• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

६१ किलो सुन प्रकरणमा ५० जना प्रतिवादी, ३ अर्ब ५० करोड बढी विगो माग दाबी


  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने भएको छ ।

    Advertisement

    बुधवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो प्रकरणमा अमला रोक्कासहित ५० जनालाई प्रतिवादी बनाएर ६१ किलो सुन प्रकरणको प्रतिवेदन वकिल कार्यालयमा बुझाउन लागेको जानकारी दिएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीहरु मध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताए । उनले फरार मध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका उल्लेख गरे । उनले सबैजनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन लागेको बताए ।

    उनले अनुसन्धानका क्रममा तस्करहरुले सिनामंगलबाट फेला परेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको बताउनु भयो । उहाँले योजनावद्ध विदेशी संलग्न भएर तस्करी भएको देखिएको बताए ।

    उनले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने बताए । उनले आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजान लागिएको बताए ।

    सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान नसकिएको बताउनु भयो । प्रमुख बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको बताए । उनले पक्राउ परेकाबिरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरिएको जानकारी दिए ।

    उनले भने, ‘४२ जना टिमले ३५ दिनसम्म अनुसन्धान गरेर आज ६० केजी सुन काण्ड मुद्दाको जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन सहित पेश गर्ने तयारीमा छौं । सुन काण्डमा देखिएका टेक्निकल पाटोहरुलाई हेरेर अनुसन्धानलाई अझ बढी वैज्ञानिक ढङ्गले हेर्ने हिसावले अनुसन्धानको क्रममा ४२ जनाको टिमलाई पनि टेक्निकल टिम भनेर राखौं । अनुसन्धान टिमले बनाएर काम गरियो । ६० केजी भन्सार ऐन अन्तरर्गत अवैध सुन पैठारी तथा संगठित अपराधमा मुद्दा लग्यौं ।’

    उनले थपे, ‘रेडिटे«ड लिंकबाट आयात गरिएको सुन ६० केजी रहेकामा पछि सबैतिरबाट संकलन गर्दा ३ सय दुई किलो देखिएको छ । ३०२.६२ किलो सुन हंकङबाट ल्याएको देखिएको छ । ३०२.६२ केजी सुनको अहिलेको मूल्यमा मूल्याङ्कन गर्दा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो कायम गरेर मुद्दा दर्ता गराउँदै छौं । पक्राउ परेको चाइनिज समूहले पाँच वटा कम्पनीहरु खडा गरेर अन्य सुनहरु ल्याएको पनि देखिएको छ । अहिले रेडिटे«ड लिंकबाट ल्याएको सुनलाई मात्रै अनुसन्धानमा राखेका छौं । अन्य सुनको अनुसन्धान गर्न बाँकी छ । नेपाली नागरिकता बनाउने विदेशी नागरिकहरुको विषयमा थप अनुसन्धान गर्दैछौं । सुनको रकम भुक्तानी डिजिटल रुपमा गरेको देखिएको छ ।’

    सिआइबीले पक्राउ परेको चाइनीज समूहले पाँच वटा कम्पनीहरु खडा गरेर अन्य सुनहरु ल्याएको देखिएको जनाएको छ । नेपाली नागरिकता बनाउने विदेशी नागरिकहरुको विषयमा थप अनुसन्धान गरिने प्रमुख बजाचार्यले बताए । उनले सुनको रकम भुक्तानी डिजिटल रुपमा गरेको देखिएको पनि बताए ।

    सिआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अवलम्वन भएको बताएको छ । फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको सिआइबीले बताएको हो । सुन तस्करीमा चिनियाँ नागरिकहरुको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ ।

    चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सीआइबीले बताएको छ । अनुसन्धानका क्रममा ६ वटा कम्पनीमार्फत सुन ल्याएको देखिएको छ । हङकङबाट आएको सुन लाजिम्पाट र टोखामा गाल्ने गरेका पनि सिआइबीले जनाएको छ ।

    सुन ल्याउनेदेखि व्यवस्थापन गर्नका लागि तस्करहरुले दुईवटा समूह बनाएको देखिएको छ । हर्कराज राईले भन्सारमा आएको सामान गोदाममा पु¥याउने गरेका अनुसन्धानका क्रममा खुलेको छ । युप्टिङ छिरिङले कम्पनी खोल्ने र हर्कराजले कम्पनी खोल्न गरिब नेपाली खोजेर दर्ता गर्ने गरेको देखिएको छ।

    बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.