• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कोरोना भाइरससित तर्सनु पर्दैन, मृत्युसँग डराउनु हुँदैन


  •   मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    अहिले विश्वव्यापी रूपमा नै कोरोना (कोभिड–१९) भाइरसको आतङ्क फैलिएको छ । त्यसको अहिलेसम्म कुनै औषधी पनि फेला परेको छैन । त्यसले गर्दा त्यसको खतराको गम्भीरता अरू बढेर गएको छ । तर त्यो खतराबाट तर्सनु पर्ने कुनै आवश्यकता छैन । किनभने त्यो खतरालाई विश्वव्यापी प्रकारका खतराहरूको ऐतिहासिक पृष्ठभूमिमा हेर्ने हो भने त्यो सामान्य र गौण महत्वको कुरा बन्न जान्छ ।

    जीवन सधैँ मृत्युसँग जोडिएको हुन्छ र प्रत्येक पाइलामा त्यससित जुध्दै जीवन अगाडि बढ्दछ । मृत्यु यस्तो चीज हो, जो प्रत्येक मानिसको जीवनमा स्वाभाविक र अनिवार्य हुन्छ र खाली यत्ति हो कि त्यो कहिले आउँछ भन्ने कुरा हामीलाई थाहा हुँदैन । खाली कैयौँ महामारीका बेलामा मात्र होइन, संसारमा प्रत्येक दिन हजारौँ, लाखौँ मानिसहरूको मृत्यु भइरहेको हुन्छ । मसानघाटमा जानुस्, सधैँ कैयौँ लासहरू जलिरहेका हुन्छन् । त्यसैले हामीहरू कहिल्यै पनि मृत्युसित डराउनु हुँदैन ।

    कुनै रोगबाट बच्नको लागि हामीहरूले सधैँ कोसिस गरिरहनु पर्दछ । त्यही कुरा कोराना भाइरसको सन्दर्भमा पनि सत्य हो । हामीले मृत्युबाट बच्नको लागि सधैँ कोसिस गर्नुपर्छ, यो जान्दा जान्दै पनि कि अन्तमा त्यो हाम्रो जीवनमा अनिवार्य छ । यस प्रकारको मानसिकता वा आत्मबलबाट नै हामीले कोरोना भाइरसमात्र होइन, सबै प्रकारका रोग, मृत्यु वा महामारीको पनि आतङ्कबाट माथि उठ्न सक्छौँ र उठ्नु पनि पर्दछ । यस प्रकारको मानसिकता वा आत्मबल नै कोरोना भाइरस वा मृत्यु माथि विजय प्राप्त गर्नका लागि सबैभन्दा अचुक औषधी वा अजय हतियार पनि हो ।

    कोरोना भाइरस चीनबाट सुरु भयो र त्यहाँ त्यसबाट करिब चार हजार मानिसहरूको मृत्यु भयो र त्यो कारणले विश्वव्यापी आतङ्क फैलियो । तर त्यो सङ्ख्या कुनै ठूलो सङ्ख्या होइन । चीनमा विभिन्न रोग, प्राकृतिक दुर्घटना आदि कारणबाट लाखौँ मानिसहरूको मृत्यु हुँदै आएको छ । तर त्यो कारणले विश्वमा कुनै आतङ्क फिलिदैनन् । त्यसबाट के प्रष्ट हुन्छ भने, कोरोना भाइरसका कारणले मृत्यु भएका मानिसहरूको सङ्ख्याभन्दा त्यो कारणले मनोवैज्ञानिक रूपले मानिसहरूमा पैदा भएको भयका कारणले नै बढी आतङ्क फैलिएको हो ।

    चीनमा बेग्ला बैग्लै समयमा विभिन्न प्राकृतिक दुर्घटना वा रोगहरूका कारणले अहिले कोरोना भाइरसको कारणले भन्दा कैयौँ गुणा मानिसहरूको मृत्यु हुने गरेको छ । चीनमा सन् १९०७ देखि १९११ को अनिकालमा दुई करोड पचास लाख, सन् १९२० को भूकम्पका कारण दुई लाख त्रिहत्तर हजार चार सय, सन् १९३५ मा बाढीका कारण एक लाख पैँतालीस हजार सन् २००८ मा भूकम्पका कारण सतासी हजार पाँच सय सतासी, १९५८–१९६३ को अनिकालमा त्रिचालिस लाख मानिसहरूको मृत्यु भएको थियो । तिनीहरूको तुलनामा अहिले कोरोना भाइरसद्वारा मृत्यु भएको करिब ४ हजार सङ्ख्या एकदम सामान्य र नगण्य हो ।

