• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जनवादी शिक्षाका लागि जनवादी व्यवस्था


  •   शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    जनवादी शिक्षाभन्दा सर्वसाधारण जनताको समस्या सजिलै समाधान हुने शिक्षा भन्ने बुझिन्छ । जनताका समस्या धेरै भए पनि मुख्य समस्या खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगार नै हुन् । यी समस्या सामूहिक प्रकृतिका छन् । समाजमा व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन हुने व्यवस्था कायम छ । व्यक्तिहरूले काम गर्ने भनेको कि उत्पादनको क्षेत्रमा हो कि सेवाको क्षेत्रमा हो ।

    उत्पादनको क्षेत्रमा र सेवा क्षेत्रमा काम गर्न जाँदा ती क्षेत्रमा व्यक्तिगत स्वामित्व कायम भएको हुनाले त्यहाँ नाफा कमाउनका लागि ज्याला दिएर काम गराउने व्यवस्था छ । काममा लगाउने व्यक्तिले नाफा कमाउँछ । काम गर्नेले उसका घटीभन्दा घटी आवश्यकता पूरा हुनेगरी श्रम गर्न बाध्य हुन्छ । त्यसो भएन भने उसले रोजगारी पाउन्न । बेरोजगार भए झनै अप्ठेरो पर्ने हुनाले राजेगार हुन अथवा घटीभन्दा घटी सुविधामा रोजगार बन्न बाध्य हुन्छ ।

    जनस्तरमा यस्तो समस्या भइरहेको अवस्थामा राज्यसत्ताले राज्यस्तरमा शिषण संस्था आफै सञ्चालन गर्ने अथवा अनुमति दिएर सञ्चालन गर्न दिए पनि नाफा कमाउन पाउनेगरी काम हुन्छ । नाफा कमाउनका लागि खोलिएका विद्यालय भएसम्म र नाफा कमाउन पाउने व्यवस्था भएसम्म सरकारी स्तरमा खोलिएका शिक्षण संस्थामा पठाउने प्रशिक्षकसमेतले नाफा कमाउन खोलिएका संस्थामा जिम्मेवारीपूर्वक श्रम बेच्ने र सरकारी संस्थामा बेवास्ता गर्ने काम रोकिन्न । किनभने राज्यसत्ताका अन्य क्षेत्रमा समेत चर्को भ्रष्टाचार भइरहेको हुन्छ । भ्रष्टाचार पनि नाफा कमाउने एउटा एकाइको रूपमा रहिरहेको हुन्छ । त्यो भ्रष्टाचार रोक्ने हो भने नाफा कमाउने एकाइ समाप्त पार्नुपर्छ र सबैले ज्याला खाने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि श्रमजीवी जनता सचेत र सङ्गठित भई भ्रष्टलाई कारबाही गर्न सक्ने अवस्थामा हुन सक्नुपर्छ । त्यसो गर्नुपर्ने हुनाले त्यसलाई व्यवस्थामा आमूल परिवर्तन गर्ने भनिएको हो ।

    जनवादी व्यवस्था भनेको जनताप्रति उत्तरदायी हुने व्यवस्था हो । जनताप्रति उत्तरदायी हुन्छ भनेर ठुला ठुला भाषणले मात्र हुन्न, जनताको समस्याप्रति जवाफदेही बन्न सक्नुपर्दछ । समाजमा विरोधी वर्ग र विरोधी उद्देश्य भएसम्म वर्गसङ्घर्ष चलिरहेको हुन्छ । समस्या सामूहिक प्रकृतिका भएको हुनाले समाधान पनि सामूहिक किसिमले नै गर्नुपर्दछ । प्रकृतिले सित्तैमा उपलब्ध गराएका जमिन, जल र जङ्गलका साथै हावा, प्रकाश र अन्य खनिज वस्तुसमेतको स्वामित्व व्यक्तिगत हुनुहुन्न । ती सबै मान्छेले सामूहिक रूपमा उपयोग गर्न पाउने व्यवस्था हुनुपर्दछ । त्यस्तो नभएको हुनाले वर्ग र वर्गसङ्घर्ष सुरु भएको हो ।

    अर्को कुरा, हाम्रा दैनिक आवश्यकताका वस्तु कुनै पनि एकजनाको प्रयत्नले तयारी अवस्थामा आएका होइनन् । हजारौँजना व्यक्तिको परिश्रमका कारणले तयारी अवस्थामा आएका हुन्छन् । उद्योग, खेतीजस्तो उत्पादनका साधनमा धेरै जनताको श्रम मिसिएको हुन्छ । तिनीहरूको स्वामित्व व्यक्तिगत बनाउँदा मान्छेले मान्छेलाई शोषण गर्ने र गर्न सक्ने अवस्था सुरु हुन्छ । अन्य राज्यसत्ताजस्तो ठुलो सङ्गठित संस्थासमेत शोषण गर्नेको पक्षमा काम गर्न लाग्दा बहुमत श्रमजीवी जनता त सोझै शोषणको चपेटामा पर्ने नै भए ।

