देउखुरी । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबि पेश गर्नुभएको छ ।
Advertisement
चौधरीले ५४ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
आजै ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
चार जना मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन् । फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन्।
मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ ।