    संसारका अन्य भागहरूमा पनि विभिन्न प्राकृतिक दुर्घटना, रोग व्याधि वा महामारिका कारणले ठूलो सङ्ख्यामा मानिसहरूको मृत्यु हुने गरेको पाइन्छ । सन् १९१० को भूकम्पका कारण हैटीमा तीनलाख सोह्र हजार, सन् २००५ मा भूकम्पका कारण भारत र पाकिस्तानमा गरी सतासी हजार, सन् २००८ को सुनामीका कारण म्यानमारमा एक लाख अठ्तिस हजार, इटालीमा १९०८ मा भूकम्पकै कारण एक लाख तेइस हजार, १७६९ देखि १७७३ सम्म भारतमा अनिकालद्वारा दश लाख मानिसहरू मृत्यु भएको थियो ।

    लु का कारणले अमेरिकामा १९०१ मा नौ हजार पाँच सय र रूसमा २०१० मा छपन्न हजार मानिसहरू मरेका थिए । सन् १८१७देखि १८२३ को बीचमा हैजाद्वारा वार्षिक २१ हजार देखि १ लाख ४३ हजार जना, सन् १९९८ देखि १९९९ सम्म एक वर्षसम्म चलेको स्पेनिस फ्लु, कारण विश्वमा ५ करोड, सन् १९८१ देखि हालसम्म एचआईभी एड्सका कारण ३ करोड २० लाख, सन् १९०० देखि १९८० का बीचमा विफरद्वारा ३० करोड, सन् १३३२ देखि १८२० का बीचमा कालो मृत्युद्वारा १० करोड मानिसको मृत्यु भएको थियो ।

    माथिको संक्षिप्त विवरणबाट थाहा हुन्छ विभिन्न रूपमा मृत्युले संसारमा सधैँ आक्रमण गर्दै आएको छ । अहिले कोरोना भाइरसको कारणले संसारमा मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब ७ हजार पुगेको बताइन्छ । त्यो संख्या भन्दा त्यसको भयानकता यो कुरामा छ कि त्यो तीव्र गतिले विश्वमा फैलिरहेको छ र त्यसरी आउने दिनहरूमा त्यो संख्या कैयौँ गुणा बढी पनि हुन सक्दछ । तर संसारमा अहिलेसम्म विभिन्न प्राकृतिक घटना वा रोग व्याधिका कारणले मानिसहरूको जुन ठूलो पैमानामा मृत्यु हुने गरेको छ, त्यसको तुलनामा कोरोना भाइरसको कारणले भएको मृत्यु वा आउने दिनहरूमा त्यो कारणले हुने मृत्युको संख्या सामान्य हो ।

    कोरोना भाइरस सर्वप्रथम चीनबाट सुरु भयो । तर अब त्यहाँ त्यसमाथि नियन्त्रण हुँदै गइरहेको छ । वैज्ञानिकहरूले त्यसको नियन्त्रणका लागि पनि औषधिको आविष्कार गर्ने प्रयत्न गरिरहेका छन् । हामीले आशा गर्न सक्दछौँ कि आउने दिनहरूमा छिटै त्यसमाथि नियन्त्रण हुनेछ । त्यसैले त्यो रोगबाट धेरै नै भयभीत हुनुपर्ने आवश्यकता छैन । तैपनि जुनबेला कुनै रोग देखापर्दछ वा परिवारमा एकजना पनि व्यक्तिको मृत्यु हुन्छ, त्यो धेरै नै दुःख र पीडाको विषय हुन्छ । त्यसैले अहिले विश्वमा कोरोना भाइरस जसरी सङ्क्रमण हुँदै गइरहेको छ, कैयौँ देशहरूमा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुँदै गइरहेको छ, त्यसलाई उपेक्षा गर्न पनि मिल्दैन र त्यसमाथि नियन्त्रणको लागि पूरा प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