    त्यसैले व्यवस्थामा आमूल परिवर्तन गर्न राज्यसत्तामा आमूल परिवर्तन गर्नुपर्छ । त्यो गर्ने भनेको श्रमजीवी जनताले राज्यसत्तामा आफ्नो कब्जा जमाउन र विरोधी वर्गबाट जोगाएर सञ्चालन गर्न सक्नुपर्छ । त्यसो गर्न नसक्ने हो भने शिक्षण संस्था नाफा कमाउने एकाइ हुन्छन् र सम्पन्न वर्गका सेवक उत्पादन गर्ने काम हुन्छ । सर्वसाधारण जनताका छोराछोरी प्राविधिक र वैज्ञानिक शिक्षाबाट बञ्चित हुन्छन् । सरकारी स्तरमा शिक्षण संस्थाले गर्न सक्ने भनेको शुल्क माफी हो । शुल्क तिर्नेभन्दा खाने, लाउने, बस्ने र अन्य आवश्यक सामान जुटाउने चर्को समस्याले गर्दा विद्यालयमा पढ्न जान नसक्ने अवस्थामा हुन्छन् । व्यक्तिगत सम्पत्ति धेरै भएकालाई सुविधैसुविधा र गरिबलाई अभावैअभावको अवस्था सृजना हुन्छ । परिणाममा धनी झन् धनी र गरिब झन् गरिब हुने अवस्था बढ्दै जान्छ ।

    जनवादी शिक्षाका लागि विद्यार्थीलाई खाने, बस्ने र पढ्ने व्यवस्थासहितका शिक्षण संस्था हुनुपर्छ । त्यसका लागि उत्पादनका साधन सामूहिक स्वामित्वमा हुनुपर्छ । त्यहाँ विद्यार्थी भर्ना भई शिक्षा र उत्पादन एकसाथै गर्न पाउनुपर्छ । नाफाका लागि खोलिएका शिक्षण संस्थाबाट त्यस्तो व्यवस्था सम्भव छैन । त्यस्ता शिक्षण संस्था व्यक्तिगत बनाइयो भने चर्को खर्चले गर्दा सर्वसाधारण जनताका छोराछोरीलाई त्यहाँ भर्ना भएर शिक्षा आर्जन गर्न सम्भव छैन । फेरि देशका नियम, कानुन र व्यवस्था व्यक्तिगत सम्पत्ति थप्न पाइने भएसम्म शिक्षण संस्थामा पनि नाफा कमाउन पाउने व्यवस्थाको अन्त्य हुन सक्दैन ।

    सरकारी स्वामित्वको जग्गा र भवन भए पनि व्यवस्थापनमा खट्ने व्यक्तिले नाफाको उद्देश्य राख्दासम्म त्यहाँ राम्रो व्यवस्थापन हुन सक्दैन । त्यो संस्थाको व्यवस्थापन बिगारेर आफूलाई नाफा हुने व्यवस्थापनको पक्षमा व्यक्ति लाग्छन् । त्यसैले स्वामित्व व्यक्तिगत बनाउन छुट दिँदासम्म सामूहिक स्वामित्वको व्यवस्थापन राम्रो हुन सक्दैन । अर्को कुरा, पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्था परस्पर विरोधी व्यवस्था भएकाले एउटाले अर्कालाई निषेध गर्ने काम हुन्छ । पुँजीवादी बाटो हिँड्ने र समाजवादी बाटो हिँड्नेबिच जीवन–मरणको सङ्घर्ष चलिरहेको हुने हुनाले शिक्षण संस्थामा पनि त्यसको प्रत्यक्ष प्रभाव परिरहन्छ । वर्गसङ्घर्षले छुट पाउने जनवादी व्यवस्था हो ।

