• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत


  •   शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित
  • प्रशान्त थापा, दाङ । अखिल नेपाल युव संघले सञ्चालन गरेको भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको खबरदारी अभियानलाई ठाउँ ठाउँमा भब्य स्वागत गरिएको छ । माघ १५ गते महेन्द्रनगरबाट सुरु भएको मोटरसाइकल -याली आज (शुक्रबार) दाङ पुगेको छ ।

    Advertisement

    दाङको बबईमा राष्ट्रिय जनमोर्चा र अखिल नेपाल युवक संघ दाङ जिल्ला समितिसहित स्थानीयले अभियन्ताहरुलाई स्वागत गरेका छन् । कार्यक्रममा संघका पूर्व अध्यक्ष काशिनाथ पोखरेलले अध्यक्ष अनिलकिशोर घिमिरेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो । स्थानीयले टोलीका सदस्यलाई खादा, माला तथा अबिर लगाएर स्वागत गरेका छन् ।

    स्वागत समारोहमा नेकपा (मसाल) दाङ जिल्लाका प्रवक्ता भरत भण्डारी, राजमो नेता शुक्र भण्डारी, युवक संघका पूर्व केन्द्रीय सदस्य शसिराम बुढाथोकीलगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

    यसअघि अभियान टोलीले कैलालीको अत्तरिया, लम्की, बर्दियाको बाँसगढी, बाँकेको कोहलपुर र नेपालगञ्जलगायत स्थानमा कोणसभा तथा सांस्कृतिक सभा, जनभेटघाट लगायतका कार्यक्रम सम्पन्न गरेको थियो ।

    अत्तरियामा आयोजित कोणसभालाई राजमोका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट र युवक संघका सचिव प्रशान्त थापाले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन संघका उपाध्यक्ष चित्र एमसीले गर्नुभएको थियो । यस्तै, कैलालीको लम्कीमा आयोजित कार्यक्रममा नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाहीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष भिमसेन वनले गर्नुभएको थियो ।

    बर्दियाको बाँसगढीमा आयोजित सभालाई अध्यक्ष अनिलकिशोर घिमिर र राजमो बर्दियाका सचिव लोक रानाले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन प्रशान्त थापाले गर्नुभएको थियो ।

    यता, कोहलपुरमा सांस्कृतिक कार्यक्रमसहित सभा सम्पन्न भएको थियो । युवक संघका उपाध्यक्ष मुकुन्द रोक्काले सञ्चालन गरेको सभामा राजमोका पूर्व महासचिव एवं पूर्व सांसद हरि आचार्यले सम्बोधन गर्नुभएको थियो । सभामा अध्यक्ष अनिलकिशोर घिमिरे, राजमो कर्णाली प्रदेश अध्यक्ष भरत शाही र रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष मानबहादुर भन्डारीले सम्बोधन गर्नुभएको थियो ।

    कोहलपुरमा कर्णाली प्रदेशको तर्फबाट राजमो कर्णालीका अध्यक्ष भरत शाहीले दोसल्ला उढायर स्वागत गर्नुभएको थियो । यसअघि बाँसगढीमा राजमो बर्दिया र युवक संघले संयुक्त रुपमा अभियान टोलीलाई स्वागत गरेका थिए ।

    यता नेपालगञ्जको पुष्पलाल चोकमा सम्पन्न सभालाई अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष तुल्सीलाल सापकोटा र युवक संघका उपाध्यक्ष चित्र एमसीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन हरि बुढाले गर्नुभएको थियो । अभियानका क्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट पनि सँगै रहेर अभिभावकत्व प्रदान गर्नुभएको छ ।

    कार्यक्रमलाई विभिन्न व्यत्ति तथा समूहबाट सहयोग प्रदान गर्नुका साथै ठाउँ–ठाउँमा भब्य स्वागत गरिएको छ । कहासचिव कृष्ण पाण्डेका अनुसार अभियान टोलीलाई सूदूरपश्चिमका व्यवसायीहरुले कम्बल प्रदान गरेका छन् भने राजमो कर्णाली प्रदेशले आर्थिक सहयोग गरेको छ । यस्तै, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य परशुराम लामिछानेले माइक हस्तान्तरण गर्नुभएको छ । विभिन्न ठाउँमा सर्वसाधारणले स्वतःस्फुर्त रुपमा सहयोग गरिरहेका छन् ।

    अभियान अन्तर्गत आज दाङको बबई, घोराही र तुल्सीपुरमा सभाको आयोजना गरिँदैछ । शनिबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरी अभियान अघि बढ्नेछ । यसवक संघले भ्रष्टाचार र नागरिकता विधेयक विरुद्ध सुरु गरेको मोटरसाइकल -याली तराईका विभिन्न जिल्ला हुँदै २९ गते काँकडभिट्टा पुग्नेछ ।

    यो पनि पढ्नुहोस्ः

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.