    कसैको व्यक्तिगत दुःख होस्, प्राकृतिक वा कुनै रोगका कारणले पैदा हुने गम्भीर स्थिति होस् वा कोरोना भाइरस जस्ता रोगहरूका कारणले विश्वव्यापी रूपमा फैलने आतङ्कको कुरा होस्, तत्कालका लागि तिनीहरू जतिसुकै गम्भीर र भयानक भए पनि समय बित्नुका साथै स्थिति सामान्य हुँदै जान्छ र जीवन पुनः स्वाभाविक प्रकारले अगाडि बढ्न थाल्दछ । घरमा कुनै प्रियजनको मृत्युले कसैलाई कति धेरै दुःख र पीडा पुग्दछ त्यो थाहा भएको कुरा हो । तर समय बित्नुका साथै मानिसहरूले त्यो दुःख र पीडा भुल्दछन् र उनीहरू फेरि हाँसेर बाच्न थाल्दछन् । संसारका ठुलाठुला दुर्घटनाहरू वा रोगहरूका कारणले लाखौं करोडौँ मान्छे मरेपनि त्यसले दिएको दुःख र पीडा सधैँ रहन्न ।

    खाली ठुलठुला दुर्घटना वा ठुलठुला रोग व्याधिहरूका कारणले मात्र होइन, सामान्य रूपमा पनि दिनदिनै लाखौँ मानिसहरूको मृत्यु भइरहेको हुन्छ । विभिन्न रोग, दुर्घटना आदिका कारणले मानिसहरूको मृत्यु हुने गर्दछ । रुघा, खोकी, इन्फ्लुएन्जा, ज्वरो, टिभी आदि विभिन्न कारणले दिनदिनै ठूलो सङ्ख्यामा मानिसहरूको मृत्यु भइरहेको हुन्छ । त्यसरी यो भन्न सकिन्छ । मृत्यु एउटा प्राकृतिक, स्वाभाविक र अनिवार्य कुरा हो र संसारमा कोही पनि त्यसबाट बच्न सक्दैन । स्वयं मानिसहरूको पारस्परिक व्यवहारका कारणले पनि ठुलो संख्यामा मानिसहरूको मृत्यु हुने गर्दछ । दिनदिनै मानिसहरूले विभिन्न कारणले मानिसहरूको हत्या गरिरहेका समाचारहरू आइरहन्छन् ।

    युद्धहरूद्वारा पनि ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु भइरहेको हुन्छ । प्रथम र द्वितीय विश्वयुद्धहरूमा करोडौँ मानिसहरूको मृत्यु भयो । ती युद्धहरू बाहेक मानव जातिको इतिहासमा अरू पनि हजारौँ युद्धहरू हुने गरेका असंख्य उदाहरणहरू छन् । हामीले कोरोना भाइरसको विश्वव्यापी संक्रामक रूप र त्यसबाट हुने गरेका मृत्युहरूलाई पनि त्यही प्रकारको विश्वव्यापी र ऐतिहासिक पृष्ठभूमिमा नै बुझ्ने प्रयत्न गर्नुपर्दछ । चीजलाई त्यसरी हेरेपछि त्यसबाट हामीमा पैदा हुने भय र आतङ्कको भावना एकदम समाप्त हुनेछ र हामीले त्यसलाई दृढतापूर्वक र स्थिर भएर सामना गर्न सक्ने छौँ । नत्र भने कोरोना भाइरसले हामीलाई मार्नुभन्दा पहिले त्यस प्रकारको भयले नै हामीलाई मारिसक्ने छ ।

    कुनै पनि कठिन भन्दा कठिन वा ठुलो भन्दा ठुलो दुःख वा खतरालाई हामीले वर्तमान सन्दर्भमा मात्र हेर्ने प्रयत्न ग¥यौँ भने त्यसले हामीलाई वास्तविक रूपमा भन्दा कैयौँ गुणा बढी दुःखित वा आतङ्कित बनाउँछ । हामीले त्यस प्रकारको कुनै दुःख वा खतरालाई एकातिर अतीत र अर्कातिर भविष्यको सन्दर्भमा हेर्ने र बुझ्ने प्रयत्न गर्नुपर्दछ । त्यसको अर्थ यो हो, कुनै दुःख वा विपत प-यो भने हामीले के सोच्नु पर्छ भने, मानिसहरूलाई व्यक्तिगत रूपमा र वर्तमान समयमा जे जति दुःख र आपतहरु पर्दछन, सामाजिक, ऐतिहासिक र विश्वव्यापी रूपमा पनि मानिसहरुलाई त्यो भन्दा कैयौँ ठूलठूला आपत वा विपत परेका थिए भन्ने कुरा थाहा भएपछि तात्कालिक रूपमा व्यक्तिगत रूपमा मात्र होइन, कोरोना भाइरस जस्ता ठूलठूला महामारी पनि हाम्रा लागि सामान्य र हलुका हुन जान्छन् ।

