काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
Advertisement
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनमा तारबार गर्न २०८० असार १७ गते आइतबार त्यहाँ पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले सो अल्टिमेटम दिएको हो ।
पाण्डे नेतृत्वको डेढ सयभन्दा बढी महानगर प्रहरीको टोली ललितानिवास पुगेको थियो ।
सार्वजनिक जग्गा संरक्षण गर्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले महानगरले ललितानिवास जग्गाभित्र बनेका संरचना हटाउन प्रशासनले यस्तो निर्देशन दिएको उहाँले बताउनुभयो ।
यदि सातदिने अल्टिमेटमभित्र संरचना हटाउन अटेर गरे महानगरले आफैँ हटाउने महानगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।