय चरित्र आफूमा नहुने हो र निश्चित उद्देश्य पूरा गर्न आफ्नो दैनिक काम व्यक्तिगत आवश्यकता पूरा गर्नेबाट केही बचाएर सामूहिक उद्देश्य पूरा गर्नका लागि अनिवार्य रूपमा लगातार खट्ने हो । सर्वसाधारण जनताभन्दा उच्चस्तरको हुने, सामूहिक स्वामित्वका लागि आफ्नो योगदान थप्ने र थप्न सक्ने हुने हो । आफ्नो योग्यता, क्षमता लगाएर श्रम गर्ने, साथै आफ्ना दैनिक आवश्यकता पूरा गेर सामूहिक स्वार्थका लागि थोरै–धेरै समय खर्च गर्ने व्यक्ति मात्र कम्युनिस्ट बन्न सक्छ ।

    शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.