• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युरोपमा नेपालीको कथा, व्यथा…


  •   सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
  • कृष्ण अधिकारी
    युरोपका धेरै देशमध्य नेपालीको विशेषः रोजाइमा पर्ने देश युके, डेनमार्क, नर्वे, स्विडेन, बेल्जियम, लक्जमबर्ग, पोर्तुगल र स्पेन हुन् । हुन त नेपालीहरू फ्रान्स, जर्मन, स्विटजरल्यान्ड, इटली, नेदरल्यान्ड र फिनल्यान्डमा पनि छन् । यी देशहरू कमै रोजाइमा पर्ने रहेछन् ।

    Advertisement

    युद्धकालका बेला शरणार्थी भएर आएकाबाहेक ३ प्रकारका नेपाली युरोप छिर्ने रहेछन् : १. अध्ययन गर्न स्टुडेन्ड भिसामा आउनेहरू, २. दलालको माध्यमबाट पोल्यान्ड, माल्टा, लिथ्वानिया, चेक रिपब्लिक आदि मुलकहरूको वर्किङ भिसा बनाएर आउनेहरू, ३. भिजिटिङ भिसामा आउनेहरू ।

    यसरी युरोप छिर्नेमध्ये २०/२५ वर्षदेखि यहाँ रहेकाको जीवनस्तर उच्चतहको छ, १०/१५ वर्षदेखिको मध्यमखालको छ र नयाँ आउनेहरू ८/१० वर्षसम्मको जीवन स्तर धेरै कष्टकर र दुःखदायी छ । विद्यार्थी भएर युरोप नै रहनेगरी र मुख्य उद्देश्य काम गर्ने र पैसा कमाउने सोच राख्ने विद्यार्थी, प्रायः युके, डेनमार्क, जर्मन, नर्वे छिरेका हुने रहेछन् र आफ्नो २ वा ३ वर्षे अध्ययन छञ्जेल सम्बन्धित देशमा तोकेको घण्टा काम गर्दासम्म पनि कमाइ ठिकै ठिकै हुने रहेछ ।

    उनीहरूको पढाइ सकिएपछि स्टुडेन्ट भिसाको अवधि पनि सकिएको हुन्छ र मुश्किलले एकाधबाहेक त्यहाँ बस्नु पाउने होइनछन् । त्यसपछि उनीहरू युरोपमा भिसा कागज नभए पनि बस्न पाउने देश खोज्ने रहेछन् । त्यस्ता देशमा युरोपभरिमा भिसा कागज नहुँदा पनि बस्न पाइने देश पोर्तुगल र स्पेन रहेछन् । सम्बन्धित देशको भिसा नसकिँदै धेरै विद्यार्थी यहाँ आएर इन्ट्री गर्ने रहेछन् । केही आफै मिलाएर, केही टुरिस्ट भिसामा आएका र यहाँ लुकेर बस्न चाहने र दलाल मार्फत् टुरको कार्यक्रम मिलाएर ल्याउनेहरू पनि अन्तिममा आएर टेक्किने देश केही केहीको बाहेक धेरैजसोको पोर्तुगल रहेछ ।

    युरोपमा इन्ट्री पाउनेगरि दलाल मार्फत् पोल्यान्ड वा अन्य देशको वर्किङ भिसामा आउनेहरूको पनि अन्तिम गन्तब्य पोर्तुगल नै रहेछ । यसरी पोर्तुगल नेपालीका लागि युरोपको डम्पिङ एरिया नै रहेछ । पहिला धेरै नबुझेरै पुग्दछन् युरोप निम्न वर्गका विद्यार्थीले विदेश पढाइको कल्पना गर्नै सक्दैन । अलि आर्थिक रूपले सम्पन्न मध्यम वर्गीय परिवारका छोराछोरीले नै विदेश पढ्न जाने सपना बोकेका हुन्छन् । त्यसमा हाम्रा सामाजिक मान्यता र बर्गेल्ती खोलिएका एजुकेसन कन्सल्ट्यान्सीका नामका शैक्षिक माफियाले गर्ने विज्ञापनको प्रभावले गर्दा पनि धेरैजसो अव्वल पढाइका विद्यार्थी विदेश जान लालायित हुन्छन् । उनीहरू नेपालका जस्तै सामान्य दैनिकी सोचेका हुन्छन् र त्यहाँ पुग्दासाथ सुखी भविष्य हुन्छ भन्ने भ्रममा हुन्छन् ।

    पछिल्ला समयमा विदेशमा गएका विद्यार्थीका बिचल्लीका घटनाले केही मात्रामा सचेत त बनाएको छ, तर धेरै अञ्जानमै पुग्दछन् विदेश । अलि उच्चतहको अनुसन्धान कार्य वा इन्जिनियरिङ, नर्सिङ र डाक्टरजस्ता प्राविधिक विषयको पढाइ वा निश्चित कुनै विषयमा विद्यावारिधि गर्न गएकाबाहेक अरू पढ्ने निहुँले जाने यहाँका अव्वल मानिएका विद्यार्थी कोही पनि त्यहाँ गएर राम्रो पढाइ गर्दैन । युरोपमा विद्यार्थीका लागि बढी राम्रो मानिएको देश डेनमार्क हो । यहाँ धेरै विद्यार्थी पढ्ने निहुँले आएका हुन्छन् र पढाइमा कम र काममा बढी पेलानमा हुन्छन् ।