    त्यो व्यवस्थामा मात्र बहुमत श्रमजीवी जनताले अल्मपतमा रहेका पुँजीपति र सामन्त विरुद्ध वगसङ्घर्ष सञ्चालन गर्न छुट पाउँछन् । त्यसका लागि राज्यसत्ता जिम्मेवार हुन्छ । अल्पमतमा रहेका पुँजीपति वर्ग वा सम्पन्न वर्गको पक्षमा राज्यसत्ता भए बहुमत श्रमजीवी जनतालाई दबाउने काम त्यही राज्यसत्ता भए बहुमत श्रमजीवी जनतालाई दबाउने काम त्यही राज्यसत्ताले गर्छ र त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा पर्दछ । एकातिर, पाठ्यक्रम बनाउँदाखेरि सम्पन्न वर्गको सेवा पुग्ने वा सेवक उत्पादन गर्नेगरी पाठ्यक्रम तयार गरिन्छ । अर्कातिर, वैज्ञानिक जमानामा विज्ञान प्रविधिको जानकारी नभएका जनशक्ति उत्पादन गरिन्छ । यी दुवै तरिका प्रयोग गर्नुको मुख्य योजना एकातिर, बेरोजगारीको उत्पादन गर्ने, अर्कोतिर, पुँजीपतिको सेवक उत्पादन गर्ने दुवै किसिमले सम्पन्न वर्गीय स्वार्थ पूरा गरेर बहुमतको सङ्ख्यामा रहेका श्रमजीवीलाई दबाउने काम हुन्छ ।

    जनवादी शिक्षामा देशमा भएका साधनश्रोतलाई उपयोग गर्न आवश्यक जनशक्ति उत्पादन गर्नुपर्छ । त्यसका लागि सबभन्दा पहिले देशमा कति सङ्ख्यामा र कुन कुन विषयका जनशक्तिको आवश्यकता छ ? त्यसको तथ्याङ्क निकालेर त्यसैअनुसारका शिक्षण संस्था र शैक्षिक जनशक्ति परिचालन गरिन्छ । कोही कतै बेरोजगार नहुनेगरी व्यवस्थापन गर्नुपर्छ । अर्कातिर, शैक्षिक संस्था पहिलो दर्जाका उत्पादनका केन्द्र बनाउनेगरी शिक्षा र उत्पादनलाई एकसाथ अघि बढाइन्छ । शिक्षण संस्थामा वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोग तीनवटै क्षेत्रमा ध्यान पुग्नेगरी शिक्षा दिने काम गरिन्छ । वर्गसङ्घर्षमा विरोधी वर्गका विरुद्ध, उत्पादन सङ्घर्षमा आवश्यकता पूरा गर्न गरिने सङ्घर्ष र वैज्ञानिक प्रयोगमा ती दुवै क्षेत्रमा मानवजातिले अहिलेसम्म पत्ता लगाएका उच्चतम ज्ञानलाई व्यवहारमा लागु गर्ने शिक्षा दिइन्छ ।

    माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओत्सेतुङ पाँचैजना वर्गसङ्घर्षका वैज्ञानिक हुन् । उनीहरूले आफ्नो जीवनकालमा पत्ता लगाएका वर्गसङ्घर्षका शिक्षा आफ्नो देश र आफ्नो समाजमा लागु गर्ने उच्चतम प्रयत्न पहिलो वर्गसङ्घर्षको काम हो । वर्गसङ्घर्षको बारेमा सबै नागरिक सचेत भई सङ्गठित हुनुपर्ने पहिलो आवश्यकता हो । दोस्रो आवश्यकता उत्पादन सङ्घर्षको हो ।

    प्रकृति विरुद्धको सङ्घर्षमा हजारौँ वैज्ञानिकले संसारभरिका विभिन्न देशबाट हाम्रा आवश्यकताका वस्तु उत्पादन गर्ने नयाँ विधि र तरिका पत्ता लगाएअनुसारको उच्च प्रविधि प्रयोग गरेर उत्पादन गर्ने शिक्षा दिने काम दोश्रो आवश्यक शिक्षा हो । उपर्युक्त दुवै क्षेत्रमा हाम्रो समाजमा काम भइरहेका छन् । परम्परागत तरिका प्रयोग भइरहेका छन् । ती तरिकामा वैज्ञानिक तरिका सिकाउनमा फरक पर्ने मात्र होइन, परस्पर विरोधीसमेत हुने हुनाले वर्गीय स्वार्थअनुसार काम गर्न राज्यसत्ता उपयोग हुने गर्दछ । त्यसकारण राजनीतिमा वर्गसङ्घर्ष लागु गर्ने पहिलो आवश्यक शर्त हो ।

