काठमाडौं । आज (असार १७ गते) प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
Advertisement
संसद् सचिवालयका अनुसार आजको बैठकमा आर्थिक विधेयक, २०८० बारे छलफल हुने र त्यसमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा छ।
आजै राष्ट्र ऋण उठाउने विधेयक, २०८० को दफावार छलफल गरिने र यसमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
यसपछि अर्थमन्त्री महतले उक्त विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ।
सम्भावित कार्यसूची