    स्टुडेन्टमा जानेहरूले डेनमार्कमा महिनामा जम्मा ८० घण्टा काम गर्न पाउँदा रहेछन् । यो बैध काम हो । डिपेन्डेन्टमा जानेहरूले काम त जति पनि गर्न पाउँदा रहेछन् । तर ३६ प्रतिशत सरकारलाई ट्याक्स (कर) तिर्नुपर्ने हुँदा बैध कामले त्यति फाइदा नहुने हुँदा त्यति रुचि राख्दा रहेनछन् । यसरी बैधानिक प्रकारले कमाएको रकमले बढी कमाउन सक्ने सम्भावना हुने रहेनछ । अतः दिनमा ३/४ घण्टाका दरले अवैध काम गर्ने मौका मिल्यो भने केही पैसा बचाउने रहेछन् ।

    वैध कामको पैसामा करकट्टी गरेर सिधै श्रमिकले बैङ्क खाता मार्फत् बुझ्दो रहेछ । अवैध कामको पैसा सिधै मालिक मार्फत् पाउँछ, जसमा करकट्टी हुँदैन । अवैध काम लगाउनेहरू चेकिङमा परे भने ठुलो रकम जरिवाना तिर्नुपर्ने भएको हुँदा अवैध काम कम पैसामा कजाउने रहेछन् । रैथाने बस्दै आएका नेपालीमा त्यति दौडधुप देखिँदैन । जति विद्यार्थी भिसामा जाने केटाकेटीमा देखिन्छ ।

    जम्मा ३ वर्षको भिसा अवधिमा जति सक्यो, घोट्टिएर काम गरे भने जाँदाको खर्च, कलेज शुल्क आदि कटाएर पनि ३०/४० लाख मिहिनती जोडीले कमाउने रहेछन् । प्रायः स्नातक पढाइका लागि पुग्दछन्, विद्यार्थी डेनमार्क । विवाहितमध्ये केटा वा केटी, जसको विद्यार्थी भिसा लागे पनि दुवैजना डेनमार्क पुगे भने मात्र सजिलो र कमाइ पनि हुन्छ । एक्लैमा कमाइ खास बच्दैन ।

    कतिपय स्नातक पढाइ पूरा नगरी भाग्ने पनि रहेछन् स्पेन, पोर्तुगलतिर । जहाँ भिसा सकिए पनि टी.आर. (अस्थायी दर्ता) गराएर बस्न सकिन्छ । धेरैजसो ३ वर्षे भिसा छञ्जेल काम गर्न पाउने भएकाले पैसा जम्मा गरेर पुग्दछन्, पोर्तुगल । यहाँ स्नातक गरेर स्नातकोत्तर पढाइको अवसरको त कसैले आस नै गर्दैन । स्नातकोत्तर गरे पनि नेपालीका लागि शैक्षिक योग्यतानुसारको जागिर असम्भव प्रायः देखे मैले यहाँ । ग्रिनकार्ड पाएर गएका थुप्रै साथीहरू भेटेँ मैले डेनमार्कमा । उनीहरू यहाँ नेपालमा कोही प्राध्यापक थिए, कोही साइन्स, म्याथका अव्वल मास्टर र कोही सरकारी जागिरे पनि ।

    डेनमार्कको ग्रिनकार्ड भनेपछि हुत्तिइहाले युरोप । मैले उनीहरूलाई “के काम गर्दछौँ” भनेर सोधेँ । प्रायःजसो होस्टलका क्यान्टिनहरूमा कतिपय होटल र कोही दुकानमा काम गर्नेहरूबाहेक अलि उच्चस्तरको जागिर खाएका कसैलाई भेटिनँ मैले त्यहाँ । तर पनि उनीहरू सुखी र सम्माननीय जीवन भने बिताएको पाएँ । काम ठुलो वा सानोका आधारमा त्यहाँ कसैलाई कुनै भेदभाव हेलाँहोचो हुने रहेनछ । राज्य सबैका लागि परोपकारी राज्य भएर त महिरत्ते गर्ने रहेछन् त्यहाँ पुग्न ।

    विद्यार्थी भएर वा अन्य कुनै माध्यमबाट जानेहरू भने त्यहाँ आफ्नो भिसा अवधि नसकिने बेलासम्म बाहेक बस्न पाउँदैन । डेनमार्क होस् वा नर्वे, युके, बेल्जियम अथवा अन्य युरोपका कमाइ हुने देशहरू त्यहाँ रैथाने भएर बस्न पाउने हुनका लागि पोर्तुगल देश सबैका लागि सजिलो रहेछ । पोर्तुगलमा ७/८ वर्ष बिताएपछि केही निश्चित शर्त पूरा गरेर रातो पासपोर्ट पाउँदा रहेछन् । त्यो भएपछि बल्ल युरोपका जुनसुकै देशमा गएर बसोबास गर्न र काम गर्न सकिने रहेछ ।