    वर्गसङ्घर्ष सञ्चालन गर्न आवश्यक पर्ने पहिलो शर्त वर्ग दृष्टिकोण वा विश्व दृष्टिकोण हो । आफू गरिब भएको श्रमजीवी वर्गमा सम्पन्न वर्गीय दृष्टिकोण भएको हुनाले उसले गरिबीको मार सहेर जीवन गुजारिरहेको परम्परागत अवस्था हो । वर्ग छ तर वर्ग दृष्टिकोण छैन । गरिब छ तर उसको विरोधी वर्गीय दृष्टिकोण भएकाले धेरै पुस्तादेखि सम्पन्न वर्गीय शोषणको भारी बोकिरहेको छ । थोरै थोरै व्यक्तिगत सम्पत्ति भएको निम्न पुँजीपति छ । उसले धेरै व्यक्तिगत सम्पत्ति बनााएर अरूलाई कजाउने र आफू सुविधासम्पन्न भई जीवन बितउाने उद्देश्यसहित काम गर्छ । त्यो उसको दुःख–कष्ट बेहोर्ने र बेहोर्न बाध्य बनाउने त्यही उसको सम्पन्न वर्गीय विश्व दृष्टिकोण हो । आफूजस्ता हजारौँहजारको सङ्ख्यामा रहेका श्रमजीवी वर्गका व्यक्तिसँग सहकार्य गर्ने होइन, उनीहरूको शासन गर्ने शासक बन्ने सपना देख्छ । उसको मुक्तिका लागि सबैभन्दा ठुलो बाधक त्यही सम्पन्नवर्गीय विश्व दृष्टिकोण हो ।

    जनवादी व्यवस्था सर्वहारा वर्गको नेतृत्वमा स्थापना हुने समाजवादी व्यवस्थाको एकाइ हो । जनवादी व्यवस्था सर्वसाधारण मिहिनेतकश जनताको सहयोग र सहभागितामा स्थापना हुने पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाले सामन्ती र अर्ध औपनिवेशिक अवस्थाको समाजलाई समाजवादी समाजसँग जोड्ने पुलको काम गर्दछ । सामूहिक श्रम, सामूहिक स्वामत्वि र स्थीर पुँजीको बृद्धि गरेपछि स्वाभाविक रूपमा समाजवादी व्यवस्थामा समाज रूपान्तरण हुन्छ । यो व्यवस्था सुरु हुँदा जनवादी अधिनायकत्व लागु हुनेगरी सुरु हुन्छ र सर्वहारा वर्गको विकास भएपछि त्यो समाजमा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत पुँजीलाई प्रोत्साहन र उत्साहित गर्ने तरिकाबाट सामूहिकतामा लैजाने र सामन्ती तथा पुँजीपतिको स्वामित्वमा रहेको सम्पत्तिलाई वर्गसङ्घर्षबाट राज्यको स्वामित्वमा रहेको सम्पत्तिलाई वर्गसङ्घर्षबाट राज्यको स्वामित्वमा लैजाने काम गर्दै सर्वहारा वर्ग र स्थायी पुँजी विकास भएपछि समाज सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत सञ्चालन हुन सक्छ । व्यक्तिले योग्यतानुसार काम गरेर कामअनुसार ज्याला पाएर व्यक्तिगत आवश्यकता पूरा गर्ने र उत्पादनका साधन राज्यको र सहकारी स्वामित्वमा लगेर सामूहिक स्वामित्व कायम गर्ने एकातिर र सर्वहारा विश्व दृष्टिकोणको विकास र वर्गसङ्घर्ष सञ्चालन गरेर जीवनस्तर सबैको उच्चस्तरमा लैजाने अर्कोतिर गरी साम्यवादको अवस्थामा समाज लैजान काम गरिन्छ ।

    जनवादी व्यवस्था स्थापना गर्न भने अनुशासित र मिलिट्यान्ट कम्युनिस्ट पार्टी पहिलो आवश्यक शर्त पूरा गर्ने, मिक्तशक्तिबिच फराकिलो संयुक्त मोर्चा निर्माण गर्ने दोश्रो शर्त पूरा गर्ने र शान्तिपूर्ण जनआन्दोलन उठाएर आन्दोलनमा सहभागी जनताको सहयोग र समर्थनबाट जनसेनाको विकास गरी परम्परागत राज्यसत्तामा आमूल परिवर्तन गरेर जनवादी राज्यसत्ता स्थापना गर्नुपर्ने हुन्छ । जनवादी राज्यसत्ता स्थापना गर्ने भौतिक परिस्थिति तयार नहुँदासम्म तीनवटै आवश्यक शर्त क्रमशः पूरा गर्दै जाने आधार तयार गर्ने काम गर्नुपर्छ । त्यो काम जनताको चेतना र आन्दोलनमा सहभागिता बढाएर मात्र पूरा गर्न सकिन्छ । जनवादी व्यवस्थामा मात्र जनवादी शिक्षा लागु गर्न सकिन्छ । किनभने शिक्षानीति राजनीतिको मातहतको कुरा हो ।

    शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.