तमघासबजार । गुल्मी मुसिकोट नगरपालिकाको वामिटक्सारमा छोरा नभएपछि छोरीले नै आमाको काजकिरिया गरिरहनुभएको छ ।
८९ वर्षीय आमा चम्मादेवी श्रेष्ठको साउन ७ गते निधन भएपछि आमा पालेर बसेकी विष्णुमति श्रेष्ठले १३ दिने काजकिरियामा बस्नुभएको हो ।
विष्णुमति श्रेष्ठ राष्ट्रिय जनमोर्चा मुसिकोट पालिका समितिकी कोषाध्यक्ष हुनुहुन्छ । उहाँ रक्तिम सांस्कृतिक अभियानकी कलाकारसमेत हुनुहुन्थ्यो ।

शोकसभा सम्पन्न
यसै सन्दर्भमा स्मृतिशेष चम्मादेवी श्रेष्ठको स्मृतिमा वामिटक्सारमा २०८० साउन १५ गते शनिबार शोकसभा सम्पन्न भएको थियो ।
राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, राजमो जिल्ला उपाध्यक्ष टेकबहादुर केसी, जिल्ला सचिव छविलाल सर्तुङी, सहसचिव हरि न्यौपाने, जिल्ला सदस्य गुमानसिंह पुनलगायतको उपस्थिति सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले विष्णुमति श्रेष्ठलाई श्रद्धाञ्जली स्मरण हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो मुसिकोटका अध्यक्ष आत्माराम न्यौपानेले र सञ्चालनन सचिव बाबुराम खरेलले गर्नुभएको थियो ।