    अतः विद्यार्थी भिसामा गएका हुन् वा वर्किङ भिसा लिएर युरोप छिरेका वा टुरिस्ट भिसा बनाएर लुक्ने उद्देश्यले गएका हुन सबैका लागि पोर्तुगल रातो पासपोर्ट बनाउने गन्तव्य क्षेत्र रहेछ । पोर्तुगल छिरेपछि अब सुरु हुन्छ, पोर्तुगलको ८/१० वर्षको कष्टकर बसाइँ । २/३ वर्ष अस्थायी कार्ड बनाउन लाग्दछ । यो भयो भने आफ्ना देश आउने–जाने गर्न पाइयो । कमाइका आधारमा जहान–केटाकेटी लैजान पनि पाइयो । विद्यार्थी भिसामा युरोप आएका जोडीले बल्ल यहाँ आएपछि त्यहाँ जम्मा गरेको पैसाले खर्च पु-याएर बच्चाबच्ची जन्माउन सुरु गर्दा रहेछन् ।

    बस्न पाए पनि युरोपभरिमा सबभन्दा कम ज्याला पोर्तुगलमा रहेछ । सुरुसुरुमा त १२/१३ घण्टा काममा जोत्तिएर पाउने तलब जम्मा ५/६ सय हुँदो रहेछ । अस्थायी कार्डसम्म बनेपछि बल्ल मुश्किलले ८/१० सय हुने रहेछ । श्रीमान/श्रीमतीले काम गर्न पाए भने १७/१८ सय । अन्य ठाउँको तुलनामा रहनसहन यहाँ सस्तो पर्ने हुँदा धेरै कमाइ गर्न नसके पनि यहाँ टिक्न भने सजिलै सकिने रहेछ । दुःख नगरेका र दुःख गर्न नसक्नेलाई भने यहाँ बस्न त्यति सजिलो छैन ।

    लिस्बनमा नयाँ आएका गाउँका धेरैलाई भेट्न खोजेँ मैले । तर फुर्सद नै नमिल्ने उनीहरूलाई । एकाधलाई भेट्न म कोठामै पुगेँ । राती ११ बजे उनी आइपुगे बल्ल कोठामा । अलि पुरानो घर, एउटा फ्ल्याटमा ३/४ वटा कोठा लिए पनि बस्न भने २/३ जनाले कोठा बाँडेर बस्दा रहेछन् र चुलो भने सबैको एउटै हुँदो रहेछ । प्रत्येकको आ–आफ्नै फ्रिज । त्यही फ्रिजमा अघिल्लो दिन वा बिहान पकाएको खाना । राती ११/१२ बजे कोठामा आएर त्यही खाना तताएर खायो अनि घप्लक्कै सुत्यो ।

    केही यस्तै जीवनयापनका कोठाहरूको पाहुना बनेर म पोर्तुगज र स्पेनमा १२/१५ दिनको यहाँको बसाइँमा । स्थायी बसोबास नहुनेहरूको जीवनकथा यस्तै पाएँ मैले यहाँ । न्यूनतम ८ वा १० वर्ष पोर्तुगलमा कष्टकर भोगाइ गुजारेपछि धेरैले रातो पासपोर्ट गराउन सक्दा रहेछन् । अनि बल्ल सुरु हुन्छ, युरोपको स्थायी बसोबासको प्रक्रिया ।

    रातो पासपोर्ट बनेपछि धेरैको रोजाइ हुन्छ लन्डन । त्यसपछि आफूलाई सहज लाग्ने र धेरै कमाइ हुने देशहरू डेनमार्क, नर्वे, बेल्जियम आदि । काम पाउन र जहाँ पनि स्थायी बसोबास गर्न सकिन्छ रातो पासपोर्ट भएपछि युरोपका देशहरूमा । पोर्तुगलमै पनि स्थायी बसोबास गर्ने नेपालीहरूको अवस्था राम्रै छ । तर धेरैजसो रातो पासपोर्ट भएपछि यहाँ बस्न रुचि राख्दैनन् । त्यसैले फेरि नयाँ गन्तव्य देशमा गएर सुरु हुन्छ, नेपालीहरूको नयाँ जीवन ।

    थप बच्चाबच्ची जन्माउने, राम्रो जागिर खाने, घर किन्ने, गाडी किन्ने दिन बल्ल सुरु हुन्छन् । यसका लागि पनि ५/७ वर्ष त लागिहाल्छ । यसरी युरोप छिरेको १५/१६ वर्षपछि (भाग्यले साथ दियो भने…..!?) बल्ल सुरु हुन्छ सुखको दिन । अतः हामीले सोचेजस्तो सजिलो रहेनछ युरोप ।

    सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.