काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (छैठौं) ले थप तीन स्थानमा जित हासिल गरेको छ । सुदूर पश्चिमका दुईवटा क्याम्पस र लुम्बिनी प्रदेशको एउटा गरी तीन वटा क्याम्पसमा स्ववियुमा प्रतिनिधित्व गरेको हो ।
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा अखिल (छैठौं) का महेश शर्मा निर्वाचित हुनुभएको छ । शर्मा ८९३ मतसहित विजयी हुनुभएको हो ।
सो क्याम्पसमा अखिलको संयुक्त प्यानल विजयी भएको छ । सभापतिमा संयुक्त प्यानलका माधव खत्री ७५६ मतसहित विजयी हुनुभएको हो ।
यता, सुदूरपश्चिमको दार्चुलास्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल (छैठौं) का विमला जोशी पन्त निर्वाचित भएको अखिल (छैठौं) का केन्द्रीय कोषाध्यक्ष हेमराज भट्टले जानकारी दिनुभएको छ । गोकुलेश्वरमा सर्वसम्मत स्ववियु चयन गरिएको हो ।
यस्तै, कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा अखिल (छैठौं) का दिनेश खड्का निर्वाचित हुनुभएको छ । खड्काले ३९१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धीले १९७ मत ल्याएका छन् । खड्का अखिल (छैठौं) कैलालीका कोषाध्यक्ष हुनुहुन्छ ।
अखिल (छैठौं) बाट स्ववियुमा निर्वाचित प्रतिनिधिलाई राजमो प्युठानद्वारा सम्मान
स्ववियु निर्वाचन : अखिल (छैठौं) बाट को कहाँ निर्वाचित ?