    नेपालकै कुरा गरौं हाम्रो देशमा कुन बेला कुन प्रकारका प्राकृतिक दुर्घटना वा रोग व्याधिका कारणले कति मानिस मरेका थिए भन्ने तथ्यांकहरू हामीहरूसित अत्यन्तै कम मात्रामा उपलब्ध छन् । तैपनि विभिन्न प्राकृतिक घटना, भूकम्प, बाढी पहिरो, विभिन्न प्रकारका आन्दोलनहरूका कारणले पनि नेपालमा ठूलो संख्यामा मानिसहरू मर्ने गरेका छन् । त्यो बाहेक विभिन्न रोग दुर्घटना वा आपसमा झगडा वा विभिन्न प्रकारका अपराधजन्य कारवाहीहरूका कारणले पनि ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु हुने गरेको हुन्छ । एक प्रकारले त्यो हाम्रो दिनदिनैको स्वभाविक कुरा हुन्छ । प्रत्येक पीढीका मानिसहरूको केही समयपछि निश्चित रूपले मृत्यु हुन्छ । ती हामीले दिनदिनै देख्ने वा भोग्ने गरेका कुराहरू हुन् । व्यक्तिगत रूपमा वा राष्ट्रिय रूपमा घट्ने त्यस प्रकारका घटनाहरूले त्यो बेला हामीलाई निकै दुःख पु¥याउँछन् । तर समय बित्दै गएपछि हामीले त्यस प्रकारका घटना वा दुःखहरूलाई बिर्सदै जान्छौँ ।

    समय बितेपछि मात्र होइन, तत्काल पनि हामीले समयभन्दा माथि उठेर त्यस प्रकारका तात्कालिक घटना वा दुःखहरूबारे विचार गर्न सक्नुपर्छ । त्यो अवस्थामा तात्कालीक रूपमा पनि त्यस प्रकारका घटना वा आपत विपतबाट पैदा हुने दुःखबाट हामीहरू बच्न सक्छौँ । मानवीय स्वभावमा स्वभावतः कैयौँ कमजोरीहरू हुन्छन् । तैपनि तात्कालिक रूपमा पनि तिनीहरूबाट माथि उठेर विचार गर्न सक्यौँ भने त्यस प्रकारका आपत विपतहरूबाट पैदा हुने दुःखलाई हामीले धेरै नै कम गर्न सक्दछौं । हाम्रा अगाडि अरू विकल्प पनि छैन । कुनै दुर्घटना घटिसकेपछि वा कसैको मृत्यु नै भइसकेपछि पनि त्यसबाट बच्नको लागि कुनै विकल्प हुँदैन । त्यसकारण कुनै पनि अप्रिय घटनाबाट पैदा हुने दुःखलाई हामीले बिर्सनै पर्दछ । तर समस्या के हो भने कुनै आपत विपत परेपछि वा कुनै घटना घटेपछि कुनै क्षति पुग्नुभन्दा पहिले नै, भविष्यमा कुनै क्षतिपुग्ने आशङ्काले हामीहरू आतङ्कित वा दुःखित हुन थाल्दछौँ । त्यही कुरा अहिले कोरोना भाइरसको सन्दर्भमा पनि भइरहेको छ ।

    कोरोना भाइरसले चीनमा ठूलो क्षति पु-यायो । अब त्यहाँ त्यसको असर केही कम भएको छ । तर त्यसको केन्द्र युरोप भएको छ । इटली, स्पेन र फ्रान्समा त्यसको गति तीव्र भएको छ । दिनदिनै सयौँको संख्यामा मानिसहरूको मृत्यु भइरहेको छ । भारतमा पनि त्यसको संक्रमण भइसकेको छ । दक्षिण कोरिया, जापान आदि देशहरूमा पनि त्यसको संक्रमण भइसकेको छ । तर नेपाल अहिलेसम्म त्यसको सङ्क्रमणबाट बचेको छ वा ‘बचेको छ भन्न सकिन्छ’, किनभने कतिपय मानिसहरुमा त्यसको संक्रमण भएको भएपनि पत्ता नलागेको हुन सक्दछ ।

