• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

गुल्मीमा सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता सम्पन्न


  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
  • तम्घास । गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ सम्पन्न भएको छ ।

    Advertisement

    जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा बिहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।

    सुन्तला खानेमा ६ सहभागी हुनुभएको थियो । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल हुनुभएको छ । उहाँले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खानुभएको थियो । उहाँले एक हजार नगद पुरस्कार पाउनुभएको छ ।

    त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक किलोग्राम तीन सय ४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरिप्रसाद कँडेलले नौ सय ६० ग्राम र रिजन पन्थले चार सय ८५ ग्राम सुन्तला खानुभएको थियो । सुन्तला बोकेर दोड्ने प्रतियोगितामा नौ जना सहभागी हुनुभएको थियो । डोकोमा २० किलो सुन्तला बोकेर एक किलोमिटर बाटोमा दौड्दा प्रथम भीमकला भुसाल र आशा अर्याल हुनुभएको छ ।

    दोस्रोमा राधा पन्त र वर्षा पन्त साथै तेस्रो लक्ष्मी अर्याल र सावित्रा पन्थ पर्नुभएको छ । सुन्तला किसानलाई खेतीमा प्रोत्साहित, बजारीकरणको ‘ग्यारेन्टी’, स्थान विशेष पहिचानको कायम र कृषि पर्यटनलाई प्रवद्र्धन गर्नको लागि महोत्सव गरिएको आयोजक अनमोल किसान समूहका अध्यक्ष विष्णुप्रसाद पन्थले जानकारी दिनुभयो ।

    सुन्तला खेतीको भू–अनुकूल विस्तार र विकास, स्वरोजगार आयआर्जनबाट हुनेछ भरपर्दो निकास भन्ने नाराका साथ सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो ।

    छत्रकोटमा ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले सुन्तला महोत्सवबाट स्थान विशेष पहिचानसहित बजारीकरणमा सहयोग पुग्ने पनि बताउनुभएको छ ।

    विसं २०६० देखि सुन्तला किसानलाई आबद्ध गराएर अनमोल कृषि समूहले काम गरिरहेको छ । सुन्तला महोत्सवमा स्थानीय लाखे नाँच र पञ्चेबाजा लगायतको प्रतियोगिता राखिएको थियो ।

    गुल्मीमा सुन्तला जोनमा दुई सय ६ वटा समूह सहकारी आवद्ध भई काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई सुन्तला जोनका कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिनुभयो ।

    सुन्तला जोनले जिल्लामा प्राविधिक सहयोग, साना सिँचाइ, बगैँचा व्यवस्थापन र तालिमसमेत सञ्चालन गर्दै आएको छ । जिल्लामा सुन्तला जोन अन्तर्गत एक हजार एक सय पाँच हेक्टरमा सुन्तला लगाइएको छ । सोमध्ये चार सय १७ हेक्टरमा उत्पादन भइरहेको छ । गुल्मीमा कूल नौ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

    जिल्लामा यसवर्ष कूल ६ हजार आठ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । यसबाट रु २९ करोड ३७ लाख रुपैया आम्दानी हुनेछ

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.