• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अहिले यो सरकारलाई ढाल्नु भनेको भारतले चाहेको सरकार ल्याउनु हो : शर्मा


  •   शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । वामपन्थी नेता आनन्द शर्माले अहिलेको सरकारलाई ढाल्नु भनेको अन्तत: भारतले चाहेको सरकार बनाउन भएको बताउनुभएको छ ।

    Advertisement

    अन्तर्राििष्ट्रय नेपाली एकता समाजले २०८० असार १ गते आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रशिक्षण दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘हामी सबैलाई थाहा छ, अहिले संसद्को शक्ति सन्तुलनको आधारमा जम्मा दुई प्रकारका सरकार बन्न सक्छन्’ उहाँले भन्नुभयो– ‘एउटा अहिले बनेको सरकार, जो अहिलेसम्म गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा उभिएको छ† अर्को त्यो सरकार, जो एमाले, राप्रपा, रास्वपासहितको बन्छ, त्यो प्रतिगमनको पक्षमा उभिन्छ ।’

    उहाँले भन्नुभयो– ‘यो आम रूपमा थाहा भएको विषय हो, एमाले, राप्रपा, रास्वपासहितको सरकारलाई भारतीय साम्राज्यवादको समर्थन रहन्छ ।’

    नेता शर्माले दोस्रो प्रकारको प्रतिगामी सरकार बन्नु भनेको देशमा प्रतिगमनलाई निम्त्याउनु भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘यस खालको विशिष्ट परिस्थितिमा हामीले यो सरकारलाई समर्थन गरेका हौँ ।’

    ‘तर त्यसको अर्थ यो सरकारले गरेका गलत कामको पनि समर्थन गर्नुपर्छ होइन’ वामपन्थी नेता शर्माले भन्नुभयो– ‘यदि सरकारका गलत कामको पनि समर्थन गर्ने भए त हामी सरकारमा सामेल भइहाल्थ्यौँ नि ।’

    क्रान्तिकारी रूपान्तरणका लागि तीन अभियान
    प्रशिक्षणको क्रममा नेकपा (मसाल) को पार्टीस्तरमा र जनस्तरमा क्रान्तिकारी रूपान्तरणका लागि एक बर्से तीन अभियान सुरु गरिएको बताउनुभयो ।

    ‘तीन अभियानको दुईओटा उद्देश्य छ’ उहाँले भन्नुभयो– ‘एउटा जनस्तरमा पार्टीको भूमिका र छवि प्रभावकारी र बनाउने, अर्को, पार्टीलाई क्रान्तिकारी भूमिकामा उभ्याउने ।’

    ‘जनताको माझमा कम्युनिस्टको बारेमा भ्रम छ । हँसियाहथौँडा बोकेका जस्ता पार्टी पनि कम्युनिस्ट हुन् भन्ने छ । त्यसो होइन, क्रान्तिकारी कम्युनिस्ट पार्टी यस्तो हुन्छ भनेर जनतालाई बताउने एउटा तरिका हो’ नेता शर्माले यी दुई भूमिकाको सङ्क्षेपमा चर्चा गर्दै भन्नुभयो– ‘अर्को पार्टीको नीतिमा दृढतापूर्वक उभिनु, घोषित पार्टीलाइनको पक्षमा एकमता स्प्रिट कागम गर्नु ।’

    उहाँले आगामी २०८१ वैशाखभित्र यस्तै क्रान्तिकारी रूपान्तरणसहितको पार्टी बनाउन तीन अभियान सुरु गरिएको बताउनुभयो ।

    ‘अरू नामका कम्युनिस्ट पार्टीभन्दा हामी क्रान्तिकारी र अनुशासित छौँ’ उहाँले भन्नुभयो– ‘तर कम्युनिस्ट पार्टी जस्तो हुनुपर्दथ्यो, त्यस्तो छैन । हामीले त्यस्तो कम्युनिस्ट पार्टी बनाउने हो ।’

    उहाँले क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ता अर्को ग्रहबाट नआएर हामीमध्ये बाटै तयार हुने धारणा पनि राख्नुभयो ।

    शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.