    अहिले नेपालमा कोरोना भाइरसको संक्रमण भइनसकोको भएपनि विश्वव्यापी रूपमा भएको त्यसको सङ्क्रमण र मानिसहरूको मृत्युको कारणले नेपालमा एक प्रकारको आतङ्कको स्थिति उत्पन्न भएको छ । वास्तवमा यो कुनै दुर्घटना हुनुभन्दा पहिले त्यसको आशंकाले भयभीत हुनु नै हो । जब कि कुनै घटना घटेर त्यसले क्षति पु¥याइसके पछि पनि हामीले उच्च प्रकारको मानसिकत वा आत्मवलद्धारा त्यो दुःखमाथि विजय प्राप्त गर्ने प्रयत्न गर्नुपर्दछ भने त्यो आपत आउनुभन्दा पहिले नै आतङ्कित हुनु वनको बाघले खानुभन्दा पहिले मनको बाघले खाएर जिउदै मर्नु जस्तै हो । कुनै आपत आउनुभन्दा पहिले पनि त्यसलाई रोक्नका लागि पूरा तयारी गर्नुपर्दछ । तर हामीहरू पहिले नै आतङ्कित हुन थाल्यौँ भने कुनै विपदलाई रोक्नका लागि आवश्यक तयारी पनि राम्ररी हुन पाउँदैन ।

    यो सत्य हो कि हाम्रा अगाडि कोरोना भाइरसको खतरा मुख बाएर उभिएको छ । त्यो स्थितिको सामना गर्नको लागि आज सारा देश, जनता सबै राजनीतिक पार्टी, संघसंस्था र सरकार समेत एक भएर उभिनु पर्ने आवश्यकता छ । संसारका विकसित र साधन र श्रोत सम्पन्न देशहरुमा पनि त्यसको संक्रमणलाई रोक्न मुस्किल परेको छ भने नेपालमा त्यसको संक्रमण भयो भने स्थिति कस्तो होला ? अस्पताल, औषधि–उपचार र आधुनिक साधनहरुको अत्यन्त कमि भएको हाम्रो देशमा कोरोना भाइरसको संक्रमण भयोभने त्यसले कति बिकाराल र भयानक रुप लेला ? अनुमान गर्न पनि सजिलो छैन । त्यसका साथै प्रशासनको अत्यन्त गैर जिम्मेवार कार्यप्रणाली र भ्रष्टचार तथा कालोबजारी समेतका कारणले त्यो कोरोना भाइरसले संक्रमणलाई रोक्न धेरैनै मुस्किल पर्ने छ ।

    कोरोना भाइरसको हल्ला सुरु भएपछि केहि व्यापारीहरुले कोरोना भाइरसबाट बच्नको लागि आवश्यक पर्ने मास्क, सेनेसाइजर, वा ग्याँस, पेट्रोलियम, खाद्यान्न आदि सामाग्रीहरू लुकाउन थालेका समाचारहरू प्राप्त भइरहेका छन् । देशमा सङ्कट पैदा हुन थालेको बेलामा त्यसबाट जनतालाई बचाउन सबैले बढीभन्दा बढी योगदान दिन प्रयत्न गर्नुपर्ने ठाउँमा उल्टो कृतिम अभावको स्थिति पैदा गरेर सङ्कटलाई झन् गम्भीर बनाउन प्रयत्न गर्नु साँच्चि कै अत्यन्त अमानवीय र गम्भीर दुःखको कुरा हो । यो कुरा बुझन गाह्रो पर्दैन कि त्यसका पछाडिको उनिहरुको उद्वेश्य पछि ति सामानहरु महँगो मुल्यमा बेचेर बढि सम्पती कमाउनु हो । उनिहरुको त्यस प्रकारको सोचाई, जस्तो कि माथि लेखियो, अमानवियता त हो नै त्यसका साथै देशमा कोरोना भाइरसको महामारी बढो भने त्यो खतरा स्वयम उनिहरु वा उनिहरुका परिवार माथि पनि बज्रन सक्ने छ ।

    मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.